बालबालिकालाई पढ्ने बातावरण बनाउन पोषाक र शैक्षिक सामाग्री वितरण

-


     नयाँ दीप    
     चैत्र २ गते २०८० मा प्रकाशित


लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ को कार्यालयले वडा भित्रका बालबालिकाहरुलाई विद्यालय पोषाक र शैक्षिक सामाग्री वितरण गरेको छ । वडा भित्रका ४ वटा विद्यालयका १ सय ५५ जना विद्यार्थीहरुलाई सामाग्री वितरण गरिएको हो ।

वडा कार्यालयले यशोब्रह्म मावि, लमजुङ मावि, शिवशक्ति प्रावि र अमर प्राथमिक विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्म सम्पूर्ण विद्यार्थीहरुलाई विद्यालय पोषाक, कापी, पेन्सिल, रगं र ज्यामिती बाकस दिदएको छ भने ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई पोषाक सहयोग गरेको वडाध्यक्ष चित्रबहादुर दनाईले बताउनुभयो ।

प्राय न्यून आय भएका बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्न आउने उनीहरुलाई विद्यालय पोषाक तथा कापी कलम नभएर विद्यालय पढ्न आउन समस्या भएको भन्ने थाहा पाएर सबै बालबालिकालाई विद्यालयमा पढ्नको लागि सहज बातावरण बनोस् भनेर वडा कार्यालयले सहयोग गर्ने बातावरण बनाएको दनाईको भनाई छ ।

वडा भित्र शैक्षिक सामाग्री वितरणको लागि कार्यालयले ३ लाख रुपैया विनियोजना गरेको वडा सदस्य कृष्ण भुजेलले बताउनुभयो ।
यशोब्रह्म माविमा सामाग्री वितरण कार्यक्रम वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको थियो भने वडा सदस्य कृष्ण भुजेल र उषा बरालको उपस्थिती रहेको थियो । कार्यक्रममा विद्यालयका प्रअ सूर्यप्रसाद बरालले सहजिकरण गर्नुभएको थियो ।