
लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ६ बरेटारस्थित रहेको आदर्शबाल माध्यामिक विद्यालयमा कक्षा १२ मा परीक्षा दिदै गर्दा नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
२५ गते विहिबार फाईनान्स विषयको परीक्षा चलिरहेका बेला चेकजाँच गर्दा अर्काैको नाममा परीक्षा दिईरहेका सुन्दरबजार न.पा.५ बस्ने २० वर्षका आयुष गुरुङलाई फेला पारी पारिएको हो । उनले सुन्दरबजार न.पा. ५ बस्ने बर्ष २० का (सिम्बोल नं.– ३३७००५२१) विशाल गुरुङको नाममा परीक्षा दिइरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरी टोलीले दुबै जना विशाल गुरुङ र आयुष गुरुङलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बेसीशहर ल्याएको छ । आजै जिल्ला प्रशासन कार्यालय, लमजुङबाट “शिक्षा ऐन सम्बन्धी कसुर” शिर्षकमा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।









