१९ वर्ष पछि पुनः त्रिवेणी कप उचाल्दै लालीगुराँस युवा क्लव

-


     भरत बाबु घिमिरे     
     पौष २१ गते २०८० मा प्रकाशित


लमजुङको सदरमुकाम बेसीशहरमा जारी ३१ औं त्रिवेणी कप राष्ट्रब्यापी खुला नकआउट फुटबल प्रतियोगिताको उपाधी लालीगुराँस युवा क्लब भुजुङले उचालेको छ ।

शनिबार सदरमुकाम बेसीशहरको सहजी रगंशालामा १० औं हजार दर्शकको उपस्थितीमा भएको निकै प्रतिप्रर्धात्मक खेलमा बेसीशहर युथ सोसाइटीलाई शुन्यका विरुद्ध १ गोलले पछी पार्दै लाली गुराँस युवाक्लव भुजुङले त्रिवेणी कपको उपाधीको साथमा नगद रु ८ लाख प्राप्त गरेको छ । भुजुङले पहिलो पटक ०६१ मा त्रिवेणी कप उपाधी प्राप्त गरेको थियो ।

बेसीशहर युथ सोसाइटीले भने उपविजेतामा चित्त बुझाउँदै नगद ४ लाख रुपैँया प्राप्त गरेको छ । लालीगुराँसले खेल अबधिभर आफ्नो दवाव कायम राखेपनि पहिलो हाफमा कुनै तर्फबाट गोल नभई खेल बराबरी रह्यो । निकै रोमाञ्चक खेलको दास्रो हाफको १५ मिनेटमा बेसीसहर युथ सोसाईटीका जर्सी नम्बर २५ का बिदेशी खेलाडी एन्ड्रियास नियाले आफ्नै पोस्टमा गोल गर्दा लालीगुराँस युवा क्लब उपाधीको दावेदार बनेको हो ।

सेमीफाइनलमा पराजित लाङ्दीदेवी युवा क्लब नाल्मा र अविषेक चर्ज रजहर चितवनले नगद १⁄१ लाख पुरस्कार पाएका छन् । सर्वोकृष्ट खेलाडी बेसीसहर युथ सोसाईटीका लक्षु थापा र सर्वाधिक गोलकर्ता सुन्दरबजार युवा क्लबका अरोन थापाले नगद २०⁄२० हजार पाए भने फाईनल खेलको म्यान अफ दि म्याच लालीगुराँस युवा क्लबका सुदिप गुरूङ नगद रु १० हजार प्राप्त गरेका छन् ।

विजेतालाई कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, प्रदेशसभा सदस्य भेषबहादुर पौडेल, बेसीसहर नगरपालिकाका मेयर गुमानसिँह अर्याल, त्रिवेणी क्लबका अध्यक्ष राजकुमार घिमिरे लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रमुख अथिती मुख्य मन्त्री पाण्डेले ग्रामिण भेगमा फुटवल हेर्न लागि पनि यति धेरै दर्शकको उपस्थित भएकोमा अचम्बित बनाएको भन्दै प्रदेश सरकारले फुटबल मैदान निर्माणको लागि सक्दो सहयोग गर्ने बताउनुभयो । स्थानीय निकायले जग्गाको व्यवस्था गरेमा प्रदेश सरकारले अन्य व्यस्थीत रुपमा मैदान निर्माणको लागि सहयोग गर्ने बताउनुभयो ।

सो अवसरमा राष्ट्रिय खेलाडि सावित्रा भण्डारीलाई सम्मान गरिएको थियो । त्यस्तै बेसीशहर ३ का युवा किरण अधिकारीले आफैँले निर्माण गरेका ड्रोनबाट मुख्यमन्त्री लगायतका अथितीहरुलाई फूलको वर्षा गराई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङ, टिका बस्याल, संविधान सभाका सदस्य जमिन्द्रमान घले, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश पाण्डे, सुन्दरबजार न.पाका प्रमुख कृष्णप्रसाद कोइराला, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

२०४९ सालमा स्थापना भएको त्रिवेणी कपको ३१ औं संस्करणमा विभागीय टिम त्रिभुवन आर्मी, महेन्द्र पुलिस क्लबसहित देशका विभिन्न ठाउँका २० टिमको सहभागिता थियो ।