
नेपाल पब्लिक क्याम्पस संघ गण्डकी अध्यक्षमा ऋषिराम बुढाथोकी निर्वाचित भएका छन् । उनी जनप्रकाश वहुमुखी क्याम्पस प्रमुख हुन् ।
पोखरामा शनिबार भएको अधिवेशनबाट निवर्तमान अध्यक्षमा मोहप्रसाद हड्खले, उपाध्यक्ष महेन्द्रप्रसाद पोखरेल, गोरखबहादुर जिसी र मुनादेवी लम्साल निर्वाचित बने । सचिवमा दीपेन्द्र पौडेल, सहसचिव विजय शर्मा, कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठ र सदस्यमा देवीप्रसाद सुवेदी, युवराज पाठक, हरिप्रसाद सुवेदी, निराजनप्रसाद चौधरी, एकनारायण भट्टराई, झमनबहादुर थापा, फूलकुमारी शर्मा, मञ्जु पनेरु र महेन्द्रराज अधिकारी निर्वाचित भएका छन् ।
संघको उद्घाटन सत्रमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका पब्लिक क्याम्पसहरुलाई मर्जर प्रक्रियामा जान सुझाव दिए । थोरै विद्यार्थी संख्या, ठूलो लगानी भएको अवस्थामा पब्लिक क्याम्पसहरु गाभिँदा लगानी अनुसारको प्रतिफल आउन सहज हुने उनको ठम्याइ छ ।
गण्डकी सरकारले चालु वर्ष सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने नीति बनाएको उल्लेख गरे । ‘सामुदायिक क्याम्पसँग प्रदेश सरकार’ कार्यक्रमका लागि प्रदेशले १ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा यो रकम दोब्बर पार्ने उनले उल्लेख गरे ।