शिक्षक कल्याण सहकारीको दशौं वार्षिक साधारण सभा सम्पन्न

-


     नयाँ दीप    
     पौष १४ गते २०८० मा प्रकाशित


शिक्षकहरुको हकहितका लागि स्थापना गरिएको शिक्षक कल्याण बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा तथा चौंथो अधिवेसन सम्पन्न छ ।

कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलले एक कार्यक्रमका विच सभाको उद्घाटन गर्नुभएको हो ।

साकोसका अध्यक्ष सुर्यप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष माधव अधिकारीले आर्थिक वर्ष २०७९⁄८० को ८४ लाख ६७ हजार ८ सय ३१ रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा साकोसका पूर्व अध्यक्ष विष्णुमाया भण्डारी, शिक्षक संघ लमजुङका अध्यक्ष सूर्यबहादुर केसी, शिक्षक महासंघका अध्यक्ष तीर्थराज न्यौपाने, साकोसका सल्लाहकार सोमराज चिलुवाल, शिक्षकहरु सीता न्यौपाने अधिकारी, गोकुलप्रसाद रेग्मी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सभाले शिक्षक संघका अध्यक्ष सूर्यबहादुर केसीको संयोजकत्वमा साकोस सञ्चालक छनोट समिति गठन गरेको छ । छनोट समितिको सदस्यमा निर्वाचन संयोजक ऋषि घिमिरे र साकोसका पूर्व अध्यक्ष विष्णुमाया भण्डारी रहनुभएको छ । समितिले १ हप्ता भित्र जिल्ला भित्रका सबै पालिका, क्षेत्र समेट्ने गरी इच्छुक शिक्षकहरुलाई समेटी साकोसको सञ्चालक समिति गठन गर्ने अध्यक्ष सूर्यप्रसाद बरालले बताउनुभयो ।

कार्यक्रममा शिक्षक काशिनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो । १ सय ९३ जना शेयर सदस्य रहेको साकोसमा ४४ लाख ६४ हजार शेयर रकम रहेको छ ।