अर्थतन्त्र

लमजुङमा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै

लमजुङ जिल्लामा खेतीयोग्य जमिन र उत्पादन बर्षेनी घट्दै गएको छ । कृषि ज्ञान केन्द्रको तत्थ्याङ अनुसार विगतका केही वर्षहरुको तुलना गर्दा क्रमश खेतीयोग्य जमिन घट्दै गएको हो । लमजुङको  ४५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन मध्ये ९ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोे छ भने गतवर्ष लगभग ३१ हजार १ सय ५८ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७⁄०७८ मा लमजुङमा १४ हजार २ सय ६० हेक्टर जमिनमा धान खेती गरिएको थियो, जसबाट करिब… पुरा पढौ

लिस्नोद्धारा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै नयाँ कार्यसमिति गठन

लिस्नो साहित्यिक मञ्च लमजुङको आठौँ स्थापना साँतौ साधारण सम्पन्न भएको छ । संस्थाले शनिवार बेसीशहरस्थित प्रकृति नारी समाजको भवनमा साहित्यिक कार्यक्रम तथा श्रष्टा सम्मान गरी स्थापना दिवस मनाएको हो । कार्यक्रम सस्थांका अध्यक्ष काजीराम वस्नेतको अध्यक्षता एवं साहित्यकार मातृका खनालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा लिस्नो साहित्यक मञ्चले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । मञ्चले वार्षिक स्रष्ठा तथा कवि सम्मानमा रुद्रनिधि तिवारीलाई सम्मान छ । बेसीशहर नगरपालिका ११ चिति निवासी तिवारीले नेपाली भाषा, कला, साहित्यमा पुर्याउनुभएको योगदानको कदर गर्दै… पुरा पढौ

दोर्दी गाउँपालिकाका सबै नागरिकको निशुल्क स्वास्थ्य विमा

लमजुङको दोर्दी गाउँपालकिाले पालिका भित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । आइतबारबाट आफ्‌नै लगानीमा पालिकाले बीमा कार्यक्रम सुरुवात गरेको हो । दोर्दी गाउँपालिका भित्र बसोबास गर्ने ४ हजार २५ घरधुरीका २० हजार भन्दा बढी नागरिकको पालिकाले निशुल्क स्वास्थ्य विमा गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सबै नागरिकको बीमा गर्न १ करोड ५० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । दोर्दी गाउँपालिका भित्र सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य… पुरा पढौ

गृृह जिल्लामा साम्बालाई सम्मानको ओइरो, फोटो सहित

लामो समयपछि गृह जिल्लामा आएकी राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी साम्बालाई जिल्लामा एकपछि अर्काे सङ्घ संस्थाले सम्मान गरेको छ । सोमबार जिल्ला खेलकुद बिकास समिति लमजुङ, प्याव्सन एवं त्रिवेणी युवाक्लव र मस्र्याङ्दी युवाक्लव, मानव सेवा आश्रम, प्रदेश अस्पताल, जिल्ला कराते संघ लगायतले बेसिशहरमा सम्मान गरेका हुन् । कार्यक्रम ल्याण्डस्टार बोर्डिङ स्कुल, युनिभर्सल एकेडमीका विद्यार्थीहरुलाई समेत लगिएको थियो । बालबालिका फुटवल खेलप्रति निकै आकर्षित हुने हुँदा फुटवल खेलाडी साम्बासगँ भेट गर्न पाउँदा निकै खुशी भएका थिए । विभिन्न ठाउँमा भएका कार्यक्रममा… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा इन्डोस्कोपी तथा इको सेवा उदघाटन

प्रदेश अस्पताल लमजुङले दिन थालेको इन्डोस्कोपी तथा इको सेवाको आइतवार औपचारिक उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेलले उक्त सेवाको रिबन काटेर उदघाटन गर्नुभएकोे हो । सुरुमा लमजुङ अस्पताल बेसीशहरको भीमसेन स्थान चोकका एक जना एचएको भरमा सामान्य रुपमा दिइएको थियो अहिले थुप्रै उपकरणहरुका साथ ३० जना डाक्टरले सेवा दिएको कार्यक्रमका प्रमुख अतिथि मन्त्री पौडेलले बताउनुभयो । यस अस्पताललाई छिटै सय शैयाको बनाउने र सुविधा सम्पन्न भवन निर्माणका लागि प्रदेश सरकारद्वारा रकम समेत विनियोजन… पुरा पढौ

राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाई गाउँपालिकाद्धारा सम्मान

लमजुङको मर्स्याङदी गाउँपालिकाले राष्ट्रिय फुटवल खेलाडी सावित्रा भण्डारी साम्बालाईे सम्मान गरेको छ । विहिबार गाउँपालिकामा सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि भण्डारी साम्बालाई सम्मान गरिएको हो । मस्र्याङदी गाउँपालिकाकोे सिम्पानीको पामचोकमा वि.सं. २०५४ जेठ १० गते जन्मनुभएकी सावित्रा भण्डारीले फुटवल खेलको माध्यमबाट गाउँ तथा जिल्लालाई देश विदेशमा चिनाउन सफल भएको भन्दै गाँउपालिकाले सम्मान गरेको पालिका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो । सावित्रा भण्डारी नेपाली फुटबलमा ‘साम्बा’ उपनामले चिनिन्छन्। सानै देखि आफू भन्दा ठूला दाईहरुसगँ फुटवल खेल्न मन पराउने भण्डारीले सन् २०१४… पुरा पढौ

प्रदेश अस्पताल लमजुङमा एक लाख बढीले लिए सेवा, गतवर्ष भन्दा २५ प्रतिशतले बृद्धी

प्रदेश अस्पताल लमजुङमा एक वर्षको अवधीमा करिब सवा लाख सेवाग्राहीले सेवा लिएका छन् । गत आर्थिक वर्ष २०८०⁄८१ को साउन देखि ०८१⁄८२ को असार मसान्तसम्म जम्मा १ लाख १३ हजार ८ सय ८ जनाले सेवा लिएका छन् । यो गत वर्षको तुलनामा करिब २५ प्रतिशतले बढी हो । जिल्ला स्तरको अस्पतालले पनि प्रदेश अस्पतालको सरह सेवा सुविधा दिएकाले दिनप्रतिदिन विरामीको संख्या बढ्दै गएको अस्पतालका अध्यक्ष हरीजगं तामाङले बताउनुभयो । अन्य पोखरा, चितवन, काठमाडौं लगायतका ठूला अस्पतालमा जानुपर्ने विरामीलाई पनि जिल्ला… पुरा पढौ

पटक पटक भत्किएर जोखिम हुदैँ लमजुङ कारागार

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार मर्मतका लागि नापजाँच सुरु भएको छ । सङ्घिय सहरी विकास तथा भवन निर्माण कार्यालयकोले कारागार मर्मतको लागि नापजाँच सुरु गरेको छ । आइतबार भवन निर्माण कार्यालय पोखराबाट आएका प्राविधिकहरुको टोलीले कारागार परिषर भित्र र बाहिर नापजाँच गरेको छ । नापजाँच पछि यो पुरानो भवनलाई नै मर्मत गर्ने कि नयाँ भवन निमार्ण गर्ने भन्ने विषयमा १५ दिन भित्र रिर्पोट तयार हुने र त्यही अनुनरुप कार्य अघि बढ्ने कारागार प्रशासन प्रमुख बेनीबहादुर मोक्तानले बताउनुभयो । ५४… पुरा पढौ

लमजुङ कारागार भत्किएपछि कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार गत ३२ गते बुधबार गेटसँगैको पर्खाल भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । सम्भावित भौतिक तथा मानबिय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको हो । शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको… पुरा पढौ

लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहर सार्दाको प्रसंग

झण्डै ५० वर्ष पहिला भए गरेका काम कुराहरु मध्ये कतिपय कुरा उमेर अवस्थाको कारणले पनि होला, स्मृति पटलमा जस्ताको तस्तै ताजा रहन सकेन । बुढयौलीले गाँजेपछि स्मरण शक्ति हास्र हुने, हातपाँउ चलाउन निकै गारो हुने र लेखपढ गर्ने जाँगर मर्दै जाने स्थिती सिर्जना हुँदो रहेछ । जेहोस् सम्झन सकेजति कुराहरुको स्मरण गर्न लायक विषय लिपिवद्ध गरेर राखिदिन सके यस्ता ऐतिहासिक एवं सामाजिक परिघटनाहरु प्रति चासो राख्ने भावी पिढींका लागि उपयोगी सामाग्री बन्न पनि सक्ला भन्ने हेतुले यस संबन्धमा सम्झन सके… पुरा पढौ