अटो/बजार

निशुल्क पाठेघरको जाँच, महिलाहरुको उल्लेख्य सहभागिता

लमजुङको सदरमुकाम बेसीशहरमा महिलाहरुको लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण शिविरको आयोजना गरेको छ । लमजुङको बेसीशहरमा रहेको मोडल हस्पिटलमा संचालन भएको शिविरमा पहिलो दिन शनिबार जिल्ला भरका १ सय ७० जना महिलाहरुको जाँच गरिएको छ । जसमा ८ जनाको पाठेघरको मुख जाँच भिआइए जाँच गर्दा संकास्पद लागेर एल.वि.सि (प्याप) टेस्टको लागि पाठेघरको मुखको पानी निकालेर परीक्षणको लागि पठाइएको छ भने ब्रेस्ट जाँच गर्दा २ जनाको संकास्पद लागेर थप परीक्षणको लागि पोखरा गण्डकी अस्पताल… पुरा पढौ

प्राविधिक शिक्षा जेटिएमा विद्यार्थीको आकर्षण घट्दै, ७ हजारमै पढ्न पाएपनि विद्यार्थी संख्या भने न्यून

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ९ मा रहेको ग्रामीण तालिम केन्द्रमा जेटिए पढ्ने विद्यार्थीको संख्या दिनप्रतिदिन कम हुँदै गएको छ । न्यून शुल्क जम्मा ७ हजारमै १८ महिने जेटिए कोर्ष पढ्न पाउने भएपनि विद्यार्थीहरुको आकर्षण भने निकै कम भएको हो । प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आंगिक संस्थाको रूपमा रहेको ग्रामीण तालिम केन्द्र सिम्पानीले शैक्षिक बर्ष २०८१\०८२ का लागि नयाँ भर्नाको लागि विज्ञापन खुले पश्चात ४० जनाको कोटामा जम्मा ३ जना फर्म भर्न सम्र्पकमा आएका छन् ।गतवर्ष ९ जना… पुरा पढौ

मर्स्याङ्दी नदीमा बस खस्दा २१ जनाको मृत्यु, २२ जना घाइते

तनहुँको मर्स्याङ्दी नदीमा खसेको बसमा रहेका ४३ जनामध्ये कम्तीमा २१ जनाको ज्यान गएको छ । यस्तै २२ जना घाइते भएका छन् । घटनास्थलबाट ४३ जना सबै यात्रुको उद्धार गरिएको र तीमध्ये २१ जनाको ज्यान गएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा ४१ जना यात्रु र चालक दलका दुई जना गरी ४३ जना सबै भारतीय नागरिक हुन् । उद्धार गरिएका २२ जनामध्ये १६ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ… पुरा पढौ

आज जनैपूर्णिमा, आफूलाई उपयुक्त समयमा रक्षाबन्धन गर्न सकिने

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

महिला हत्याको अभियोगमा एक जना पक्राउ

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या भएको छ । गएराती बगैंचा स्थित आफ्नै घरमा अन्दाजी ६५ बर्षीया सान्नानी घर्तीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गरेको आशंकामा प्रहरी आज दिउँसो सोही स्थानका एक जना युवालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ । पक्राउ पर्नेमा सोहि वडाको बजरखुट्टा बस्ने ४७ बर्षीय सुक बहादुर सार्की रहेका छन् । हत्यामा संलग्न रहेका सार्कीलाई प्रहरीले सुन्दरबजार नगरपालिका–६, खत्रीठाँटीबाट बुधबार दिउँसो साढे २ बजेतिर पक्राउ गरेको हो ।… पुरा पढौ

हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

लमजुङमा साउन महिनाभर २० जनामा डेङ्गी संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार आ.व. ७९⁄८० मा २ सय ४० जनामा डेङ्गी भएको थियो भने ०८०⁄०८१ मा ५ सय ९ जनालाई डेङ्गी सङ्क्रमण भएको थियो । वर्षाका बेला घर वरपर पानी जम्ने, जम्मा भएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढ्ने खनालले बताउनुभयो । विषेश गरी असोज र कार्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी फैलने भए पनि यसको रोकथामका लागि अहिले देखि नै… पुरा पढौ

रुख ढलेर किच्दा एक महिलाको मृत्यु

लमजुङमा रुख ढलेर किच्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरबजार नगरपालिका–१ कुन्छाका लीलादेवी मिश्र रहेकी छन् । ८२ वर्षीय मिश्र सोमबार साँझ घर भन्दा करीब १ सय मिटरको दुरीमा रहेको कुवामा पानी भर्न गएकी थिइन् । मिश्रलाई कुवा भन्दा माथि रहेको काप्रोको रुख ढलेर रूखको हाँगाले किच्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाबारे जानकारी पाउना साथ घट्नास्थल पुगेको प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी मृतको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल लमजुङमा ल्याएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

नेपालमा बालबालिकाको संख्या ९८ लाख ७० हजार, बालिकाको संख्या घट्ने क्रममा

काठमाण्डौ – नेपालमा बालबालिकाको सङ्ख्या ९८ लाख ६९ हजार पाँच सय ८३ रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ को कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनामध्ये बालक ५१ लाख १४ हजार पाँच सय पाँच र बालिका ४७ लाख ५५ हजार ७८ रहेको तथ्याङ्कमा उल्लेख छ । यो जन्मदेखि १८ वर्षसम्मको उमेर हो । यसमा बालकभन्दा बालिकाको सङ्ख्या तीन लाख ५९ हजार चार सय २७ ले कम छ । समग्रमा २०५८ देखि… पुरा पढौ

चिती साहित्य समाजको बोलबम यात्रा

बेसीशहर नगरपालिका वडा नं ११ रहेको चिती साहित्य समाजको आयोजना र त्रैलोकेश्वर मन्दिर व्यवस्थापन समितिको संयोजनमा बोलबम यात्रा कार्यक्रम गरिएको छ । महादेव पार्वतीको झाँकी सहित भक्तजनहरु तिलाहार सिद्धेश्वर मन्दिरबाट निस्केको यात्रा रामचोकमा त्रिवेणी धाममा रहेको त्रैलोक्यश्वर महादेवको मन्दिरमा पुजा अर्चना गरि समापन गरिएको हो । त्रैलोक्यश्वर मन्दिर व्यवस्थापन समिति अध्यक्ष प्रेमदत्त सेढाईले दुई नदी दोर्दी र गंगाको संगममा रहेको पवित्र स्थल त्रिवेणी धामलाई धार्मिक ऐतिहासिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गरी सबैको आकर्षणको केन्द्र बनाउन समिति लागि परेकोले यसमा… पुरा पढौ