
लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ देउपुजेमा रहेको घिमिरे बन्धुहरुको घिमिरे कुलदेवता गुठी मन्दिर मर्मतका लागि सहयोग प्राप्त भएको छ । हाल विदेशमा रहनुभएका घिमिरेहरुले कुलायन मन्दिरको संरक्षण तथा मर्मतको लागि सहयोग रकम पठाउनुभएको हो ।
कुलदेवता मन्दिरका लागि बेसीशहरको वडा नं ३ मा घर भई हाल अमेरिकामा रहनुभएको सोमराज घिमिरेले २ लाख दुई हजार २ सय २२ रुपैँया न्यूजिल्याण्डमा रहनुभएकोे बुद्धिसागर घिमिरेले १ लाख २२ हजार २ सय २२ रुपैँया सहयोग प्रदान गनुभएको छ ।
सो रकमबाट कुलदेबता गुठी मन्दिर परिषरमा कम्पाउण्ड वाल लगायत भौतिक पुर्बधार निर्माण गरिने घिमिरे कुलदेवता गुठीका अध्यक्ष श्रीकान्त घिमिरेले बताउनुभयो । घिमिरे बन्धुहरुको गुठीको आगामी मंसिर १३ गते अधिबेसन र १८ गते कुल पुजा हुने बताइएको छ
त्यस्तैगरी श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान लमजुङले आगामी असो २७ कुशमाखर उपाध्ययको ५ सय ७३ जन्मदिवश दिवश मनाउने तयारी गरेको छ ।

१५१० असोज २७ गते लमजुङमा जन्मिएका कुश्माकर घिमिरेले १५५० मा तत्कालिन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि यशोब्रम्ह शाहालाई ल्याएर पुरानकोटको दरबारमा राज्यअभिषेक गरि केहि बर्ष पछि लमजुङको गाउँशहरमा रहेको दरबारमा ल्याएर लमजुङको राजा बनाई राज्य चलाएको इतिहासमा उल्लेख गरिएको छ ।
राज्यमा सुरक्षा कसरी गर्ने भन्ने शास्त्रको ज्ञाता भएका, सबै जातजातीलाई समान अवसर प्रदान समावेसी बनाउनेका काम पनि कुश्माखर घिमिरेले गरको भएपनि त्यस्ता ऐतिहासिक व्यक्तिलाई इतिहासले विर्सिएको छ ।
घिमिरे राष्ट्रिय झण्डाको समेत परिकल्पनाकार भएको र लमजुङका ८ वटा कोटहरुको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डामा ८ वटा कोणहरु उल्लेख भएको भन्दै पनि उनलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने संस्कृतिविद् प्रा.डा कान्ता भट्टराई बताउनुहुन्छ । तत्कालिन समयमा श्री ३ र श्री ६ को उपाधी पाउने नेपालको अहिले सम्मकै इतिहासमा कुश्माखर घिमिरे भएको एक मात्रै व्यक्ति भएको प्रा डा भट्टराईको भनाई छ ।
उहाँको सम्झनामा लमजुङको बेसीशहर ३, रानीकुवामा शालिक बनाउने तयारी समेत गरिएको छ । शालिक निर्माणका लागि गण्डकी प्रदेशले यो वर्ष १५ लाख रुपैँया विनियोजन गरेको छ ।









