
कर्तव्य ज्यानको कसुरमा थुनामा रही कास्की कारागारबाट फरार एक जना थुनुवा साढेँ तीन महिनापछि लमजुङबाट पक्राउ परेका छन् ।
गत भदौ २४ गते कास्की कारागारबाटे फरार भएका लमजुङको दूधपोखरी गाउँपालिका–५, कोल्कीका ४५ वर्षीय मनबहादुर गुरुङलाई प्रहरीले मगंलबार पक्राउ गरेको हो ।
उनलाई प्रहरी चौकी गौंडाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई कानुनी प्रक्रियापछि कास्की कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
गत भदौ २४ गते कास्की र तनहुँ कारागारबाट फरार भएका कैदी तथा थुनुवामध्ये हालसम्म लमजुङमा ४६ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमै बुझाइसकिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी रेशम बोहराले बताउनुभयो ।
गत असार ३२ गते लमजुङ कारागारको गेट नजिकको पर्खाल भत्किएर सुरक्षा जोखिम बढेपछि लमजुङ कारागारमा रहेका १ सय ९ जना कैदी तथा थुनुवालाई कास्की र तनहुँ कारागारमा स्थानान्तरण गरिएको थियो ।









