
लमजुङ जिल्लाकै पुरानो र चर्चित क्लव त्रिवेणी युवाक्लवको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित हुुनुभएको छ ।
गत २ महिना अघि देखि स्थगित भएको क्लबको कार्यसमिति चयन प्रकृया आइतबार सम्पन्न भएपछि घिमिरे अध्यक्ष बन्नुभएको हो ।
अध्यक्षको लागि विनोद गुरुङ, टेकजगं गुरुङ र राजकुमार घिमिरेको उमेद्वारी परेको थियो ।
त्यस्तै उपाध्यक्षमा टेकजगं गुरुङ र खुशीजगं गुरुङ, सचिवमा प्रविण वाग्ले, र कोषाध्यक्षमा प्रकाश घले निर्वाचित हुनुभएको छ ।
यस अघि गत भदौ ३० गते भएको क्लवबको १२ औं अधिवेसनमा उपाध्यक्षका लागि खुशीजगं गुरुङ र केशबहादुर राना र कोषाध्यक्षको लागि प्रकाश घले र श्रीजगं गुरुङको उमेद्वारी परेको थियो भने सचिव पदको लागि कुनै पनि उमेदवारी परेको थिएन । मुख्य पदाधिकारीको पदमा नै कुरा नमिले पछि निर्वाचन प्रकृयालाई पछि सारिएको थियो ।
२ महिनाको कसरतमा पदाधिकारी चयन गरे पनि सदस्यहरु भने एक हप्ता भित्र छनोट सम्पन्न गर्ने त्रिवेणी युवाक्लवले जनाएको छ ।
क्लवले हरेक वर्ष आयोजना गर्ने चर्चित त्रिवेणी कप फुटवल प्रतियोगितामा जिल्ला देखि देशविदेशका खेलाडी समेत सहभागी हुने गर्छन् । त्रिवेणी युवा क्लव २०४९ सालमा स्थापना भएको थियो ।