समाचार

लमजुङका समस्या बुझ्न सांसद केसीको सक्रियता

लमजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धर्म केसीले जिल्लाको सदरमुकाम बेसीशहरमा पुगेर विभिन्न क्षेत्रका समस्या, आवश्यकता र समाधानका उपायबारे सरोकारवालासँग छलफल गरेका छन्। जिल्लाको समग्र विकास, सेवा प्रवाहको प्रभावकारिता तथा खेलकुद पूर्वाधारको सुधारका विषयमा सांसद केसीले प्रत्यक्ष अवलोकन तथा परामर्श गरेका हुन्। यसक्रममा सांसद केसीले प्रदेश अस्पताल लमजुङको अवलोकन गर्दै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। शिशिर देवकोटासँग भेटघाट गरेका थिए। उनले अस्पतालका विभिन्न शाखा तथा सेवा प्रवाहको अवस्थाबारे जानकारी लिँदै प्रशासनिक व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर सुधारका विषयमा चासो व्यक्त गरे। भेटका… पुरा पढौ

वृक्षरोपण अभियानलाई रोटरी क्लबको साथ

जन्मदिनमा वृक्षरोपण अभियान नेपाललाई रोटरी क्लब लमजुङले साथ दिने भएको छ। २०८३ साउन ७ गते रोटरी क्लब लमजुङका संस्थापक सदस्य, लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा आदिवासी जनजाति महासंघ लमजुङका अध्यक्ष रामकुमार श्रेष्ठको शुभ जन्मदिनको अवसरमा आदिवासी जनजाति महासंघ लमजुङको भवन परिसरमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा क्लबले अब आफ्ना प्रत्येक सदस्यको जन्मदिन वृक्षरोपण गरेर मनाउने निर्णय गरेको छ। आफ्नो जन्मदिनमा वृक्षरोपण गर्दै संस्थापक सदस्य श्रेष्ठले अबदेखि प्रत्येक जन्मदिन फजुल खर्च र तडकभडक नगरी प्रकृति तथा वातावरण संरक्षणमा… पुरा पढौ

असार महिनाको उत्कृष्ट कर्मचारीमा दिननाथ अधिकारी

जिल्ला प्रशासन कार्यालय लमजुङले प्रमुख जिल्ला अधिकारीको सचिवालयमा कार्यरत खरिदार दिननाथ अधिकारीलाई २०८३ साल असार महिनाको ‘उत्कृष्ट कर्मचारी घोषणा गर्दै प्रशंसा–पत्र प्रदान गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीमध्ये कार्यसम्पादन, अनुशासन, जिम्मेवारीबोध, समयपालना तथा सेवा प्रवाहमा देखाएको उत्कृष्ट योगदानका आधारमा अधिकारी उत्कृष्ट कर्मचारीका रूपमा छनोट भएका हुन्। उनलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालले बिहीबार प्रशंसा–पत्रसहित सम्मान गर्नुभयो। पर्वत जिल्ला फलेवास नगरपालिका–३ स्थायी घर भएका अधिकारी २०८० साउन ७ गतेदेखि जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत छन्। उनले फ्रन्ट डेस्कमा रही सेवाग्राहीलाई प्रभावकारी सेवा… पुरा पढौ

विश्व नवनिर्माण र शान्तिका लागि ऐतिहासिक दिन

ऐतिहासिक दिन २०७५ मंसिर २९ (१५ डिसेम्बर २०१८) मा "जन्मदिनमा वृक्षरोपण अभियान नेपाल" को शुभारम्भ भयो। यस अभियानको मूल उद्देश्य मानिसको पृथ्वीमा अवतरण भएको दिन अर्थात् शुभ जन्मदिनलाई प्रकृतिसँग, सत्कर्मसँग र पुण्यकर्मसँग जोड्दै प्रत्येक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तीमा एउटा बिरुवा रोप्ने संस्कार स्थापित गर्नु हो। अभियानले प्रकृतिको दोहनलाई निरुत्साहित गर्दै हराभरा वातावरण, स्वच्छ जल, स्वच्छ जमिन र स्वच्छ वायुमण्डल निर्माण गर्ने लक्ष्य लिएको छ। बढ्दो प्रदूषण न्यूनीकरण, पृथ्वीको तापक्रम घटाउने प्रयास, प्राणीमैत्री वातावरण निर्माण तथा पवित्र विचार, असल कर्म र… पुरा पढौ

आजबाट मनसुन थप सक्रिय हुँदै, लमजुङका जोखिमपूर्ण सडकमा रात्रिकालीन यातायात बन्द

मनसुन प्रणाली थप सक्रिय भएसँगै बाढी तथा पहिरोको जोखिम बढेपछि लमजुङका जोखिमपूर्ण सडक खण्डमा रात्रिकालीन सवारी आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्ला सुरक्षा समिति लमजुङको निर्णयअनुसार जोखिमयुक्त सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। अविरल वर्षाका कारण पहिरो खस्ने, सडक अवरुद्ध हुने र यात्रुहरू बीच बाटोमै अलपत्र पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको हो। जल तथा मौसम विज्ञान विभागले आज साउन २ गते देखि ५ गते सम्म मनसुन थप सक्रिय हुने… पुरा पढौ

वर्षे बिदा र बाल्यकाल

उबेला वर्षे बिदाको महत्व छुट्टै हुन्थ्यो, जुन आज पनि स्मृतिमा ताजै रहेको छ। जेठको अन्तिमतिर परीक्षा सकिएलगत्तै असारदेखि साउनको अन्त्यसम्म गरी करिब दुई महिना लामो वर्षे बिदा हुन्थ्यो। भदौ १ गतेबाट मात्र विद्यालय खुल्थ्यो। बिदा सुरु भएलगत्तै सुरु हुन्थ्यो हाम्रो दुई महिनाको वर्षे बिदाको दिनचर्या। ग्रामीण परिवेश र कृषि नै मुख्य आयस्रोत भएकाले असार र साउनलाई विशेष महत्व दिइन्थ्यो। माना रोपेर मुरी उब्जाउने बेला भएकाले बालकदेखि वृद्धसम्म सबैका आ–आफ्नै कार्य विभाजन हुन्थे। घरभन्दा पल्लो गाउँमा रहेको सरस्वती मिलन प्राथमिक विद्यालयमा… पुरा पढौ

दुर्घटनामा परेका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान

लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ जल्केनीमा शनिबार गाउँपालिकाको बोलेरो जिप दुर्घटनामा परी घाइते भएका मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ थप उपचारका लागि काठमाडौं प्रस्थान गरेका छन्। दुर्घटनापछि अध्यक्ष गुरुङलाई तत्काल प्रदेश अस्पताल, लमजुङ लगेर उपचार गरिएको थियो। चिकित्सकीय परीक्षणका क्रममा उनको ढाड र टाउकोमा सामान्य चोट तथा दुखाइ देखिएपछि थप उपचारका लागि शनिबार दिउँसो काठमाडौं प्रस्थान गरेका हुन्। शनिबार बिहान करिब ११ः२५ बजे बेसीशहर–चामे सडकखण्डअन्तर्गत जल्केनीमा गाउँपालिकाको ग १ झ ३३१ नम्बरको बोलेरो जिप सडकबाट करिब ४० मिटर तल मर्स्याङ्दी नदी किनारतर्फ… पुरा पढौ

आज साउने सङ्क्रान्ति: परम्परा, प्रकृति र संस्कृतिको संगम

नेपाली समाजमा धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको साउने सङ्क्रान्ति आज देशभर विभिन्न परम्पराअनुसार मनाइँदै छ। सौरमासअनुसार साउन महिनाको पहिलो दिनलाई साउने वा कर्कट सङ्क्रान्ति भनिन्छ। यस दिनदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने र दक्षिणायन सुरु हुने धार्मिक मान्यता रहेको छ। साउने सङ्क्रान्तिसँगै नेपाली समाजमा साउन महिनाभर मनाइने धार्मिक तथा सांस्कृतिक गतिविधिको सुरुआत हुन्छ। विशेषगरी शिवभक्तहरूले सोमबार व्रत बस्ने, शिवालयमा पूजा गर्ने, महिलाहरूले हरिया चुरा, पोते र मेहेन्दी लगाउने परम्परा यसै महिनादेखि सुरु हुन्छ। कृषिप्रधान नेपालमा असारभर धान रोपाइँमा व्यस्त… पुरा पढौ

राष्ट्रिय झण्डाका परिकल्पनाकार श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना

नेपालको राष्ट्रिय झण्डाका परिकल्पनाकार तथा लमजुङको इतिहासमा विशिष्ट योगदान पु¥याएका राष्ट्रिय व्यक्तित्व श्री ३ कुश्माखर उपाध्याय घिमिरेको पूर्णकदको शालिक स्थापना गरिएको छ । लमजुङको बेसीशहर नगरपालिका–३ रानीकुवामा शुक्रबार विधीपूर्वक पुजाआजा गरी स्थापना गरिएको होे । श्री ३ कुश्माखर उपाध्याय घिमिरे राष्ट्रिय प्रतिष्ठान, लमजुङको पहलमा निर्माण गरिएको शालिक साउन १ गते स्थापना गरिएको हो। शालिक निर्माण तथा स्थापनाका लागि गण्डकी प्रदेश सरकारबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको प्रतिष्ठानले जनाएको छ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष श्रीकान्त घिमिरेले शालिक स्थापना गर्नुको उद्देश्य इतिहासमा… पुरा पढौ

सुनको लोभमा मिल्ने साथीको हत्या, मुख्य अभियुक्त पक्राउ, बिलबिनाको सुन किन्ने व्यवसायी पनि नियन्त्रणमा

लमजुङको बेसीशहर नगरपालिका– १ स्थित आकाशेडाँडामाथिको भिरपानी सामुदायिक वनमा मृत फेला परेका ५७ वर्षीय बुद्धिबहादुर बोहोराको हत्या गरी सुनका गहना लुट्ने घटनाका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी घटनाबारे जानकारी दिएको हो। कार्यक्रममा प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले अनुसन्धानका क्रममा बोहोराको हत्या सुनका गहना लुट्ने उद्देश्यले गरिएको खुलासा भएको जानकारी दिनुभयो। प्रहरीका अनुसार बेसीशहर ८ दनाईफाँटमा बसोबास गर्दै आएका बुद्धिबहादुर बोहरा गत असार २२ गते हराएका थिए भने… पुरा पढौ