दोर्दीका सबै सरकारी कार्यालयमा निशुल्क विद्युतीय चुलो वितरण

-


     नयाँ दीप    
     श्रावण २५ गते २०८० मा प्रकाशित


लमजुङको दोर्दी गाउँपालिकाका सबै सरकारी कार्यलयमाा विद्युतिय चुलो वितरण गरिएको छ । दोर्दी गाउँपालिकामा उत्पादित विद्युत् दोर्दीमै खपत गर्ने उद्देश्यले पहिलो चरणमा गाउँपालिकामा रहेका सबै सरकारी कार्यालयमा विद्युतीय चुलो निशुल्क वितरण गरिएको हो ।

विहिबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्षले विद्युतिय चुलो वितरण गर्नुभएको छ । पहिलो चरणमा पालिका भित्र रहेका स्वास्थ्य चौकी, प्रहरी कार्यलय, वडा कार्यलय, विद्यालय लगायतका ७४ वटा सरकारी कार्यालयको लागि विद्युतीय चुलो बितरण गरिएको छ ।

दोर्दी गाउँपालिकाले पालिका भित्र निर्माण भएका हाइड्रो पावरको विद्युत् पालिकामा नै प्रयोग गर्ने उद्धेश्यले प्रतिगोटा १० हजार ७ सय पर्ने दुई मुखे विद्युतिय चुलो वितरण गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । यसको प्रयोगले बातावरणिय प्रभाव राम्रो हुने, बनजङगंल फडानी कम हुने तथा बाहिरबाट ल्याउनु पर्ने ग्यासको भर पर्नु नपर्ने साथै यस चुलोको प्रयोगले स्वास्थ्यमा समेत कुनै असर नगर्ने कार्यक्रमका बताइएको थियो । ग्यासको प्रयोगको तुलनामा विद्युतिय चुलो प्रयोग खर्च आधा घट्ने बताइएको छ ।

दोर्दी गाउँपालिकामा मात्रै ६ वटा जलविद्युत परियोजना निर्माण सम्पन्न १ सय २४ मेगावट विद्युत उत्पादन हुदँै आएको छ । उत्पादित सबै विद्युत राष्ट्रिय प्रसारण लाईनमा जोडिएको छ । दोर्दी गाउँपालिकामा सबैले विद्युतिय चुलोको प्रयोग गरेमा जम्मा ३÷४ मेगावट विद्युतले नै पर्याप्त पुग्ने बताइएको छ । पछिल्लो चरणमा पालिकाभित्र बसोबास गर्ने सबैलाई केहि प्रतिशत अनुदान छुटमा विद्युतिय चुलो वितरण गर्ने योजना रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

दोर्दी गाउँपालिका भित्र नेपाल विद्युत प्राधिकरण (ल्भ्ब्० बाट २ करोड ५० लाखको टेन्डरमा कालो तार थ्री फेज लाइन बिस्तार एवं २५, ५० र १०० को पालिकाभित्र १२ वटा ट्रान्सर्फमर राख्ने काम भैराखेको बताइएकोे छ ।