राष्ट्रिय

लमजुङमा चक्कु प्रहार गरी बाबुको हत्या

लमजुङमा घरायसी विषयमा विवाद हुँदा छोराले धारिलो हतियार चक्कु प्रहार गरी बाबुको हत्या गरेका छन् । जिल्लाको क्व्होलासोथार गाउँपालिका मा हतियार वडा नं ९ टक्सार स्थित गत असोज १० गते दिउँसो २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका हुन् । आफ्नै छोराको चक्कु प्रहारद्वारा गम्भीर घाइते भएका दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ बिज्ञान प्रतिष्ठान पोखरामा उचार गरिएको थियोे । गम्भीर घाइते भएका दिलबहादुरको उपचारका क्रममा गत शनिबार मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । प्रहरीले… पुरा पढौ

विभिन्न माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा, शुक्रबार देखि कामकाज ठप्प

लमजुङ – तीनै तहका कर्मचारीहरूको समान वृत्ति विकासको माग गर्दै लमजुङका स्थानीय तहका कर्मचारीहरुले शुक्रबार पेन डाउन गरेका छन् । निजामतीको परिभाषा भित्र स्थानीय तहका कर्मचारी समेत समेटिनुपर्ने लगायत विभिन्न माग राख्दै लमजुङका ८ स्थानीय तह कर्मचारीले शुक्रबार ‘पेन डाउन’ गरेर बिरोध जनाएका हुन् । कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, कल्याणकारी कोष अनिर्वाय र विज्ञापनमा उमेर हद नलाग्ने व्यवस्था गर्न, संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, स्थानीय तहमा वैज्ञानिक… पुरा पढौ

एमाले गण्डकी अध्यक्षमा नवराज शर्मा प्यानल सहित विजयी

पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई १६६ मतले पछि पारे । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो भने केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको… पुरा पढौ

एमालेको गण्डकी प्रदेश अधिवेशन लमजुङका ५ जना निविरोध निर्वाचित,

पोखरा । नेकपा (एमाले) को गण्डकी प्रदेश अधिवेशनमा लमजुङ जिल्लाबाट ५ जना निर्विरोध निर्वाचित भएका छन् ।प्रदेश अधिवेशनमा जिल्ला भूगोल(पुरुष) तर्फ प्रेम बहादुर घले र फूलबहादुरा थापा, महिलातर्फ लक्ष्मी अधिकारी र विष्णुमाया राना तथा दलितबाट ननदराम वि.क. निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनमा अध्यक्ष पदको लागि लमजुङका मायानाथ अधिकारी र म्याग्दीका नवराज शर्मा प्रतिश्पर्धा गर्दैछन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । यस्तै उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको… पुरा पढौ

बझाङ केन्द्रबिन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गयो

बझाङको चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो । भूकम्पका कारण बझाङमा केही घर भत्किएका छन् । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो ३ बजेर ६ मिनेटमा बझाङ चैरपुर आसपास केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको हो । यस अघि २ बजेर ४० मिनेटरमा बझाङकै केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको थियो।सुदूरपहाडसहित पश्चिम नेपालका अन्य विभिन्न जिल्ला र राजधानी काठमाडौंमा… पुरा पढौ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, ग्याँसमै प्रतिसिलिण्डर २१५ रूपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातीबाट लागू हुने गरी मूल्यबृद्धि गरेको हो । मूल्यबृद्धिसंगै खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर २१५ रुपैयाँ बढेको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १ सय १५ रुपैयाँ पुगेको छ । निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ मूल्य बढाएको छ । पेट्रोलको मूल्य… पुरा पढौ

आजबाट सोह्र श्राद्ध सुरु

यसपालिको सोह्र श्राद्ध सुरु भएको छ । पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध शनिबारबाट सुरु भएको छ ।पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ । एकोद्दिष्ट श्राद्ध, आभ्युदयिक श्राद्ध, तीर्थ श्राद्ध, पुष्टि श्राद्ध, यात्रा श्राद्ध, काम्य श्राद्धसँगै सोह्र श्राद्ध या पार्वण श्राद्ध नेपाली समाजमा प्रचलित छ । पितृपक्षमा मांसाहारीहरू पनि शुद्ध शाकाहारी भोजनमा रहेर आफ्ना पितृलाई फलफूल, दूध, नैवेद्य आदिले पूजा गर्दछन् । साथै ज्वाइँ, भानिज, नाति, नातिना र ब्राह्मण वर्गलाई भोजन… पुरा पढौ

अबको केही दिन मौसम बदली र भारी वर्षाको सम्भावना

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

आन्दोलनरत शिक्षक र सरकारबीच पाँचबुदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । आन्दोलनरत शिक्षकहरु र सरकारबीच पाँचबुदे सहमति भए पछि असन्तुष्ट शिक्षकहरुको सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, अस्थायी, करार, बाल विकास शिक्षक कर्मचारी लगायतसँग सरकारले पाँचबुदे सहमति गरेको हो । सरकार र असन्तुष्ट शिक्षकहरुबीच प्रारम्भीक बाल शिक्षामा कार्यरत बाल सहजकर्ताको हकमा दरबन्दी कायम गर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुने अवसर दिइने, आन्तरिकको शत प्रतिशतको व्यवस्था गरिने, राष्ट्रिय मापदण्ड तय गरी सार्वजनिक विद्यालयमा कर्मचारीको दरबन्दी कायम गरिने… पुरा पढौ

ठगी आरोपमा अभिनेता अनमोल केसी पक्राउ

काठमाडौँ — अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ गरेको हो । उनलाई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो । कार्यालयका प्रहरीका अनुसार उनलाई भक्तपुरको साँगा क्षेत्रबाट पक्राउ गरिएको हो । उनलाई १० लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो । त्यसको अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए ।… पुरा पढौ