गण्डकी सेरोफेरो

क्व्होलासोथार गाउँपालिकाको भवन सञ्चार मन्त्री गुरुङद्धारा उद्घाटन

सञ्चार तथा सुचना प्रविधि मन्त्री, नेपाल सरकारका प्रवक्ता माननीय पृथ्वीसुब्बा गुरुङले आगामी दिनमा क्व्होलासोथारबासीले थप सहज, छिटो छरितो, सुविधाजनक, पारदर्शी सेवा पाउने बताउनुभएको छ। बिहिबार क्व्होलासोथार गाउँ कार्यपालिकाको प्रशाकीय भवन उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले सो धारणा व्यक्त गर्नुभएको हो। पालिकाको सुविधा सम्पन्न प्रशाकीय भवन निर्माण भईसकेकोले त्यसबाट प्रवाहित सेवासुविधा ज्यादै उत्कृष्ट हुने पनि उहाँले बताउनुभयो। अबका दिनमा गाउँपालिकाबाट दिईने सेवाहरु ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार रहित हुनुपर्ने बताउँदै यस्ता विषयमा शुन्य सहनशीलता रहने मन्त्री गुरुङले बताउनुभयो। सुचनाप्रविधिको भरपुर उपयोग गर्दै कागजात… पुरा पढौ

रोटरी क्लवद्धारा बालबालिकालाई जाडोको पोसाक वितरण

रोटरी क्लब अफ लमजुङ र रोटरी क्लब अफ भरतपुरको आयोजना र रोट्राक्ट क्लब अफ लमजुङको सह आयोजनामा बालबालिकाहरुलाई जाडोको लुगाहरु वितरण गरिएको छ । बेसीशहर नगरपालिका वडा नं ९ मा रहेको श्री चन्द्र ज्योति आधारभूत बिद्यालय बिम्दाबेसीमा अध्ययनरत २७ जना बालबालिकाहरुलाई टिच कार्यक्रम अन्तर्गत रही बिद्यालय पोसाक ट्रयाक सूट, जुत्ता, मोजा, टोपी प्रदान गरिएको हो । कार्यक्रम रोटरी क्लब अफ लमजुङका अध्यक्ष रोटेरियन मुकेश कुँवरको अध्यक्षता र रोटरी क्लब अफ भरतपुरका पुर्व अध्यक्ष डा. इश्वरी प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको… पुरा पढौ

जन्मदिनमा वृक्षारोपण अभियानको स्थापना दिवशमा २ जना पत्रकार सम्मान

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले शनिबार छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाएको छ । अभियान सुरुवातको दिनदेखि प्रचारप्रसार गरी जन्मदिनमा वृक्षरोपण अभियानलाई देश तथा विदेशसम्म फैलाउन सहयोग पु¥याएको भन्दै २ जना पत्रकारलाई नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । सम्मानित हुनेमा नयाँ दीप डट कम कि सम्पादक तथा प्राईम टेलिभिजनको लमजुङ जिल्ला सम्वाददाताको रुपमा कार्यरत सृजना बराल घिमिरेलाई स्व. देवी खनिया वृक्षारोपण स्मृति पुरस्कारबाट र स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक कृष्ण बहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त… पुरा पढौ

पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित

नेपाल पत्रकार महासंघ लमजुङको अध्यक्षमा सन्देश पौडेल निर्वाचित हुनुभएको छ । शुक्रबार राती सम्पन्न मतगणना अनुसार पौडेल २६ मत ल्याएर निर्वाचित हुनुभएको हो । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उमेदवारका रुपमा अध्यक्षमा पौडेललाई उठाइएको थियो भने गठबन्धनबाटै बिद्रोही अध्यक्षका उमेदबारीे दिएका अनुज अधिकारीले ५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष पदका लागि मात्र शुक्रबार निर्वाचन भएको थियो । ३४ जना सदस्य रहेको लमजुङ शाखामा निर्वाचनमा ३२ मत खसेकोमा एउटा मतपत्रमा कसैलाई मत दिइएको पाइएन । अध्यक्ष बाहेकका… पुरा पढौ

जन्मदिनमा वृक्षरोपण अभियानको स्थापना दिवश २९ गते भव्य रुपमा मनाउने तयारी, अभियानले कृयाशिल २ जना पत्रकारलाई सम्मान गर्ने

जन्मदिनमा वृक्षरोपण अभियान नेपालले आफ्नो छैटौं बार्षिकोत्सव तथा चौथो स्थापना दिवसका भव्य रुपमा मनाउने तयारी गरेको छ । अभियानको मंसिर २५ गते बसेको केन्द्रीय समितिको बैठकले यही मंसिर २९ गते बेसीशहरको जिल्ला समन्वय समिति लमजुङको सभाहलमा मनाउने निर्णय गरेको हो । जन्मदिनमा वृक्षरोपण अभियानलाई प्रचारप्रसार गरी योगदान दिएको भन्दै स्थापना दिवशको अवसर पारी जिल्लामा क्रियाशिल २ जना पत्रकारहरुलाई सम्मान गर्ने निर्णय भएको अभियानका परिकल्पनाकार एवम् अध्यक्ष बासुदेव सेढाईले बताउनुभयो । सृजना बराल घिमिरे संस्थाले स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक एबं नेपाल… पुरा पढौ

जनकल्याण साकोसको २७ औं साधारण सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २७ औं साधारण सम्पन्न भएको छ । शनिबार यशोब्रम्ह मा.विको प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि लमजुङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष महेन्द्रलाल श्रेष्ठ रहनुभएको थियो । सहकारीका अध्यक्ष गमबहादुर दनाईको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष दनाईले सहकारीको बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सहकारीका कोषाध्यक्ष निर्मला दनाईले आय व्यय प्रतिबदेन र सहकारीका प्रवन्धक सञ्जिव खनियाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष चित्र… पुरा पढौ

पाँचौ मेयर कपको उपाधी बेसीशहर–१० ले जित्न सफल

लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको पाचौँ मेयर कप २०८१ वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि बेसीशहर नगरपालिका वडा नं. १० बाँझाखेतले हात पारेको छ । सहजी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा बेसीशहर नगरपालिका वडा नं. ६ चण्डिस्थानलाई हराउँदै वडा नं. १० ले पाँचौ मेयर कपको विजेता बन्न सफल भएको हो । निर्धारीत समयमा गोल रहित बराबरी भएपछि खेल सकिएपछि ट्राइबेकरमा ३–१ गोल अन्तरले वडा नं ६ लाई हराउँदै वडा नं १० च्याम्पियन बनेको हो । लगातार चार वर्ष सम्म फाइनलमा… पुरा पढौ

त्रिवेणी कप फुटवल प्रतियोगगिताको पुरस्कार राशीमा ४ लाख रुपैया थप

यसवर्ष हुने त्रिवेणी कप फुटवल प्रतियोगगितामा पुरस्कार राशीमा गतवर्ष बर्ष भन्दा ४ लाख रुपैया थप गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवले बेंसीशहरमा शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताबारे यस्तो जानकारी गराएको हो । आगामी पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीशहरमा हुने ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले गतवर्ष प्रथम पुरस्कार ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर १२ लाख रुपैयाँ पुराएको बताउनुभयो । प्रतियोगितामा उपविजेता (दोस्रो… पुरा पढौ

एकादशीको अवसर पारी मर्स्याङदी महोत्सवको सुरु

हरिबोधनी एकादशीको अबसर पारेर लमजुङको मर्स्याङदी गाउँपालिकामा आज कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा दोस्रो मर्स्याङदी महोत्सव २०८१ आयोजना गरिएको छ । मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सव अन्तर्गत आज कार्तिक २७ र भोली २८ गते हरिबोधनी एकादशीको धार्मिक मेला लाग्ने छ । यस अन्तर्गत मस्र्याङदी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिवल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरि राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।… पुरा पढौ

लागु औषधको साथमा दुई जना युवा पक्राउ

लमजुङ प्रहरीले सदरमुकाम बेंसीसहरबाट नियन्त्रित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।बेंसीसहर नगरपालिका–१० घर भएका २७ वर्षीय उमेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौर घर भएका २६ वर्षीय खुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । हाल बेंसीसहर नगरपालिका–७, सातविसे बस्दै आएका उनीहरुलाई आफै बस्ने कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको २ जना युवकको साथबाट ट्रमाडोल ३ सय ५३ क्याप्सुल (३५ पत्ता) र नगद ३५ हजार ४ सय… पुरा पढौ