
शिक्षक संघको जिल्ला प्रतिनिधी सभा कार्यक्रम सम्पन्न भएको छ । शनिबार बेसीशहर लक्ष्मीनारायण पुस्तकालयको सभा हलमा नेपाली कागे्रसका केन्द्रिय सदस्य तथा राज्य व्यवस्था समितिका पूर्व सभपति दिलबहादुर घर्तीको प्रमुख आतित्थ्यतामा भएको हो ।
नेपाल शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्यहरु भेषबहादुर पौडेल, डा. टकराज गुरुङ, पार्वती तामाङ, नेपाली काग्रेंस गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरी बराल, नेपाल शिक्षक संघका संघिय पूर्व उपमहासचिव नुरमहोमद मिया, शिक्षक संघका संघिय सदस्य विष्णुमाया भण्डारी, शिक्षक संघ गण्डकी प्रदेशका महासचिव शिवराज अधिकारी, शिक्षक संघका लमजुङका पूर्व अध्यक्ष विष्णुहरी बास्तोला, शिक्षक संघका पूर्व अध्यक्ष हरी अधिकारी, नेपाल शिक्षक यूनियन पूर्व अध्यक्ष ध्रुब बहादुर कुँवर, नेपाल तरुण दल लमजुङका पूर्व महासचिव यमबहादुर गुरुङ, ट्रेड यूनियन कागं्रेस लमजुङका अध्यक्ष तिर्थराज तिवारी, शिक्षक संघका पूर्व सचिव अगंराज घिमिरे, निवृत्त शिक्षक समाज लमजुङका अध्यक्ष खुशीराम डौलिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

त्यस्तै जिल्लाका सवै पालिका अध्यक्षहरुले पालिकाको गतिविधीका बारेमा जानकारी गराएका थिए । शिक्षक संघ बेसीशहर नगरका अध्यक्ष एकदेव घिमिरे, क्होलासोथरका दुर्गामाया गुरुङ, दुधपोखरीका दुर्गा गुरुङ, मर्स्याङदीका सीता घिमिरे, दोर्दीका अक्कल बहादुर भुजेल, राइनासका अध्यक्ष कमल गुरुङ, सुन्दरबजारका राजु केसी, मध्यनेपालका मोहनराज घिमिरेले पालिका भित्र शिक्षक संघको अवस्था र भावी कार्ययोजनाको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गतवर्षको एसईई परीक्षामा सबै भन्दा धेरै जिपिए ल्याउन सफल उत्कृष्ट विद्यालयलाई सम्मान गरिएको थियो । जसमा सुन्दरबजार नगरपालिकाको अर्चल्यानीमा रहेको संस्कृति सदन मावि प्रथम, राइनासको तार्कुघाटमा रहेको विरभक्ति मावि र दोर्दी अर्चलबोटमा रहेको लक्ष्मीनारायण मावि द्धितिय भई सम्मान प्राप्त गरेको छ । त्यस्तै शिक्षक संघमा आवद्ध यो वर्ष निवृत्त भएका ८ शिक्षकहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाल शिक्षक संघका अध्यक्ष सूर्यबहादुर केसीले बार्षिक आयव्यव र प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने उपाध्यक्ष दिनेश चिलुवालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सहजिकरण शिक्षक संघका सचिव राजिव पण्डितले गर्नुभएको थियो ।