राष्ट्रिय

चाडपर्वमा कालोबजारी र गैरकानुनी गतिविधि नगर्न लमजुङ प्रशासनको आग्रह

दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले कालोबजारी, ठगी, जुवातास र शान्ति सुरक्षामा असर पार्ने गतिविधि नगर्न जिल्लावासीलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै चाडपर्वका समयमा हुन सक्ने सुरक्षा जोखिमलाई ध्यानमा राखी जिल्ला सुरक्षा समितिले जिल्लाको सुरक्षा व्यवस्था मजबुत बनाएको जनाएको छ। प्रशासनले सामाजिक सद्भाव कायम राख्दै सुरक्षित र शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन सम्पूर्ण जिल्लावासीलाई अनुरोध गरेको छ। प्रशासनका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने, वस्तु तथा सेवाको मूल्य बढाउने, म्याद गुज्रिएका र अखाद्य वस्तु बिक्री… पुरा पढौ

यस वर्ष ११ दिनको दशैँ, कात्तिक ४ गते विजयादशमी

यस वर्ष अष्टमी तिथि दुई दिन परेकाले नवरात्र १० दिनको भएको छ भने घटस्थापनाको ११औँ दिन अर्थात् कात्तिक ४ गते विजयादशमी मनाइँदैछ। घटस्थापना असोज २५ गते गरिएको थियो। पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार अष्टमी तिथि दुई दिनसम्म रहेकाले दशैँ लम्बिएको हो। समितिले विजयादशमीको टीकाको साइत बिहान १०स्२६ बजे निर्धारण गरेको छ। टीका लगाउँदा लगाइदिने व्यक्ति पूर्व र लगाइमाग्ने व्यक्ति पश्चिम फर्किनुपर्ने बताइएको छ। नवरात्र देवी दुर्गाका नौ स्वरूपको पूजा–आराधना गर्ने पर्व हो। यस अवधिमा महाकाली, महालक्ष्मी र महासरस्वतीको उपासना गरिन्छ।… पुरा पढौ

लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइयो, दृष्टिविहीनको सुरक्षित आवागमनमा जोड

दृष्टिविहीन व्यक्तिको सुरक्षित आवागमन, अधिकार र आत्मसम्मान सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै लमजुङमा ६३औँ विश्व सेतो छडी सुरक्षा दिवस मनाइएको छ। मंगलबार भोटेओडारस्थित भक्ति नमुना माध्यमिक विद्यालयमा ट्राफिक सचेतनामूलक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो। कार्यक्रमअघि सुन्दरबजार नगरपालिका–९, सिउँडीबारदेखि डुम्रे–बेँसीसहर सडक हुँदै विद्यालय परिसरसम्म र्‍याली निकालिएको थियो। विभिन्न सन्देश लेखिएका प्लेकार्ड बोकेर दृष्टिविहीनहरूले करिब एक किलोमिटर दूरी पार गरेका थिए। नेपाल नेत्रहीन संघको समावेशी विकासका लागि कार्य परियोजनाको सहयोग तथा बेँसीसहर नगरपालिकासँगको सहकार्यमा लमजुङ नेत्रहीन संघले कार्यक्रम आयोजना गरेको हो। प्रत्येक… पुरा पढौ

जनसम्पर्क समितिबाट कांग्रेसका ७ केन्द्रीय सदस्य निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै सात जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचित हुनेमा दुई महिला र विभिन्न क्षेत्रबाट पाँच जना रहेका छन्। महिला समूहबाट सीता सापकोटा घिमिरे र चन्दा अधिकारी निर्वाचित भएका छन्। घिमिरेले ३ हजार ११३ मत प्राप्त गर्दा अधिकारीले २ हजार ८९६ मत प्राप्त गरिन्। महिला समूहका दुई पदका लागि पाँच जना उम्मेदवार प्रतिस्पर्धामा थिए। युरोप क्षेत्रबाट जितेन्द्रविक्रम शाही केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। उनले १ हजार ४१२ मत प्राप्त गरेका… पुरा पढौ

मर्स्याङ्दीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु, ५६ किसानलाई प्रोत्साहन

लमजुङ। मर्स्याङ्दी गाउँपालिका–३, खुदीमा दशैंलक्षित कृषि तथा पशु हाटबजार सुरु भएको छ। हाटबजारको शुभारम्भसँगै गाउँपालिकाले ५६ जना गोरुपालक किसानलाई जनही ५ हजार रुपैयाँका दरले कुल २ लाख ८० हजार रुपैयाँ नगद प्रोत्साहन प्रदान गरेको छ। कृषि तथा पशु हाटबजार सञ्चालक समितिले गाउँपालिकाको प्रवर्द्धनमा आयोजना गरेको हाटबजार असोज २७ देखि २९ गतेसम्म कृषि तथा पशु सेवा केन्द्र परिसरमा सञ्चालन हुनेछ। स्थानीय किसानले उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको बजारीकरण, उचित मूल्य सुनिश्चितता र उपभोक्तालाई स्थानीय उत्पादन सहज रूपमा उपलब्ध गराउने उद्देश्यले… पुरा पढौ

घलेगाउँमा उत्कृष्ट होमस्टे र करदातालाई सम्मान

लमजुङको क्व्होलासोथार गाउँपालिका–३ स्थित पर्यटकीय गाउँ घलेगाउँमा उत्कृष्ट होमस्टे तथा सर्वाधिक करदातालाई सम्मान गर्दै पर्यटन व्यवस्थापन समितिको १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार आयोजित सभामा होमस्टे नम्बर ९ का सञ्चालक विष्णु गुरुङलाई वर्षोत्कृष्ट होमस्टे सञ्चालकका रूपमा सम्मान गरिएको छ। यस्तै, होमस्टे नम्बर ४४ का सञ्चालक गंगाबहादुर घले सर्वाधिक होमस्टे करदाता र टीएम होलिडे होम रिसोर्टका सञ्चालक नवराज घले सर्वाधिक होटल करदाताका रूपमा सम्मानित भएका छन्। सभाको उद्घाटन गर्दै क्व्होलासोथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले घलेगाउँले ग्रामीण पर्यटनमा नमुना पहिचान… पुरा पढौ

अनुगमनको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायी सटर बन्द गरेर भागे

लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेबेँसी र वडा नं। ३ रानीकुवामा गरिएको बजार अनुगमनका क्रममा अनुगमन टोली आएको सुइँको पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले सटर बन्द गरेर भागेका छन्। शनिबार गरिएको अनुगमनका क्रममा दुवै स्थानका १३ वटा व्यवसायको निरीक्षण गरिएको थियो। रानीकुवाका ५ वटा र भकुण्डेबेँसीका ८ वटा व्यवसायमा अनुगमन गरिएको हो। अनुगमन टोली आएको जानकारी पाएपछि भकुण्डेबेँसीका केही व्यवसायीले पसल बन्द गरेको जनाइएको छ। अनुगमन गरिएका व्यवसायमध्ये किराना तथा स्टोर्स ८, होटल तथा खाजाघर २, कस्मेटिक पसल १, राइस मिल १ र… पुरा पढौ

बुढीगण्डकीमा भीषण बाढी, ३५ घर बगायो, जगतबाट ६ जनाको हवाई उद्धार

गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि एक्कासि लेदोसहितको ठूलो बाढी आएको छ। बाढीले विभिन्न बस्तीका घर तथा पुल बगाउनुका साथै नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रबाट उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकाय परिचालन गरिएको छ। एकाबिहानै ठूलो आवाजसहित बाढी आएको थाहा पाएपछि नदी किनारका बासिन्दा घर छाडेर अग्लो तथा सुरक्षित स्थानमा पुगेका छन्। स्थानीय बासिन्दा र जनप्रतिनिधिले बाढी भोटेकोशीमा आएको बाढीजस्तै रहेको बताएका छन्। बाढीले चुमनुब्री गाउँपालिकाको पैयू र… पुरा पढौ

एमाले लमजुङ ‘ख’ ले सदस्यता नवीकरण र डिजिटल इन्ट्री तीव्र पार्ने

नेकपा एमाले प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, लमजुङ ‘ख’ ले पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र डिजिटल इन्ट्रीलाई तीव्रता दिने निर्णय गरेको छ। शनिबार बेसीशहरस्थित मदन–आश्रित स्मृति भवनमा बसेको बैठकले मंसिर २६ गते हुने वडा अधिवेशन र पुस ४ गते हुने पालिका अधिवेशनलाई व्यवस्थित बनाउन सहयोग गर्ने निर्णय गरेको हो। बैठकले वडा र पालिकास्तरसम्म दसैँ, तिहारलगायत चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने तथा पार्टी संगठनलाई थप सक्रिय बनाउने विषयमा पनि छलफल गरेको छ। बैठकमा एमाले केन्द्रीय कमिटी सदस्य जमीन्द्रमान… पुरा पढौ

घटस्थापना: शान्ति पूजा गरेर जमरा राख्न सकिने, अन्यथा द्वितीयामा पनि उत्तम

यसवर्षको बडादसैँको पहिलो दिन घटस्थापना भोलि आइतबार मनाइँदैछ। यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले जमरा राख्ने विषयमा विभिन्न चर्चा भइरहेका बेला ज्योतिषीहरूले शास्त्रीय विधिअनुसार पूजा गरेर जमरा राख्न सकिने बताएका छन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भोलि बिहान ११ बजेर ४७ मिनेटमा घटस्थापनाको शुभ साइत रहेको छ। चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापनाअघि सम्बन्धित शान्ति पूजा गरेर विधिपूर्वक जमरा राख्नु राम्रो हुने धार्मिक जानकारहरूको भनाइ छ। तर शान्ति पूजा गर्ने विधिबारे जानकारी नभएका वा… पुरा पढौ