
राष्ट्र कवि माधवप्रसाद घिमिरेको १ सय ६ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्र कवि घिमिरेको गृह जिल्ला लमजुङको सदरमुकाम बेसीशहरमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको मुख्य प्रायोजन र लिस्नो साहियित्यक मञ्चले शनिबार शनिबार प्रतियोगिताको आयोजना गरेको हो ।
खुल्ला कविता प्रतियोगितामा राइनास नगरपालिका वडा नं ६ धमिलिकुवाकी सारदा विसुराल पाण्डे प्रथम, राइनास वडा नं ५ तिनपिप्लेका मातृका खनाल द्धितीय, बेसीशहर ३ का भरतबाबु घिमिरे तृतीय र जनविकास मावि चण्डीडाँडामा अध्ययनरत रोनिका गुरुङ र रोसिका गुरुङ सान्त्वना हुनुभएको छ ।
प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ९ हजार, ५ हजार, तीन हजार र सान्त्वना हुने २ जनालाई रु १५⁄१५ सय प्रदान गरिएको छ ।
गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका कुलपती सुर्य खड्का विखर्चीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रम लिस्नो साहित्यिक मञ्चका वरिष्ठ उपाध्यक्ष देविदास बरालको अध्यक्षमा भएको थियो । कार्यक्रममा प्राज्ञ सदस्य गजेन्द्र गुरुङ, हिमालचुली कला साहित्य प्रतिष्ठानका अध्यक्ष आनन्द घिमिरे, लिस्नो साहित्यिक मञ्चका संरक्षक बसन्त अधिकारी, साहित्यकार रामहरी न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।