
नेपाली काग्रेंसले समुदायमा काग्रेंस अभियान संचालन गरेको छ । अभियान अन्गर्तत लमजुङको मध्यनेपाल नगरपालिका वडा नं १० नेटामा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल सांस्कृतिक संघका अध्यक्ष तथा नेपाली काग्रेंस महासमिति सदस्य तिर्थ थापाको संयोजकत्वमा कार्यक्रमको आयोजना भएको हो ।
कार्यक्रममा सहभागी स्थानीय कार्यकर्ताहरुले जनतासगँ नेताहरु भेटेर छलफल गर्न नचाहने, चुनाव जितेपछि फेरी अर्काे चुनावमा मात्रै भेट हुने प्रवृत्तिले गर्दा कार्यकर्तामा पार्टीप्रति निराशा छाएको बताएका थिए । त्यसका लागि जिल्ला देखि केन्द्र सम्मका नेताहरु सुध्रिनुपर्नेमा उनीहरुको जोड थियो ।
त्यस्तैगरी नेपाली काग्रेंसको भातृ तथा शुभेच्छुक संस्थाहरुको कृयाकलाप पनि शुन्य जस्तै भएकोले पार्टीलाई बलियो बनाउनको लागि संगठन विस्तार तथा निती निर्माणमा पार्टी लाग्नुपर्ने र निरन्तर तल्लो तहसम्म छलफल गरी प्राथमिकतामा राख्नुपर्ने जस्ता कुराहरु गरेका थिए भने आफ्नो गाउँमा सडक र खानेपानीको समस्या भएको समेत नेटाबासीले गुनासो गरेका थिए ।
कार्यकर्ताको समस्या तथा गुनासोहरुलाई सम्बोधन गर्दै संयोजक थापाले नेपाली काग्रेंस पार्टीले समुदायमा काग्रेंस अभियान सुरु गर्नु नै सकारात्मक सुधारको पक्ष भएकाले अब कार्यकर्ताको समस्याको सुनुवाई हुने आवश्वासन दिनुभएको थियो ।
त्यस्तैगरी वडा नं १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले वडाको विकासका लागि आफू हरपल क्रियाशिल भएको बताउनुभएको थियो ।
कार्यक्रममा उपस्थित सांस्कृतिक संघका सहमहामन्त्री सर्मिला बोहराले स्थानीय समुदायमा कार्यकर्ताहरुद्धारा आएका समस्या तथा गुनासोहरुलाई केन्द्रसम्म पुराएर समाधानको पहल गर्ने बताउनुभएको थियो ।
छलफल कार्यक्रममा उपस्थित महिला संघका केन्द्रिय सदस्य सुस्मिता थापाले महिलाहरुले आफ्नो हक अधिकार चुप लागेर बसेर नपाउने भन्दै त्यसका लागि लड्नुपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा नेपाली काग्रेंस गण्डकी प्रदेशका सदस्य बासुराम कडेँलको समेत उपस्थिती रहेको थियो । नेपाली काग्रेंसले यही माघ १६ गतेबाट समुदायमा काग्रेंस अभियान सुरु गरेको हो ।