
लमजुङका बेसीशहमा शनिबारदेखि सुरु ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिता आइतबार भएको पहिलो खेलमा भानु युनाइटेड (चक्रपथ, काठमाडौं) लाई एनआरटी काठमाडौंले १–० गोल अन्तरले हराएको छ। आइतबारको पहिलो खेल बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच प्रतिस्पर्धा भएको थियो, जहाँ एनआरटीले संघर्षपूर्ण जित निकाल्न सफल भयो।
आइतबार भएको दोस्रो खेलबाट लमजुङ मस्र्याङ्दी युवाक्लवले ३३ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। त्रिवेणी युवा क्लब, बेसीशहर लमजुङको आयोजनामा त्रिवेणी रंगशालामा आइतबार सम्पन्न खेलमा लमजुङले चितवनको सूर्यपुर क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको हो।
लमजुङको जितमा समीर तामाङ र एरोन थापाले एक–एक गोल गरे। खेलको पहिलो हाफको इन्जुरी समयमा समीर तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको ६५औँ मिनेटमा एरोन थापाले गोल गर्दै लमजुङको अग्रता दोब्बर बनाए। अब लमजुङले मस्र्याङ्दी युवाक्लवल सेमिफाइनल प्रवेशका लागि आयोजक त्रिवेणी क्लब र श्री भगवती क्लबबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।









