कमला घिमिरेको दशैं आयो

-


     नयाँ दीप    
     असाेज ८ गते २०८२ मा प्रकाशित


नेपालीहरुको महान् पर्व वडा दशैं निजिकिदै गर्दा शिक्षा क्षेत्रमा सक्रिय लमजुङ घर भई काठमाडौ निवासी कमला घिमिरे अधिकारीद्धारा रचना गरिएको दशैं आयो बालगीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बालबालिकालाई लक्षित गरी रचना गरिएको बालगित दशैं आयो गीतको म्युजिक भिडियो निर्माण गरिएको हो ।

बालबालिकालाई गीतको माध्यमबाटै नवदुर्गा भगवतीको पुजा गरिने, दशैंमा रमाईलो गर्ने, मिठो मसिनो कुरा खाएर, नयाँ लुगा लगाउने, पिङ खेल्नुका साथै ठूलाबढाको हातको टिका र जमरा लगाएर आर्शिबाद लिने लगायतका कुराहरु समेटिएको रचनाकार घिमिरेले बताउनुभयो ।

हालसम्म घिमिरेको “तरकारीका नाम, पोसाक, हिस्सी परेकी नानी, नमस्ते गुरुआमा, म त स्कुल आए” लगायतका १५ वटा बाल गितहरु म्युजिक भिडियोको साथमा सार्वजनिक भैसकेको छ भने अझै ५ वटा सार्वजनिक हुने तयारीमा रहेको रामप्रसाद अधिकारीले बताउनुभयो । कमला घिमिरेद्धारा रचिएको दशैं आयो बाल गितको संगितकार बलराम समाल मगर, प्रितिशा अधिकारी, र बालबालिकाहरु अद्भिग न्यौपाने, आकांक्षा समाल मगर, आश्रीता ज्ञवाली र आराध्य अधिकारीको स्वर रहेको छ ।

साहित्य लेखनमा निकै रुची राख्ने घिमिरे काठमाडौं टोखामा रहेको हनी बि स्कुुलका प्रिन्सिपल हुनुहुन्छ । घिमिरेका यस अघि महको महलमा हाइकु सङ्ग्रह, मामाघर बालकविता र रश्मी मुक्त सङ्ग्रह प्रकाशित भै सकेका छन् भने थुप्रौ फूटकर कविता तथा मुक्तकहरु प्रकाशित छन् ।