अर्थतन्त्र

पानी नपर्दा किसान पीडित, हिउँदे बाली उत्पादन ह्वात्तै घटेको गुनासो

यो वर्षको हिउँदे वर्षा नहुँदा किसानले लगाएका बालीको उत्पादनमा ह्वात्तै घटेको छ । विगतका वर्षहरू आलु, काउली, बन्दा, तोरी जति उत्पादन भएको थियो यो वर्ष त्यसको एक तिहाई मात्रै उत्पादन भएको सुन्दरबजार ९, भोटेओडारका किसान अमृता अधिकारीले बताउनु भयो । पोहोर साल यति नै जग्गामा लगाएको आलु आफुले खाएर पनि बेचेकी थिए यो वर्ष त आफैँलाई नपुग्ने भयो भन्दै हिउँदभरि पानी नै परेन, सुक्का माटो भएकोले आलु नफलेको अधिकारीले गुनासो पोख्नुभयो । ९ किलो आलु रोपेकोमा मुस्किलले एक बोरा मात्रै… पुरा पढौ

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोद प्रसाद बसौला निर्वाचित

लमजुङ सेवा समाज कतारको अध्यक्षमा विनोदप्रसाद बसौला निर्विरोध निर्वाचित हुनुभएको छ । २३ फेब्रुअरी २०२४ का शुक्रबारका दिन फुलबारी रेष्टुरेण्ट, अलत्तिया सनैयामा भएको १५ औं अधिवेशनबाट बसौलाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । उक्त समितिको कार्यकाल २ वर्षको हुने छ । समाजको प्रथम उपाध्यक्षमा कल्याण थापा, द्वितीय उपाध्यक्षमा बिनोद थापा मगर, महिला उपाध्यक्षमा कमला गुरुङ, महासचिव रविन्द्र भण्डारी, सचिवमा प्रशान्त कुमाल, कोषाध्यक्षमा राज श्रेष्ठ, सहकोषाध्यक्षमा रविन्द्र घिमिरे निर्वाचित हुनुभएको छ । बेंसीशहर नगरपालिका संयोजकमा परशुराम थापा,… पुरा पढौ

गुणस्तरहीन र ग्रेड नमिलाई मोटरबाटो निर्माण गरेको स्थानीयको आरोप

लमजुङको दोर्दी गाउँपालिका वडा नं. २ ठाँटी पिपल–भञ्ज्याङ–सल्लाबोट मोटर बाटो निर्माणमा ठेकेदार कम्पनीले लापर्वाही गरेको स्थानीयवासीले बताएका छन् । उक्त मोटर बाटो निर्माणमा ग्रेड नमिलेको प्राविधिक दृष्टिकोणले गुणस्तरहीन भएको दोर्दी २ का वडा सदस्य दुतराज गुरुङले बताउनुभयो । सो बाटोको लागि संघिय सरकारको समपूरक बजेट मार्फत ८ करोड रकम विनियोजन भएको हो । रोयल जेभी निर्माण सेवा र आर निर्माण सेवाले ठेक्का लिएर काम गरेको उक्त मोटर बाटो २१ सय ७० मिटर ढलान गर्ने सम्झौता भएको दोर्दी २ का वडा… पुरा पढौ

फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुने

लमजुङमा आगामी १३ गतेदेखि २७ गतेसम्म दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले यही फागुन १३ देखि २७ गतेसम्म लमजुङमा खोप लगाउने मिति तय भएको जनाएको हो । जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख खनालका अनुसार पहिलो… पुरा पढौ

तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

पछिल्लो समय गैर सरकारीे सघं संस्थाले महिला लक्षित विभिन्न कार्यक्रमहरुका साथै तालिम सञ्चालन गर्दै आइरहेका छन् । तालिम पश्चात कतिपय महिलाहरु स्वारोजगार बन्छन् त कतिभने तालिम पछि पनि समय यसै खेर फालिरहेका हुन्छन् । तालिम लिएपछि आफ्रनै गाँउमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएकी छन् राइनास हर्रबोटकी निर्मला नेपाली ।उनी तनहुँको बाइँसजाँगरमा गएर ४ महिने टेलरिङ तालिममा सहभागि भइन् त्यस लगत्तै आफ्नै गाउठाँउमा केही गर्नुपर्छ भनी टेलर सञ्चालनमा ल्याउने तयारीमा लागिन् । टेलर सञ्चालन गर्न उनी गाँउमा रहेको घरबाट आधा घण्टाको… पुरा पढौ

ज्येष्ठ नागरिकहरुलाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रम गरी वडा भित्रका ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सो अवसरमा साथमा जाडोमा चिसो नलागोस् सहज होस् भनेर एउटा पानी तताउने इलेक्ट्रिक जग र एउटा फाइबर सिरक प्रदान समेत गरिएको छ । वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँहरु समाजका मार्ग निर्देशक भएकाले… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ

कृषि क्याम्पसमा विद्यार्थीहरु बिच झडप, ४ जना गम्भिर घाइते

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार विद्यार्थी संङगठन बिच झडप भएको छ । दुई विद्यार्थी संङठन बिच झडप हुँदा ४ जना विद्यार्थीहरु घाइते भएका छन् । झडपमा परी घाइते गम्भिर घाइते भएका ४ जनालाई मध्ये २ जना विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा लगिएको छ । अन्य ७ जना घाइते विद्यार्थीलाई स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको छ । क्याम्पसमा भर्ना हुन… पुरा पढौ

लमजुङ अस्पतालको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

लमजुङ अस्पताल लमजुङको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिवार अस्पताल प्रङ्गणमा सम्पन्न भएको छ । कार्यक्रम गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन पश्चात प्रमुख अतिथि मन्त्री सिंखडाले गण्डकी प्रदेश सरकार माताहातमा अस्पताल संचालन हुन थालेपछि गुणस्तरीय सेवा कटौती हुन्छ भन्ने हल्लाका चलेको भएपनि अहिले सेवामा बृद्धि भएको, गुणस्तरीयता बढेकोे बताउनुभयो । अस्पतालका कर्मचारी माथी दुव्र्यवहार गर्ने, गाली गर्ने, धम्की वा हातपात गर्ने काम अत्यन्त निन्दनीय हो भन्दै जनताको… पुरा पढौ

लमजुङ अस्पतालमा अचानक साइरन बजेपछि थेग्न नसकिने भिड

लमजुङ अस्पतालमा विहिवार विहानै ६.३० बजे अचानक साइरन बज्छ, साइरन बज्ने वित्तिकै अस्पतालका डाक्टर, स्टाफ नर्स, लगायत सबै स्वास्थ्यकर्मीहरू आ–आफ्नो युनिटको भागदौड सहित उच्च सतर्कता अपनाउँछन् । अस्पतालमा भएका विरामी, आफन्त र आसपासका मानिस पनि के भयो भनी उत्तिखेरै अस्पतालमा ठूलो भिड लाग्छ । यत्तिकैमा मस्र्याङ्दी गाउँपालिका खुदीबाट बेसीशहर आउँदै गरेको बस दुर्घटना हुँदा २०–२२ जना घाइते भएको कुरा अस्पताल प्रमुख डा विशाल तिवारीले जानकारी गराउनु हुन्छ । लगत्तै अस्पतालमा तीनवटा एम्बुलेन्स साइरन बजाउँदै घाइते बोकेर आइपुगे, इमर्जेन्सी वार्ड घाइते,… पुरा पढौ