लमजुङमा अघि बढ्यो रास्वपा

-


     भरत बाबु घिमिरे     
     फागुन २२ गते २०८२ मा प्रकाशित


लमजुङको जिल्ला पछिल्लो मतगणनाको परीणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । रास्वपाका धर्मराज केसीले ७१ सय ९२ मत प्राप्त प्राप्त गरेका छन् ।

कांग्रेसका गमप्रसाद गुरुङले ५६ सय ४२ मत ल्याएका छन् । त्यस्तै नकपा एमालेका पृथ्वी सुब्बा गुरुङले ५१ सय ८८ मत प्राप्त गरेका छन् भने नेकपा उम्मेदवार हरिजङ तामाङले ८ सय ४२ मत प्राप्त गरेका छन् ।

लमजुङमा पहिलो चरणमा दुधपोखरी गाँउपालिकाबाट मतगणना सुरु गरिएको थियो । दुधपोखरीमा नेपाली काग्रेंसले अग्रता लिएको थियो भने क्होलासोथर गाँउपालिकाको मतगणनामा नेकपा एमालले अग्रता लिएका थियो । तेस्रो चरणमा मध्यनेपाल नगरपालिकाको मतगणना सुरुभएपछि एमाले र काग्रेंसलाई पछि पार्दै रास्वपाले अग्रता कायम गरेको हो ।

हालसम्म २० हजार ६२ मत गणना गरिएको छ । जिल्लाभर जम्मा ७५ हजार २५ मत खसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । महिला ३८ हजार ८ सय ५६ र पुरुष ३६ हजार २ सय २९ पुरुषबाट मत खसेको थियो ।

लमजुङमा कुल १ लाख ३७ हजार १ सय २४ मतदाता थिए । १ सय ३० मतदानस्थलको एउटा अस्थायीसहित १ सय ९३ मतदान केन्द्र थियो ।