
बेसीशहर नगरपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुका लागि सहकारी ऐन प्रतिस्थापन विधेयक, भाका नाघेका ऋण असुली र कानूनी प्रकृया सम्बन्धीे प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
बेसीशहर नगरपालिका र बेसीशहर क्षेत्र सहकारी समन्वय समिमिको आयोजनामा भएको २ दिने प्रशिक्षण कार्यक्रम बेसीशहर नगरपालिका वडा नं ३ मा पर्ने पर्यटकिय तथा ऐतिहासिक गाउँ काउलेपानीमा भएको हो ।
कार्यक्रमको उद्घाटन बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले गर्नुभएको थियो । कार्यक्रममा नेफ्स्कुनका कानुनी सल्लाहकार शिव अधिकारीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा ऋण के हो, ऋण दिने प्रकृया, कर्जा सुचना केन्द्र, ऋण भुक्तानी तालिका, भाका नाघेका ऋण असुली प्रक्रिया के के हुन सक्छन् लगायत सहकारी सम्वन्धी नेपाल ऐनलाई संशोधन २०८१ का मुख्य कानुनी प्रावधानहरु लगायतको विषयमा जानकारी गराउनुभएको थियो ।
साथै सहकारीबाट ऋण लगेर समयमा नै ऋण तिर्न अटेर गर्ने सहकरीहरुलाई पालिकाबाट गर्न सकिने पहलको बारेमा समेत जानकारी गराईएको थियो ।
बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नपा का सहकारी शाखा प्रमुख सुशिला श्रेष्ठ, कार्यक्रम प्रमुख मेघेन्द्र पोखरेल, कानुनी सल्लाहकार विकासराज पौडेल, नेफ्स्कुन बेसीशहरका फिल्ड इन्चार्ज सन्देश घिमिरे, बार लमजुङका सचिव अग्नी विलास अधिकारी लगायत बेसीशहर भित्र हरेका सहकारीहरुको अध्यक्ष र प्रबन्धक गरी ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण बेसीशहर क्षेत्र समन्वय समितिका सचिव दिनेश खत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष हिरा रावलले गर्नुभएको थियो ।









