
लमजुङको सदरमुकाम बेसीशहरमा रहेको लक्ष्मीनारायण सामुदायिक पुस्तकालय अन्र्तगत संचालनमा रहेको लक्ष्मीनारायण सामुदायिक सिकाईको केन्द्रको चौंथो अधिवेसन सम्पन्न भएको छ । शनिबार पुस्तकालयको सभा हलमा भएको अधिवेसनले सुशिलचन्द्र अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथी बेसिशहर नगरपालिका शिक्षा शाखाका शाखा अधिकृत रामकृष्ण त्रिपाठीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवबसरमा लक्ष्मीनारायण सामुदायिक पुस्तकलय एवं सिकाइ केन्द्रका संस्थापक अध्यक्ष गणेशप्रसाद न्यौपानेलाई संस्था स्थापनाकाल देखि हालसम्म अतुलनिय सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

सो अवसरमा पुस्तकालयका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, सल्लाहकार समितिका संयोजक तेजनारायण अधिकारी, उपाध्यक्ष सुशिलचन्द अधिकारी, सल्लाहकार समितिका सदस्य शालिकग्राम अधिकारी, पुस्तकालयका सचिव सरोजकुमार दनाई, कोषाध्यक्ष सिता न्यौपाने, लक्ष्मीनारायण सहकारीका अध्यक्ष सृजना बराल, पुस्तकालयको महिला उपसमितिका सहसचिव घना दनाई, कुमारी नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सिर्जनशिल आयआर्जन समूहका अध्यक्ष उषादेवि घिमिरे, अञ्जना घिमिरे, दमन्ती बराल, फूलबारी आमा समूहका खातुन मियाले कार्यक्रममा कविता प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम सिकाई केन्द्रका अध्यक्ष नाराइनबहादुर सुँयलको अध्यक्षतामा भएको थियो । सिकाईकेन्द्रको बार्षिक तथा आर्थिक प्रतिवेदन कर्मचारी कान्तादेवि घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने अमृता घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
यस सिकाई केन्द्रले बेसीशहर नगरपालिका भित्रका आमा तथा महिला समूहहरुलाई विभिन्न चेतनामुलक तथा सिपमुलक तालिम प्रदान गरी आयआर्जन गर्न सहयोग पुराउँदै गराउँदै आएको छ ।