
नेपाल पत्रकार महासङ्घ लमजुङ शाखाको १७ औँ साधारणसभा सुन्दरबजारमा सम्पन्न भएको छ। महासङ्घ लमजुङका अध्यक्ष सन्देश पौडेलको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका पूर्व आर्थिक मामिला मन्त्री तथा प्रदेशसभा सदस्य टकबहादुर गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
साधारणसभामा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पुरबहादुर गुरुङ, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, राइनास नगरपालिकाका प्रमुख खड्कबहादुर गुरुङ, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद खनाल, जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेत, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वार्टर लमजुङका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी तथा राष्ट्रिय अनुसन्धान कार्यालय लमजुङका प्रमुख रामशङ्कर केसी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव कृष्ण केसी, गण्डकी प्रदेश समिति अध्यक्ष जनक श्रेष्ठ, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेशकुमार पाण्डे, प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद खनाल लगायतले साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्दै स्वतन्त्र, जिम्मेवार र व्यावसायिक पत्रकारिताको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै नेपाल पत्रकार महासङ्घ लमजुङका पूर्व अध्यक्ष परमेश्वर अधिकारी तथा रेडियो मर्स्याङ्दीका स्टेशन म्यानेजर मिना गुरुङलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
महासंघका उपाध्यक्ष बसन्ता भट्टले स्वागत गर्नुभएको कार्यक्रममा अध्यक्ष सन्देश पौडेलले शाखाको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने बन्दसत्रमा उपाध्यक्ष निरज अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासङ्घ लमजुङका सचिव कृष्णबहादुर आलेले गर्नुभएको थियो।











