रोट्ट्रयाक्ट क्लब अफ लमजुङको १७ औं पदस्थापन कार्यक्रम सम्पन्न

-


     नयाँ दीप    
     श्रावण २८ गते २०८० मा प्रकाशित


रोट्ट्रयाक्ट क्लब अफ लमजुङको १७ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम बेसीशहरमा आयोजना गरिएको कार्यक्रममा सुन्दरवजार नगरपालिकाका प्रमुख कृष्पणप्रसाद कोइराला प्रमुख अतिथि रहनुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदँै प्रमुख अथिती कोइरालाले युवाहहरुको देश विकासमा महत्वपूर्ण भूमिका रहने भन्दै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

पदस्थापन कार्यक्रममा रोट्ट्रयाक्ट क्लब अफ लमजुङका १६ औं अध्यक्ष मिलन कमलीले १७ औं अध्यक्ष रोसन खतिवडालाई आफ्नो पदभार हस्तान्तरण गर्नुभएको छ । त्यस्तै क्लवका पूर्व सचिव सुदिप पौडेलले सचिव सुस्मा गुरुङलाई संस्थाका फाइल बुझाउनुभएको थियो ।

सो कार्यक्रममा रोट्ट्रयाक्ट क्लब अफ लमजुङका पूर्व अध्यक्षहरु सन्देश पौेडेल, प्रविण वाग्ले, झमप्रसाद गुरुङ, मिलन गुरुङ, त्यस्तैगरी रोट्ट्रयाक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष विशाल श्रेष्ठ, गोर्खाका अध्यक्ष सुस्मीता लौडारी, बज्रमनास्लुका अध्यक्ष सन्दिप बयलकोटी, भानुका अध्यक्ष राजिव राउत, दमौलीका सेक्रेटरी दिनेश पौडेल,रोटरी क्लब अफ लमजुङका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको संस्थाका मूकेश कुँवरले बताउनुभयो ।