अर्थतन्त्र

फागुन १३ देखि दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु हुने

लमजुङमा आगामी १३ गतेदेखि २७ गतेसम्म दादुरा–रूबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय लमजुङले यही फागुन १३ देखि २७ गतेसम्म लमजुङमा खोप लगाउने मिति तय भएको जनाएको हो । जिल्लाका स्थानिय तहहरुमा फरक फरक चरणमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविण कुमार खनालले जानकारी दिनुभयो । जिल्लामा नौ महिनादेखि पाँच वर्षमुनिका नौ हजार आठसय १५ बालबालिकालाई दादुरा–रूबेला विरुद्धको खोप लगाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख खनालका अनुसार पहिलो… पुरा पढौ

तालिमले महिलाहरुलाई आत्मनिर्भर बनाउँदै

पछिल्लो समय गैर सरकारीे सघं संस्थाले महिला लक्षित विभिन्न कार्यक्रमहरुका साथै तालिम सञ्चालन गर्दै आइरहेका छन् । तालिम पश्चात कतिपय महिलाहरु स्वारोजगार बन्छन् त कतिभने तालिम पछि पनि समय यसै खेर फालिरहेका हुन्छन् । तालिम लिएपछि आफ्रनै गाँउमा टेलरिङ व्यवसाय सञ्चालन गर्दै आएकी छन् राइनास हर्रबोटकी निर्मला नेपाली ।उनी तनहुँको बाइँसजाँगरमा गएर ४ महिने टेलरिङ तालिममा सहभागि भइन् त्यस लगत्तै आफ्नै गाउठाँउमा केही गर्नुपर्छ भनी टेलर सञ्चालनमा ल्याउने तयारीमा लागिन् । टेलर सञ्चालन गर्न उनी गाँउमा रहेको घरबाट आधा घण्टाको… पुरा पढौ

ज्येष्ठ नागरिकहरुलाई सम्मान

लमजुङको बेसीशहर नगरपालिका वडा नं ७ का ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । आइतबार एक कार्यक्रम गरी वडा भित्रका ८० वर्ष माथिका ४२ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । सो अवसरमा साथमा जाडोमा चिसो नलागोस् सहज होस् भनेर एउटा पानी तताउने इलेक्ट्रिक जग र एउटा फाइबर सिरक प्रदान समेत गरिएको छ । वडा नं ७ का वडाध्यक्ष ऋषिराम बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्ष बस्नेतले ज्येष्ठ नागरिकहरुको सुस्वास्थ्य दिर्घायुको कामना गर्दै उहाँहरु समाजका मार्ग निर्देशक भएकाले… पुरा पढौ

जिल्लाव्यापी विज्ञान प्रर्दशनीमा विद्याज्योति मावि प्रथम

लमजुङमा जिल्लाव्यापी विज्ञान प्रर्दशनी प्रतियोगिताको आयोजना गरिएको छ । बेसीशहरको बालकल्याण माविमा आयोजना गरिएको विज्ञान प्रर्दशनीमा सुन्दरबजार नगरपालिका खहरेको विद्याज्योति माध्यमिक विद्यालय प्रथम भएको छ । त्यस्तै आदर्श बाल माध्यमिक विद्यालय सुन्दरबजार द्धितीय भएको छ भने ल्याण्डस्टार बोर्डिङ बेसीशहर तृतीय र बालकल्याण मावि भकुन्डे सान्त्वना भएका छन् । विजेता हुने प्रथमले १५ हजार द्धितीयले १३ हजार, तृतीयले ११ हजार र सान्त्वनाले ५ हजार पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रमको प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले उद्घाटन गर्नुभएको हो ।… पुरा पढौ

कृषि क्याम्पसमा विद्यार्थीहरु बिच झडप, ४ जना गम्भिर घाइते

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार विद्यार्थी संङगठन बिच झडप भएको छ । दुई विद्यार्थी संङठन बिच झडप हुँदा ४ जना विद्यार्थीहरु घाइते भएका छन् । झडपमा परी घाइते गम्भिर घाइते भएका ४ जनालाई मध्ये २ जना विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा लगिएको छ । अन्य ७ जना घाइते विद्यार्थीलाई स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको छ । क्याम्पसमा भर्ना हुन… पुरा पढौ

लमजुङ अस्पतालको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न

लमजुङ अस्पताल लमजुङको प्रथम वार्षिकोत्सव विविध कार्यक्रमका साथ विहिवार अस्पताल प्रङ्गणमा सम्पन्न भएको छ । कार्यक्रम गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम उद्घाटन पश्चात प्रमुख अतिथि मन्त्री सिंखडाले गण्डकी प्रदेश सरकार माताहातमा अस्पताल संचालन हुन थालेपछि गुणस्तरीय सेवा कटौती हुन्छ भन्ने हल्लाका चलेको भएपनि अहिले सेवामा बृद्धि भएको, गुणस्तरीयता बढेकोे बताउनुभयो । अस्पतालका कर्मचारी माथी दुव्र्यवहार गर्ने, गाली गर्ने, धम्की वा हातपात गर्ने काम अत्यन्त निन्दनीय हो भन्दै जनताको… पुरा पढौ

लमजुङ अस्पतालमा अचानक साइरन बजेपछि थेग्न नसकिने भिड

लमजुङ अस्पतालमा विहिवार विहानै ६.३० बजे अचानक साइरन बज्छ, साइरन बज्ने वित्तिकै अस्पतालका डाक्टर, स्टाफ नर्स, लगायत सबै स्वास्थ्यकर्मीहरू आ–आफ्नो युनिटको भागदौड सहित उच्च सतर्कता अपनाउँछन् । अस्पतालमा भएका विरामी, आफन्त र आसपासका मानिस पनि के भयो भनी उत्तिखेरै अस्पतालमा ठूलो भिड लाग्छ । यत्तिकैमा मस्र्याङ्दी गाउँपालिका खुदीबाट बेसीशहर आउँदै गरेको बस दुर्घटना हुँदा २०–२२ जना घाइते भएको कुरा अस्पताल प्रमुख डा विशाल तिवारीले जानकारी गराउनु हुन्छ । लगत्तै अस्पतालमा तीनवटा एम्बुलेन्स साइरन बजाउँदै घाइते बोकेर आइपुगे, इमर्जेन्सी वार्ड घाइते,… पुरा पढौ

पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण

लमजुङको बेसीशहर नगरपालिका वडा नं. ४ पुरानकोटमा २८ पिर्के रोटे पिङ निमार्ण गरिएको छ । उक्त पिङको बुधवार एक कार्यक्रमका विच बेसीशहर नगपालिका प्रमुख गुमानसिहं अर्यालले उद्घाटन गर्नुभएको हो । पुरानकोटको स्थानीय बुद्ध मिलन समाजले तामाङ समुदायको विशेष पर्व २८६० औँ सोनाम ल्होसारको अवसरमा पुरानकोट फोस्रेमा परम्परागत २८ पिर्के रोटेपिङ निमार्ण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख अर्यालले परम्परागत रोटेपिङले गाउँघरमा रौनक हुनुका साथै आन्तरिक पर्यटन प्रर्वद्धन र संस्कृति संरक्षणमा पनि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय… पुरा पढौ

अपांग मैत्री लिफ्ट सहितको प्रशासकीय भवन बन्ने

लमजुङको दोर्दी गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । भवनको गाउँपालिका अध्यक्ष श्री युवराज अधिकारीले बुधबार एक कार्यक्रमका बिच औपचारिक रुपमा शिलान्यास गर्नुभएको हो । राष्ट्रिय योजना आयोग र स्थानीय तहको ५०÷५० को अनुपातमा भवन बन्नेछ । स्थानीय तहको ५० प्रतिशत मध्ये स्थानीय पूर्वाधार(म्इीक्ष्)को १० प्रतिशत र दोर्दी गाउँपालिकाको ४० प्रतिशत मा जम्मा ८ करोड ४४ लाख ४६ हजार ३ सय ६३ रुपैयाँ ८० पैसाको इस्टिमेट गरेर ठेक्का प्रक्रिया अघि बढाइएको छ । प्राविधिक र आर्थिक प्रस्तावमा सवै… पुरा पढौ

फागनु १ गतेको जनयुद्ध दिवसको बिदा बदर

काठमाडौँ — सर्वोच्च अदालतले फागुन १ मा ’जनयुद्ध दिवस’का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ । फैसलाको पूर्णपाठ सोमबार सार्वजनिक भएको हो । द्वन्द्वपीडित ज्ञानेन्द्रराज आरणसमेतले दायर गरेको रिट निवेदनको सुनुवाइपछि आएको फैसलामा आधिकारिक रूपमा जनयुद्ध शब्द प्रयोग नभएको भन्दै सर्वोच्चले असंवैधानिक ठहर गरिदिएको हो । ’नेपालको वर्तमान संविधान तथा प्रचलित सम्बद्ध… पुरा पढौ