राष्ट्रिय

अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा लक्ष्मीप्रसाद मिश्र दोहोरो सम्मानित

लमजुङको सुन्दरबजार नगरपालिका–७, पाउदी निवासी साहित्यकार लक्ष्मीप्रसाद मिश्र अन्तर्राष्ट्रिय साहित्यिक कार्यक्रममा दोहोरो सम्मानबाट सम्मानित हुनुभएको छ। चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको आयोजनामा दाङको लमहीमा असार २६ र २७ गते सम्पन्न नेपाल–भारत अन्तर्राष्ट्रिय चारु महोत्सव, प्रतिष्ठानको आठौँ वार्षिकोत्सव तथा २१३ औँ भानु जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मिश्र सम्मानित हुनुभएको हो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षता तथा लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल–भारतका सात वटा चारु… पुरा पढौ

जन्मोत्सवमा ‘आमा’ पुस्तक विमोचन

पूर्व राष्ट्रसेवक तथा नागरिक संघ नेपालका केन्द्रीय अध्यक्ष चेतबहादुर रावल ‘प्रविन’ को जन्मोत्सवको अवसरमा उहाँद्वारा लिखित ‘आमा’ पुस्तकको विशेष समारोहका बीच विमोचन गरिएको छ। पोखरामा भएको पुस्तकको विमोचन कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार संयोजक सोमलाल कँडेल र तुलसी कँडेल ले संयुक्त रूपमा गर्नुभएको थियो। उहाँहरूले पुस्तकले मातृत्व, पारिवारिक मूल्य र समाजप्रतिको उत्तरदायित्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको उल्लेख गर्दै लेखक रावललाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो। सोही अवसरमा संघका संरक्षक शिवप्रसाद न्यौपाने, वरिष्ठ उपाध्यक्ष गंगा हमालपुरी, प्रथम उपाध्यक्ष रामचन्द्र पराजुली, द्वितीय… पुरा पढौ

५ दिनदेखि हराइरहेका बुद्धिबहादुर बोहरा मृत फेला

लमजुङ सदरमुकाम बेसीशहरबाट ५ दिनदेखि हराइरहेका ५७ वर्षीय बुद्धिबहादुर बोहरा मृत भेटिएका छन् । उनका शव बिहीबार बिहान साढे ८ बजेतिर बेसीशहर नगरपालिका १, गाइखुरे झरना नजिकै आकाशे डाँडा माथिको भीरपानी पाखो जंगलमा फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले जंगलमा शव भेटेको जानकारीपछि प्रहरी घटनास्थल पुगेको र शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।घटनास्थल पुगेको प्रहरीले आवश्यक मुचुल्का उठाएर शव परीक्षणका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।… पुरा पढौ

दोर्दी गाउँपालिकाद्वारा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ कर्मचारी सम्मानित

लमजुङको दोर्दी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गर्दै उत्कृष्ट कार्यसम्पादन गरेका ६ जना कर्मचारीलाई सम्मान गरेको छ। गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन उल्लेखनीय योगदान पुर्‍याएका कर्मचारीहरूको कार्यको उच्च मूल्याङ्कन गर्दै सम्मान गरेको जनाएको छ। सम्मानित हुने कर्मचारीहरूमा लेखा अधिकृत ताराचन्द्र ढकाल, सूचना प्रविधि अधिकृत रञ्जित श्रेष्ठ, नायब प्रशासन सहायक श्यामसुन्दर प्रसाद पटेल, खानेपानी तथा सरसफाइ टेक्निसियन रकेट बुढा, अनमी मनमाया रावत तथा कार्यालय सहयोगी आइतबहादुर गुरुङ रहनुभएको छ। बुधबार आयोजित कार्यक्रममा… पुरा पढौ

‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानमा १३ उत्कृष्ट कृषक सम्मानित

कृषकलाई उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने उद्देश्यले लमजुङको बेसीशहर नगरपालिकाले ‘उत्पादन हातमा, अनुदान साथमा’ अभियानअन्तर्गत उत्कृष्ट उत्पादन गर्ने १३ जना कृषकलाई करिब २ लाख रुपैयाँ बराबरको उत्पादनमा आधारित प्रोत्साहन अनुदान वितरण गरेको छ। बुधबार नगर प्रमुख गुमान सिंह अर्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा बाली तथा मह उत्पादनमा उत्कृष्ट नतिजा हासिल गरेका कृषकहरूलाई सम्मानसहित प्रोत्साहन अनुदान प्रदान गरिएको हो। बाली उत्पादनतर्फ वडा नं ११ का सिताराम विश्वकर्मा सर्वोत्कृष्ट हुँदै रु.७८ हजार १२९ प्रोत्साहन अनुदान प्राप्त गर्नुभयो। त्यसैगरी मह उत्पादनतर्फ वडा नं ४… पुरा पढौ

बाढी–पहिरोको जोखिम बढ्दै, मर्स्याङ्दी गाउँपालिकाले जारी गर्‍यो सतर्कता अपिल

लगातारको वर्षासँगै मनसुन सक्रिय बनेपछि बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्न थालेको भन्दै लमजुङको मर्स्याङ्दी गाउँपालिकाले सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। गाउँपालिकाले बुधबार सार्वजनिक गरेको अपिलमा विगतका वर्षहरूमा बाढी–पहिरोका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको स्मरण गराउँदै यस वर्ष पनि निरन्तर वर्षाका कारण जोखिम बढ्न सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन अनुरोध गरेको हो। अपिलमा मौसम तथा विपद्सम्बन्धी पूर्वसूचना र पूर्वानुमानलाई गम्भीरतापूर्वक पालना गर्न, अनावश्यक रूपमा जोखिमयुक्त स्थानमा नजान तथा आफ्नो टोल–बस्तीमा निरन्तर सतर्क रहन… पुरा पढौ

२१ औँ गाउँसभाबाट ६८ करोड ८७ लाखको बजेट पारित, ‘हाम्रो मर्स्याङ्दी’ स्थानीय पाठ्यपुस्तक विमोचन

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा आर्थिक वर्ष २०८३र०८४ को नीति तथा कार्यक्रम तथा बजेट पारित गर्दै भव्य रूपमा सम्पन्न भएको छ। ‘समृद्ध, आधुनिक, हराभरा मर्स्याङ्दी गाउँपालिकाको आधार कला, संस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने मूल नारासहित सम्पन्न गाउँसभाले आगामी आर्थिक वर्षका लागि रु। ६८ करोड ८७ लाख १८ हजार ५ सय बराबरको बजेट सर्वसम्मत रूपमा पारित गरेको हो। गाउँसभाले बजेटसँगै विभिन्न महत्त्वपूर्ण विधेयक तथा प्रस्तावहरू पनि सर्वसम्मत रूपमा पारित गरेको छ। पारित भएका विधेयकमध्ये विज्ञापन व्यवस्थापन तथा नियमन… पुरा पढौ

एक महिनाभित्र फोहर व्यवस्थापन नगरे गाडी रोक्ने चेतावनी

लमजुङको बेँसीसहरस्थित कर्पुरेश्वर टोल विकास समितिले फोहोर व्यवस्थापनमा बेँसीसहर नगरपालिकाले ठोस पहल नगरे साउन २१ गतेपछि फोहोर बोकेका गाडी सञ्चालनमा रोक लगाउने चेतावनी दिएको छ। समितिका संयोजक लोकबहादुर गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले साउन २१ गतेभित्र फोहोरको उचित व्यवस्थापन गर्न नगरपालिकालाई आग्रह गर्दै सो अवधिसम्म पनि समस्या समाधान नभए कर्पुरेश्वर–दनैफाँट क्षेत्रबाट तल नगरपालिका क्षेत्रको फोहोर बोकेका सवारीसाधनलाई प्रवेश गर्न नदिने निर्णय गरेको हो। समितिका अनुसार बेँसीसहर नगरपालिका–८ अन्तर्गत मर्स्याङ्दी नदी किनारमा लामो समयदेखि अव्यवस्थित रूपमा फोहोर फालिँदै आएको छ। यसले… पुरा पढौ

लमजुङ जिल्ला अदालतको ऐतिहासिक उपलब्धि: १०५.७ प्रतिशत मुद्दा फर्स्यौट

जिल्ला अदालत लमजुङले आर्थिक वर्ष २०८२\०८३ मा वार्षिक लक्ष्यभन्दा बढी अर्थात् १०५.७ प्रतिशत मुद्दा फर्स्यौट गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको जनाएको छ। वार्षिक लक्ष्य र प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाटमा जिल्ला न्यायाधीश शिशिरराज ढकालले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका ३४९ र चालु वर्षमा दर्ता भएका ६४५ गरी कुल ९९४ मुद्दामध्ये ७९० मुद्दा फर्स्यौट गरिएको जानकारी दिनुभयो । वार्षिक लक्ष्यअनुसार ७४७ मुद्दा फर्स्यौट गर्नुपर्नेमा लक्ष्यभन्दा बढी मुद्दा टुंग्याउँदै १०५.७ प्रतिशत प्रगति हासिल भएको ढकालले बताउनुभयो । संख्यात्मक हिसाबले पहिलोपटक… पुरा पढौ

नेपाल पत्रकार महासंघ लमजुङको १७ औँ साधारणसभाबाट ६ बुँदे घोषणापत्र जारी

नेपाल पत्रकार महासंघ लमजुङ शाखाको १७ औँ साधारणसभाको बन्दसत्रले संस्थागत तथा आर्थिक प्रतिवेदन पारित गर्दै ६ बुँदे घोषणापत्र जारी गरेको छ। सुन्दरबजार नगपालिकाकामा भएको कार्यक्रममा महासंघका अध्यक्ष सन्देश पौडेलले प्रस्तुत गरेको संस्थागत प्रतिवेदन र कोषाध्यक्ष निरज अधिकारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको हो। साधारणसभाले जारी गरेको घोषणापत्रमा सञ्चारकर्मीको हक–हित, पेशागत सुरक्षा, उचित पारिश्रमिक र स्वास्थ्य बीमाका विषयमा संस्थागत रूपमा निरन्तर काम गर्ने, नयाँ पत्रकार उत्पादन तथा क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, भ्रष्टाचार, ढिलासुस्ती, अनियमितता,… पुरा पढौ