संविधान दिवसमा बेसीशहरमा प्रभातफेरी, बालविकास केन्द्रलाई खाद्यान्न सहयोग

-


     नयाँ दीप    
     असाेज ३ गते २०८३ मा प्रकाशित


लमजुङको बेसीशहरमा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस जिल्ला स्तरीय समिति लमजुङको आयोजनामा शनिबार बिहान बेंसीसहर–८ स्थित मनाङ्गे चौताराबाट सुरु भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलमा पुगेर सभामा परिणत भएको थियो।

जिल्ला समन्वय समितिका लमजुङका अध्यक्ष पुर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनाल सशस्त्र प्रहरी गुल्म रानीकुवाका प्रमुख विकास अधिकारी लगायतको उपस्थिति थियो।

संविधान दिवसकै अवसरमा कार्यक्रम पश्चात बेंसीसहर नगरपालिकाले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका बालबालिकाका लागि खाद्यान्न सहयोग गरेको छ। केन्द्रमा हाल नौ जना बालबालिका रहेका छन्।

बेंसीसहर–२ बोहराबेसीमा रहेको केन्द्रमाा पुगेर कार्यक्रममा नगर उपप्रमुख पदमा गुरुङले केन्द्रका लागि नगरपालिकाले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको जानकारी दिँदै उक्त रकमबाट केन्द्रले आवश्यक सामग्री खरिद गर्न सक्ने बताउनुभयो।