गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा

-


     नयाँ दीप    
     वैशाख २३ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । आज बसेको प्रदेश सभा बैठकमा सभामुख कृष्णप्रसाद धितालले ३० जना सांसदको समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा आज ५७ जना सांसद उपस्थित थिए । मुख्यमन्त्रीको पक्षमा ३० जना सांसदले मतदान गरेका हुन् । बहुमतका लागि ३१ जना सांसद हुनुपर्ने भए पनि सभामुख धितालले सर्वाेच्चको अदालतको आदेशअनुसार भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मतको विपक्षमा २७ मत परेको छ भने दुई जना सांसद तटस्थ बसेका छन् । तर कांग्रेसले भने सभामुखले संविधान विपरीत काम गरेको भन्दै नाराबाजी गरेको छ ।