जन्मदिनमा वृक्षरोपण अभियान मार्फत हराभरा सडक बनाउने चाहना छ : बस्नेत

-


     नयाँ दीप    
     श्रावण ३१ गते २०८० मा प्रकाशित


जन्मदिनमा वृक्षरोपण अभियान नेपालका अभियन्ता, गोविन्द बस्नेतले जन्मदिनमा वृक्षरोपण अभियान मार्फत बेसीशहर चण्डिस्थान नमुना सडक लाई सुन्दर सफा र हराभरा बनाउने आफ्नो चाहना रहेको व्यक्त गर्नुभएको हो ।

आज आफ्नो शुभ जन्मदिनको पावन अवसरमा सोहि सडकमा चाईनिज धुपि लगाएत ८ वटा फुलका विरुवा रोप्दै सो जानकारी गराउनुभएको हो । अभियान सुरुवात देखि आफ्नो शुभ जन्मदिनमा वृक्षरोपण गर्दै, आफ्नो परिवार र अरुलाई समेत अभियानमा लाग्न हौसला प्रदान गर्दै आउनुभएका बस्नेतले अभियान लाई सबै तरहले सहयोग गर्दै आउनुभएको छ ।

बेसीशहर ७ बाट बेसीशहर ६ सम्मको करिब २.५ किलोमिटर सडक दायाँबायाँ फुलका विरुवा रोपेर आकर्षण बनाउने उहाँको लक्ष्य छ । अघिल्लो जन्मदिनको अवसरमा बेसीशहर ६ चण्डीस्थानमा चौतारा निर्माण गरि वर र पिपल रोप्नुभएको छ । मानिस धर्ति अवतरणको शुभ दिनमा प्रकृति वातावरण संरक्षणमा योगदान हुने गरि न्युनतम एउटा भने पनि वृक्षरोपण गरौं उहाँको अनुरोध छ । बस्नेत बेसीशहर नगरपालिका वडा नं ७ का पुर्ब अध्यक्ष एबं एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य समेत हुनुहुन्छ ।

प्रकृतिको संरक्षण स्वच्छ वातावरण र असल संस्कार लाई प्रोत्साहन “ जन्मदिनमा वृक्षरोपण अभियान “ लमजुङ बाट २०७५ साल मंसिर २९ गते सुरुवात भएको हो ।