नारी

बाख्रा फर्म देखि संसदसम्म: माननिय तामाङ

लमजुङको क्होलासोथार गाउँपालिका वडा नम्बर २ मालिङ गाउँमा २०३० साल जेठ १७ गते जन्मनु भएका पार्वती तामाङ अहिले गण्डकी प्रदेशको सभा सदस्य हुुनुहुन्छ । २०७९ साल मंसिरमा भएको प्रदेश तथा संघिय चुनावमा नेपाली काग्रेंसबाट जनजाती कोटामा छनोट भएर समानुपातिक सासंदमा पर्नुभएको हो । गाउँमा नै सामान्य खेती किसानी गरेर जिवन निर्वाह गर्दै आउनुभएका तामाङ र उहाँको परिवार तत्कालिन सशस्त्र द्धन्द्धको बेला गाउँमा बस्न नसक्ने अवस्था भएर २०५९ सालमा गाउँ छोडर सदरमुकाम बेसीशहर झर्यो । सो मकैमराङ गाउँमा १७ घर तामाङको… पुरा पढौ

सौन्दर्य व्यवसायी संघ लमजुङद्वारा संस्थागत सदस्यलाई प्रमाणपत्र प्रदान

जिल्लास्थित व्युटी पार्लर सञ्चालक व्यवसायीहरुको संस्था सौन्दर्य व्यवसायी संघ लमजुङले शनिबार आफ्ना संस्थागत सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको छ। विभिन्न शहरबजारमा व्युटी पार्लर व्यवसाय सञ्चालन गर्दै आएका ६५ जना सदस्य सौन्दर्य व्यवसायीलाई सदस्यता प्रमाणपत्र वितरण गरेको हो। बेसीशहर नगरपालिकाका उपप्रमुख पदमा गुरुङको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा बोल्दै उपप्रमुख गुरुङले सौन्दर्य व्यवसाय र व्यवसायीका समस्या, पीरमर्काका विषयलाई संस्थाले उठाउन सक्ने गरि काम गर्न आग्रह गर्नुभयो । नगरपालिकासँग महिला सशक्तिकरण, व्यवसाय सवलीकरण, आर्थिक सशक्तिकरणका क्षेत्रमा सहयोगी कार्यक्रम र योजनाहरु रहेको जानकारी गराउँदै विपन्न… पुरा पढौ

गण्डकी प्रदेश सभामा मेरो एक वर्ष

- यशोदा रिमाल प्रदेश सभा सदस्य, गण्डकी प्रदेश सभा सुन्दर हिमाल, कलकल वग्ने झर्ना, अनि हरियाली मनोरम दृश्य । लमजुड सदरमुकाम बेंसीशहरदेखि उत्तरी भेग, त्यही एउटा गाउँमा जन्मिएकी छोरी म । - माध्यमिक शिक्षा गाउँ नजकैको विद्यालयबाट प्राप्त गरेँ । विद्यालयदेखि नै सामाजिक न्याय, समानता र प्रजातन्त्रप्रति तीव्र आकर्षण थियो । भर्खरै बहुदलीय व्यवस्था घोषणा भएको थियो । उन्मुक्त वातावरणमा विद्यालयबाटै अनेरास्ववियुमा लागेँ । अध्ययन साथसाथै सामाजिक कार्य रुची थियो, निरन्तरता दिएँ । वैवाहिक जीवन सुरु भयो । परिवारिक जीवन,… पुरा पढौ

अपाङ्गता भएकी युवतीलाई जबरजस्ती गर्ने एक पुरुष पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले २२ बर्षिय युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरेको छ । शारीरिक अपाङ्गता भएकी युवतीमाथी जबरजस्ती गरेको अभियोगमा उक्त पुरुषलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोंथर गाउँपालिका वडा नं. ७ बस्ने ५२ बर्षका शेरबहादुर भाट रहेका छन् । अभियुक्त भाटले सो युवतीलाई दिउँसो घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको उजुरीको आधारमा प्रहरीले उनलाई मंसिर २४ गते आइतबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई जवरजस्ती करणी गर्ने उद्योगमा अदालतबाट ७… पुरा पढौ

भोज खाएर विरामी हुनेको संख्या बढ्दै

लमजुङ सुन्दरबजार नगरपालिका वडा नं ८ भोटेओडार डुडकुलामा रहेको आनन्द सलाम चर्चमा सामूहिक भोज खाएकामध्ये १ जनाको मृत्यु भएको छ भने हाल सम्म ३९ जना बिरामी परेका छन् । बेशिसहर नगरपालिका वडा नं ४ पुरानोकोट स्थायी घर भई सुन्दरबजार नगरपालिका ९ भोटेओडार बस्ने बर्ष ३२ की देवी परियारको अस्पताल लैजाँदै गर्दा आईतबार बिहान बाटोमा नै मृत्यु भएको हो । मृतक देवि परियारको श्रीमान देवु परियार, १२ वर्षीया छोरी विद्या परियार सहित ३९ जना अहिले अस्पतालमा उपचारत छन् । घरका सदस्यहरु… पुरा पढौ

भाेजमा खाएकाे खाना पाेईजन भएर एक जनाको मृत्य, ३० जना बिरामी 

लमजुङमा फूड पोइजनका कारण एक जनाको मृत्यु भएको छ । अन्य ३० जना बढी बिरामी परेका छन् ।  २२ गते शुक्रबार सुन्दरबजार नगरपालिका–८ मा सामूहिक भोज खाएका व्यक्तिहरुमा देखिएको फूड पोइजनका कारण बेसिशहर नगरपालिका पुरानोकोट घर भई हाल सुन्दरबजार नपा– ९ बस्ने ३२ बर्षिय देवी परियारको मृत्यु भएको हो ।  घरमा नै बिरामी भएकि परियारलाई गयराती अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।  सुन्दरबजार नपा– ८ स्थित क्षेत्र बहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको अवसरमा सामूहिक भोजको… पुरा पढौ

सञ्जालद्धारा महिला हिंसा विरुद्ध अन्तरक्रिया कार्यक्रम

महिला मानवअधिकार रक्षक जिल्ला सञ्जाल, लमजुङले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सदरमुकाम बेसीशहरमा शनिबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । गण्डकी प्रदेश सभा सदस्य भेषबहादुर पौडेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको थियो । सो अवसरमा बोल्दै पौडेलले हिंसा भन्ने शब्द नै नराम्रो भएकोले कसैले कसैलाई पनि हिंसा गर्न नहुने बताउनुभयो । अधिकांस बालबालिका होस् वा महिला पुरुषमा होस अथवा जातजातीमा नै किन नहोस् यी सवैमा महिला नै बढी हिंसामा पर्ने गरेकोले हिंसा रोक्न… पुरा पढौ

द्धन्द पिडित महिला सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन

द्धन्द पिडित महिला राष्ट्रिय सञ्जाल लमजुङको अध्यक्षमा शोभा थापा चयन हुनुभएको छ । शनिवार सदरमुकाम बेसीशहरमा भएको द्धन्द पिडित महिला राष्ट्रिय सञ्जालको भेलाले थापालाई अध्यक्षमा चयन गरेको हो । ९ सदस्यिय सञ्जालको उपाध्यक्षमा सुन्दरबजारकी हिमकुमारी सुनार, सचिवमा बेसीशहरकी मैना बानिया, कोषाध्यक्षमा राइनासकी भवानी पोखरेल चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मध्यनेपालबाट सरस्वती भट्टराई, दुधपोखरीबाट सुमित्रा अधिकारी न्यौपाने चयन हुनुभएको छ । जिल्लाका सबै पालिकाबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी गठन गरिएको कार्य समितिमा मस्र्याङ्दी, दोर्दी र क्वोहोलासोथर गाउँपालिकाबाट भने… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम

लमजुङको बेसिशहर नगरपालिका वडा नं १० बाँझाखेतमा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रम गरिएको छ । लैङ्गकि हिंसा विरुद्धका १६ दिने अभियान अन्तरगत बुधबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि बेसिशहर नगरपालिका उपप्रमुख पद्मम गुरुङ रहनुभएको थियो । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी उपप्रमुख गुरुङले समाजमा हुने विभिन्न हिंसाका कारण महिलाहरुको अकालमै ज्यान जाने गरेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथी वडा नं १० का वडाध्यक्ष गंगा बहादुर थापा, बेसिशहर नगरपालिका कार्यापालिकाका सदस्य… पुरा पढौ

लमजुङमा समलिंगी जोडीको विवाह दर्ता

लमजुङमा समलिंगी जोडीको विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिका– २ का रामबहादुर गुरूङले नवलपरासी कावासेती नगरपालिका– ८ का सुरेन्द्र पाण्डेसँग गरेको विवाह कानुनी रूपमा दोर्दी गाउँपालिकामा दर्ता भएको हो । विवाह दर्ता प्रमाणपत्रमा दुलाहको नाम सुरेन्द्र पाण्डे र दुलहीको रामबहादुर गुरुङको नाम उल्लेख गरिएको छ । उनीहरुको लमजुङमा मात्रै भनई नेपालमै पहिलो पटक दर्ता भएको समलिङ्गी विवाह हो । उनीहरुको बुधबार गाउँपालिकाको कार्यलयमा समलिंगीको विवाह दर्ता भएको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । राम बहादुर गुरूङको पहिलो विवाह… पुरा पढौ