अर्थतन्त्र

जेन जी प्रदर्शनमा १९ जनाको ज्यान गयो, झन्डै साढे ३ सय जनाको उपचार चल्दै, गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

जेन जी भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।अस्पतालहरूको विवरण अनुसार ज्यान गुमाउनेको संख्या १९ जना पुगेको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको ज्यान गएको हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको ज्यान गएको हो । अस्पतालहरूको… पुरा पढौ

प्रदेश अस्पताल लमजुङले गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल

प्रदेश अस्पताल लमजुङले आ.व २०८१\८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको छ । विहिबार समितिको तीन बर्षे कार्यकाल पूरा गरेको अबसरमा आफ्नो कार्यअबधि भरको प्रगति बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। यो बर्ष मात्रै अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरि सेवा प्रदान गरेको छ । जुन अघिल्लो आ,व को तुलनामा २५% ले बृद्वी हो । २०५८ सालदेखि एच.डि.सि.एस ( मानव बिकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल… पुरा पढौ

आज तीज पर्व महादेवको पूजाआराधना गरी मनाइँदै

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदै छ ।आजको दिनमा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ । सोही मान्यताअनुसार वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको र पार्वती समस्यामा परेको थाहा पाएपछि साथीले… पुरा पढौ

आज तीजको दर खाने दिन

नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार दर खाने दिन। विभिन्न मीठा परिकारका साथ दर खाइदैछ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ । भोलिको तीजमा व्रत बस्नुपर्ने भएकाले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ । तीजको पहिलो दिनलाई दर खाने दिन भनिन्छ। सनातन हिन्दू धर्मावलम्बी नेपाली महिलाले विशेष तयारीका साथ तीज पर्व मनाउने क्रम यो दिन बाट प्रारम्भ हुन्छ। महिला यो दिन माछामासु वाहेक चोखो चिज… पुरा पढौ

लमजुङमा अपराधिक घटनामा कमी

लमजुङमा अपराधका घटनामा कमी आएको छ । गतवर्षको तुलनामा आर्थिक वर्ष २०८१⁄०८२ मा जिल्ला प्रहरी कार्यालय लमजुङको तत्थ्याङ्क हेर्दा अपराधिक घटनामा कमी आएको हो । एक वर्षको अवधीमा कार्यालयमा दर्ता भएको तत्थ्याङ हेर्दा १ सय ९४ वटा मुद्धा दर्ता भएको छ । जसमा १ सय २२ दर्ता फछ्यौट भएको छ । गतवर्ष ०८०⁄०८१ मा २ सय ७ मुद्धा दर्ता भएको थियो, जसमा १ सय ३२ मुद्धा फछ्र्यौैट भएको थियो । यो वर्ष जिल्ला प्रहरी कार्यालय लमजुङले विभिन्न अपराधमा संलग्न रही… पुरा पढौ

दोर्दीमा ७ सय रोपनीमा अकबरे खुर्सानी, हालसम्म १२ हजार किलो बिक्रीबाट ३० लाख आम्दानी

लमजुङको दोर्दी गाउँपालिकामा करिब ७ सय रोपनी (लगभग ३५ हेक्टर) क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खुर्सानीको खेतीले उत्पादन दिन सुरु गरेको छ । यो वर्षबाट व्यवसायिक रुपमा सुरु गरिएको अकबरे खुर्सानी खेतीबाट अहिलेसम्म १२ हजार किलो बिक्री भएर ३० लाख रुपैयाँ भन्दा बढी आम्दानी भैसकेको छ । गाउँपालिकाको सहयोगमा दोर्दीका किसानहरुले खेर गइरहेको खेतबारीमा अकबरे खुर्सानी लगाएका छन् । करिब गाउँपालिका भरिका ३ सय भन्दा बढी किसानहरूले खुर्सानी खेतीमा संलग्न भएका छन् । दोर्दी गाउँपालिका यसअघि २० रोपनीमा परीक्षणका रुपमा खुर्सानी… पुरा पढौ

पहिरोले जलविद्युत् आयोजना १ कामदारको मृत्यु, ३ जना गम्भीर घाइते

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६, नाइँचे गाउँ नजिकै भीरबाट खसेको पहिरोले लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् । । मृत्यु हुनेमा बेसीशहर नगरपालिका वडा नं १० रातमाटे घर भई हाल बेसीशहर ८ बस्ने ४४ वर्षका मनध्वज गुरुङ रहेका छन् । पहिरो लाग्दा गम्भिर घाइते ३ जनालाई उपचारका लागि बेंसीसहरस्थित प्रदेश अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । घाइते हुनेहरुमाम दोर्दी गाउँपालिका–५ का २२ वर्षीय विराज गुरुङ, मध्यनेपाल नगरपालिका–७ बस्ने ३२ वर्षीय प्रितम लामा… पुरा पढौ

जनैपूर्णिमाको अवसरमा देशव्यापी पूजापाठ र उत्सव

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ। जनैपूर्णिमा हिन्दु धर्मावलम्बीहरूले सबेरै घरमा लिपपोत गरी शुद्ध गरेपछि कुनै प्रकारको रोगव्याधि नलागी सधैं सुख र शान्ति होस् भन्ने कामनासहित ब्राह्मण पुरोहितद्वारा नाडीमा रक्षाबन्धन बाँधेर मनाउने गर्दछन्। बिहानैदेखि हिन्दू धर्मावलम्बीहरूले नदी, ताल, पोखरीमा स्नान गरी पूजाअर्चना गरेका छन्। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर… पुरा पढौ

कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ… पुरा पढौ

करिव एक महिनापछि एकतर्फी खुल्यो लमजुङको मुख्य बाटो

सुख्खा पहिरो खसेर भत्किएको करिब १ महिनापछि लमजुङ उदिपुरको बाटो एकतर्फी खुलाईएको छ । गत असार २४ बेँसीसहर–डुम्रे सडकअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–१, उदीपुर नजिकै अँधेरी खोलामा सुक्खा पहिरो खसेर जोखिम बढेपछि सडक आंशिक बन्द गरिएको थियो । अहिले सडकको तल्लो भागमा जालमा ढुङ्गा भर्ने काम सकिएकाले यातायात सञ्चालनका लागि एकतर्फी बाटो खुलाईएको हो । ग्याविन जाली भरेर बाँकी रहेको खाली ठाउमा कङ्क्रिटले भर्ने र त्यो सेटभएपछि त्यसको केही दिनमा दुईतर्फि बाटो सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताउनुभयो ।… पुरा पढौ