
नेपाल प्रेस युनियन लमजुङ शाखाको ८ औं अधिवेशनले निरज अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। अधिवेशनले कार्यसमितिका साथै केन्द्रीय र प्रदेश प्रतिनिधिहरू समेत चयन गरेको छ।
अधिवेशनबाट उपाध्यक्षमा जिवी घिमिरे र दिलु तामाङ, सचिवमा विराट न्यौपाने, सहसचिवमा समिता पौडेल र कोषाध्यक्षमा सुजन बानियाँ चयन भएका छन्।
त्यस्तै खुला सदस्यमा सञ्जय गुरुङ, महिला सदस्यमा शोभा ठकुरी र आदिवासी जनजाति सदस्यमा सोमराज गुरुङ चयन भएका छन् । त्यस्तै केन्द्रिय प्रतिनिधीमा रामजी राना, शान्ता कमली, सृजना बराल, आश बहादुर गुरुङ, ऋषि अधिकारी, र सुनिल बसौला चयन हुनुभएको छ भने प्रदेश प्रतिनिधमा सन्तोष पौडेल, सन्देश पौडेल र बसन्ता भट्ट चयन हुनुभएको छ ।
अधिवेशनमा नेपाल प्रेस युनियन लमजुङका अध्यक्ष सन्तोष पौडेलको अध्यक्षता तथा नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङको प्रमुख आतिथ्यता रहेको थियो।
नवनिर्वाचित कार्यसमितिलाई मगंलबार पदस्थापन गरिएको छ । प्रेस यूनियनका केन्द्रिय सदस्य परमेश्वर अधिकारी, कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारी लगायतले खदा र टिका लगाइदिदैँ सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
पदस्थापना पश्चात नवनिर्वाचित समितिको बैठकले श्रमजीवी पत्रकारहरूको आपतकालीन राहत वा कल्याणकारी कोष स्थापना अर्ने निर्णय गरेको छ । जिल्लाका क्रियाशील पत्रकारहरू भवितव्यमा पर्दा, बिरामी हुँदा वा संकटमा पर्दा तत्काल सहयोग पुर्याउने गरी एक निश्चित रकमबाट प्रेस युनियन आपतकालीन पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरिएको छ ।









