नारी

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति

सरकार र जेन–जी प्रतिनिधिबीच १० बुँदे सहमति भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेन–जी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपछि प्रधानममन्त्री सुशीला कार्कीले सरकार र जेनजी पुस्ताका प्रतिनिधिबीच भएको सम्झौता परिवर्तनका लागि कोसेढुङ्गाका रूपमा खडा रहने विश्वास व्यक्त गरिन् । उनले अहिले भएको सम्झौतापत्र भोलिको परिवर्तनलाई निर्देशन गर्ने बताइन् । प्रधानमन्त्री कार्कीले भनिन्, 'यसले संविधान बनाउन गाइड गर्छ । भविष्यमा रक्तपातको आन्दोलन र… पुरा पढौ

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान गण्डकी प्रदेशमा नयाँ समिति

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको सातौं बार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनबाट स्याङ्जाकी माया गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। शनिबार पोखरामा सम्पन्न अधिवेशनबाट समितिको वरिष्ठ उपाध्यक्षमा रामजी पौडेल कास्की, प्रथम उपाध्यक्षमा आरसी पौडेल पर्वत, द्वितिय उपाध्यक्षमा होम गुरुङ गोरखा, महिला उपाध्यक्षमा मञ्जु विक लमजुङ निर्वाचित भएका छन्। महिला उपाध्यक्षमा निर्वाचित मञ्जु विक समितिको कोषाध्यक्षमा सविना गुरुङ कास्की, सचिव कृष्ण सुवेदी पर्वत, महिला सचिव सुनिता नेपाली स्याङ्जा, सहसचिव टेक क्षेत्री कास्की, सहकोषाध्यक्षमा सपना परियार नवलपुर र अन्य… पुरा पढौ

पुर्व प्रहरी हवल्दार महिला हत्या गर्ने पुरुष ८ महिना पछि पक्राउ

लमजुङको बेसीशहर २ भकुन्डेमा बसोबास गर्ने महिलालाई हत्या गर्ने पुरुष ८ महिना पछि पक्राउ परेको छ । चितवन जिल्लाको रत्न नगरपालिका वडा नं ७ घर भएका ४७ वर्षका बुद्धी राम दरैलाई मंसिर १८ गते सिद्धार्थ नगर पालिका बेलैया रुपन्देहीबाट सिआईविको टोलिले पक्राउ गरेको हो । शुक्रबार जिल्ला प्रहरी कार्यालय लमजुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी पिडक दरैलाई सार्वजनिकि गरेको हो । दरैले नेपाल प्रहरीमा कार्यरत पुर्व प्रहरी हवल्दार ४७ बर्षकी सीता कँडेललाई हत्या गरी भारत पुगेका थिए । मृतक सीता… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु, बेसीशहरमा सचेतनामुलक र्‍याली 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ । यसवर्ष ‘प्रविधिको सहि प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथका अभियान सञ्चालन भएको हो । अभियानको पहिलो दिन मंगलबार लमजुङ सदरमुकाम बेसीशहरमा सचेतनामूलक र्याली र अभियानबारे अभिमुखिकरण कार्यक्रम भएको छ ।   बेसीशहर नगरपालिकाको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, एकीकृत सेवा कार्यालय, नगरपालिका स्तरीय महिला संजाल, वल्र्ड भिजन इन्टरनेश्नल नेपाल, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसि), सञ्चारिका समूह लमजुङ र कोशिश नेपाल लमजुङको सहकार्यमा भएको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारीहरु, सुरक्षाकर्मीहरु, विभिन्न… पुरा पढौ

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

नमुना फोटो लमजुङको राईनास नगरपालिकाका ६ स्याउली स्थित ढलेबर चोकमा मोटरसाईकलले ठक्कर दिदाँ एक पैदल यात्रीको मृत्यु भएको छ । सातबिसेबाट धमिलिकुवातर्फ आउदै गरेको ना ४८ प ३०७७ नं. को मोटरसाईकलले आज दिउँसो बाटोमा हिडिरहेकी सोही ठाउँकी ६८ वर्षकी कि मैती कुमारी तामाङलाई ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट घाइते भएकी तामाङलाई तत्काल उपचारको लागि सहोदर सामुदायिक अस्पताल धमिलिकुवामा लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनास्थलबाट मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान कार्य जारी गरेको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

कार्तिक महिनामा २ सय १० फूलको डोली थानीथान भित्रियो

तनहुँको भानु नगरपालिका–७ मा अवस्थित प्रसिद्ध थानीमाई मन्दिरमा कार्तिक महिनामा मात्रै २ सय १० वटा फूलको डोली भित्रिएको छ । कार्तिक महिना मंगलबार विषेशगरी थानीमाईको मन्दिरमा फूलको डोली भित्र्याउने गरिन्छ । कार्तिक महिनाको पहिलो मगंलबार औंशी परेकाले फूलको डोली भित्रिएन भने दोस्रो मंगलबार ८६ वटा तेस्रो मंगलबार ५८ र कार्तिकको अन्तिम मंगलबार आज ६६ वटा फूलका डोली थानीथानमा भित्रिएको छ । फूलका डोलीसगैँ पुजाअर्चनाको गर्न लाखौंको संख्यामा भक्तजनहरु थानीथान पुगेका छन् । सोमबार मन्दिर परिसरमा नै पुगेर हजारौंको संख्यामा रातभर… पुरा पढौ

काठमाडौंको घर बेचेर गाउँमा लगानी

पछिल्लो समय गाउँमा भएको घर खेतहरु बेचेर काठमाडौं, पोखरा तथा चितवन लगायतका ठाउँहरुमा बसाईसराई गर्नेको जमात बढ्दै गैरहेको छ । विस्तारै गाउँघर खाली हुदैँ जानथालेका छन् । तर २ दशक अघिदेखि काठमाडौंमा सुविधा सम्पन्न घर बनाएर बसोबास गर्दै गरेका व्यक्तिले आफ्नो घर बेचेर गाउँमा नै लगानी गरेको छ भनेको सुन्दा भने नौलो नै लाग्न सक्छ । यस्तै मध्येकी एक हुन् गिता अधिकारी पाण्डे । लमजुङ र तनहुँ जिल्लाको सिमाना नजिकै अर्चलधाराबाट करिव १ किलोमिटर माथि उहाँले ग्रिन हिमालय फार्म स्टे… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइयो

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यतालाई अर्घ दिइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरू अहिले छठघाटमै पूजा आराधना गरिरहेका छन् । व्रतालुहरूले आज पोखरी तथा नदी किनारमा बनाइएका छठघाटमै रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिनेछन् । उदाउँदो सूर्यलाई अर्घ दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा शख्खर… पुरा पढौ

भाइटीकाको साईत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा

यस वर्षको भाइटीकाको शुभ साइत कार्तिक ६ गते बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ। कार्तिक १ गतेदेखि सुरु यमपञ्चक सोही दिन धन त्रयोदशी र धनतेरस पर्व मनाइएको छ । भाइटीकामा ज्येष्ठको क्रमानुसार दाजुभाइलाई टीकाटाला गर्ने परम्परा शास्त्रीय मान्यतामा आधारित छ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात तिहार पर्व मनाइन्छ। यस अवधिमा यमदीपदान गरिँदै परिवारका सदस्यहरूको नाम उच्चारण गरेर यमदीप दान गरिन्छ। भने कार्तिक २ गते आइतबार काग तिहार र धनवन्तरी जयन्ती, कार्तिक ३ गते सोमबार… पुरा पढौ

आज कोजाग्रत पूर्णिमा, दशैंको समापन गरिँदै

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना गरी राती जाग्राम बसेपछि समापन हुन्छ । आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आरधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन शुरु गरिएकोे… पुरा पढौ