दुधपोखरीमा हराएको पुरुषको शव डेढ महिना पछि फेला

-


     नयाँ दीप    
     असाेज ११ गते २०८२ मा प्रकाशित


लमजुङ र मनाङको सिमानामा पर्ने दूधपोखरी कुण्ड (५,३०० मि.) मा साउन २४ गतेदेखि नुहाउने क्रममा हराएका किशोरको शव डेढ महिना पछि फेला परेको छ ।

लमजुङको क्व्होलासोथार गाउँपालिका–४, भुजुङका १८ वर्षीय मनोज गुरुङ जनैपूर्णिमाका दिन दूधपोखरीमा पौडी खेल्ने क्रममा हराएका थिए । उनको शव हेलिकप्टरमार्फत पुगेको गोताखोरसहित सशस्त्र प्रहरी टोलीले फेला पारेको हो ।

जिल्ला सुरक्षा समिति र गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङको पहलमा गाउँपालिकाले व्यवस्थापन गरी शुक्रबार पोखराबाट एयर डाइनेस्टीको हेलिकोप्टरमा गोताखोरसहित ४ जना सशस्त्र प्रहरी पठाइएको थियो ।

गाउँदेखि हिँडेर २ दिन लाग्ने दूधपोखरीमा नुहाउने जात्रामा साथीहरुसँगै गएका उनी पौडी खेल्ने क्रममा केही पर पुगेका थिए । उनीसहित ९ जना साथीहरु दूधपोखरी नुहाउने जात्रामा गएका थिए । हराएका किशोरलाई स्थानीय र प्रहरी पुगेर खोजी गरे पनि यसअघि भेटिएका थिएनन् । भेटिएको सवलाई उद्धार गरी आफन्तलाई बुझाइएको छ ।