
लमजुङको दोर्दी गाउँपालिका वडा नं.८ बंसारको दुवार गाउँमा दुवार स्वास्थ्य क्लिनिक स्थापना भएको छ । घण्टौ समय लगाएर बंसार स्वास्थ्य चौकी जानू पर्ने बाध्यता भएपछि दुवारमा स्वास्थ्य क्लिनिक स्थापना गरिएको हो ।
मंगलबार एक कार्यक्रमका बिच दोर्दी गाउँपालिका उपाध्यक्ष बिच्छबहादुर घलेले स्वास्थ्य क्लिनिकको उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा प्रशासन एवं शिक्षा शाखा प्रमुख भिम लामिछाने, कार्यपालिका सदस्य द्वय अम्बिका मरहट्टा र लालमाया मिजार, स्वास्थ्य शाखा प्रमुख आइतमान गुरुङ लगायतको जनसमुदायको बाक्लो जनसहभागितामा रहेको थियो ।
दोर्दी गाउँ कार्यपालिका बैठकको बैठकले पालिकाको ३ स्थानमा स्वास्थ्य क्लिनिक स्थापना गर्ने निर्णय गरेको थियो । सोही बमोजिम दोर्दी गाउँपालिका वडा नं.१, भारतेको ढोके भारतेमा स्वास्थ्स्य क्लिनिक स्थापना भइसकेको छ भने दोर्दी गाउँपालिका वडा नं.५, पाचोकको कैँचिमा स्थापना हुन बाँकी रहेको छ ।
कार्यक्रम दोर्दी गाउँपालिका वडा नं.८ बंसारका वडाध्यक्ष नारन घलेको अध्यक्षतामा भएको थियो ।