पक्राउ परेका जुवाडेको नाम सार्वजनिक गर्न प्रहरीद्धारा आनाकानी

-


     नयाँ दीप    
     मंसिर ८ गते २०८० मा प्रकाशित


लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहिबार राति हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

विहिबार राती पक्राउ परेका जुवाडेको नाम सार्वजनिक भने भएको छैन । शुक्रबार दिनभर सम्म पनि प्रहरीले नाम सार्वजनिक नगरेपछि साझँ प्रहरीसगँ सोध्दा जुवाडेको नाम बताउन चाहेनन् । प्रहरी कार्यालय लमजुङका प्रवक्ता प्रहरी निरिक्षक थानेश्वर चापाईले आफू कार्यालय भन्दा बाहिर रहेको र जुवाडेको नाम लिस्ट आफूसगँ नभएकाले बताउन नसकेको बताउनुभयो ।

आफू बाहिर भएको र कार्यालयमा समेत फोन रिसभ गर्ने मान्छे समेत नभएको र सुचना दिने जिम्वेवारी व्यक्ति पनि नभएकाले सुचना दिन नसकेको चापाईको भनाई छ ।

प्रहरीका अनुसार घरधनीसगँै पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकाको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् । उनीहरुको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुलाई मुद्धा दर्ता गरी आज म्याद थप गरिएको बताइएको छ ।

चोरीका घटना होस् वा जुवातास अथवा हिसांका घटना नै किन नहोस, हुने खाने र पहुँच हुनेहरुले गल्ती अपराध गरेपनि प्रहरीले समेत संरक्षण गर्ने गरेको सर्वसाधरण गुनासो गर्दै आएका छन् ।