
काठमाण्डौ – मौसम पूर्वानुमान महाशाखाले यही असोज ८ देखि १२ गतेसम्म ठूलो वर्षाको सम्भावनाबारे सूचना निकालेर जानकारी गराएको छ ।
महाशाखाले आज निकालेको सूचनामा बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली अझ बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको उल्लेख छ ।
यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरको बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभएको छ ।
महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने जनाएको छ ।









