कृषि क्याम्पसमा विद्यार्थीहरु बिच झडप, ४ जना गम्भिर घाइते

-


     प्रमिशा बिक     
     माघ २७ गते २०८० मा प्रकाशित


लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार विद्यार्थी संङगठन बिच झडप भएको छ । दुई विद्यार्थी संङठन बिच झडप हुँदा ४ जना विद्यार्थीहरु घाइते भएका छन् ।

झडपमा परी घाइते गम्भिर घाइते भएका ४ जनालाई मध्ये २ जना विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा लगिएको छ ।

अन्य ७ जना घाइते विद्यार्थीलाई स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको छ ।

क्याम्पसमा भर्ना हुन आएका नयाँ विद्यार्थी महेश साउदलाई अखिल विद्यार्थी संगठनले तनहुँको डुम्रेबाट नै कब्जा गरी लिएर आएको र नेबिसंघका विद्यार्थीहरुसगँ भेटघाट समेत गर्न नदिएको भन्दै झडपको स्थिती सिर्जना भएको प्रहरीले जनाएको छ ।

क्याम्पसले अर्काे सुचना जारी नभएसम्म पुरुष छात्राबास बन्द गर्ने निर्णय गरेको छ भने पठन पाठन पनि स्थगित गरिएको जनाइएको छ ।