स्वास्थ्य

नमुना अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना

लमजुङको सुन्दबजार नगरपालिकामा रहेको एच.डि.सि.एस नमूना सामूदायिक अस्पतालले शनिबार आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा १ सय ८४ जनाले सेवा लिएका छन् । अस्पतालले आयोजना गरेको एक दिने दन्त स्वास्थ्य र फिजियोथेरापी सम्बन्धी शिविरमा दन्त सेवा तर्फ ७२ जना र फिजियोथेरापी तर्फ १ सय १२ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । जसमध्ये महिला १ सय १२ जना र पुरुष ७२ जना रहेका छन् ।एचडिसिएस नमूना सामूदायिक अस्पतालमा दैनिक रुपमा नै दन्त स्वास्थ्य सेवा र फिजियोथेरापी सेवा उपलब्ध हुने… पुरा पढौ

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा आराधना गरिदै

ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्छन्। महिलामा रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गर्नाले त्यसबाट मुक्ति पाइने विभिन्न धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । नारीलाई रजस्वलाको… पुरा पढौ

निशुल्क पाठेघरको जाँच, महिलाहरुको उल्लेख्य सहभागिता

लमजुङको सदरमुकाम बेसीशहरमा महिलाहरुको लागि बृहत निशुल्क स्वास्थ्य जाँच, पाठेघरको मुखको जाँच र स्तन क्यान्सर परीक्षण शिविरको आयोजना गरेको छ । लमजुङको बेसीशहरमा रहेको मोडल हस्पिटलमा संचालन भएको शिविरमा पहिलो दिन शनिबार जिल्ला भरका १ सय ७० जना महिलाहरुको जाँच गरिएको छ । जसमा ८ जनाको पाठेघरको मुख जाँच भिआइए जाँच गर्दा संकास्पद लागेर एल.वि.सि (प्याप) टेस्टको लागि पाठेघरको मुखको पानी निकालेर परीक्षणको लागि पठाइएको छ भने ब्रेस्ट जाँच गर्दा २ जनाको संकास्पद लागेर थप परीक्षणको लागि पोखरा गण्डकी अस्पताल… पुरा पढौ

पैसा सापटी नदिएको भन्दै हसियाँ प्रहार गरी हत्या

लमजुङको बेसीशहर नगरपालिका वडा नं ११ चिती बगैंचामा एक महिलाको हत्या गर्ने युवकलाई प्रहरी आज सार्वजनिक गरेको छ । मंलबार राती बगैंचा स्थित आफ्नै घरमा बसीहरेकी ६२ बर्षीया सानुनानी घर्तीको हसियाँले हानेर हत्या गर्ने सोही वडाको ४७ वर्षका सुग्गरे सार्कीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । आफूले नै घर्तीको हत्या गरेको भनी सार्कीले स्वीकार गरेको जिल्ला प्रहरी प्रमुख मिन बहादुर घलेले बताउनुभयो आवाज छ । २९ गते मंलबार बेलुका करिव ८ बजे तिर सानु नानि घर्तिको घरमा ५० हजार… पुरा पढौ

हैजा र डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि सरकारको सक्रियता

लमजुङमा साउन महिनाभर २० जनामा डेङ्गी संक्रमित फेला परेका छन् । स्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालका अनुसार आ.व. ७९⁄८० मा २ सय ४० जनामा डेङ्गी भएको थियो भने ०८०⁄०८१ मा ५ सय ९ जनालाई डेङ्गी सङ्क्रमण भएको थियो । वर्षाका बेला घर वरपर पानी जम्ने, जम्मा भएको पानीमा लामखुट्टे रहने भन्दै त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढ्ने खनालले बताउनुभयो । विषेश गरी असोज र कार्तिक महिनामा डेङ्गी सङ्क्रमण बढी फैलने भए पनि यसको रोकथामका लागि अहिले देखि नै… पुरा पढौ

१० बर्ष पछि बेसीशहर खानेपानीको अधिवेसन, त्रिपक्षिय भिडन्त हुँदै

लमजुङको सदरमुकाम बेसीशहरमा रहेको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनको लागि उमेदवार सार्वजनिक गरिएको छ । यही असार ७ र ८ गते तय भएको बेसीशहर खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ११ औं साधारण सभा एवं पाँचौ अधिवेशनबाट नयाँ नेतृत्व चयन लागि तीन दलले आफ्नो उमेदवारको नाम सार्वजनिक गरेको हो । अधिवेशनको दिन नजिकिएसगँै नेपाली काग्रेसले मंगलबार लोकतान्त्रिक समूहमा लोकेन्द्र गुरुङ अध्यक्ष, आशकुमारी गुरुङ उपाध्यक्ष, चन्द्रकान्त पौडेल सचिव र भगवान् पियालाई कोषाध्यक्षमा उमेदवार खडा गरेको छ । त्यस्तै महिला सदस्यहरुमा… पुरा पढौ

किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण

लमजुङका विभिन्न विद्यालयका किशोरीहरुलाई पुन प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । विकासमा महिला नामक संस्थाले किशोरीहरुलाई सुतीको कपडाबाट बनाईएको सेनेटरी प्याड वितरण गरेको हो । बेसीशहर नगरपालिका वडा नं ३ मा रहेको यशोब्रह्म मावि र लमजुङ मावि, वडा नं ६ मा रहेको गंगा मिलन माविमा गरी २ सय भन्दा बढी किशोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड वितरण गरिएको हो । यशोब्रह्म माविमा भएको कार्यक्रम वडा नं ३ वडाध्यक्ष चित्रबहादुर दनाईको अध्यक्षतामा भएको थियो । विकासमा महिला संस्थाका… पुरा पढौ

घर भित्रै गाडी पसे पछि तीन जना घाइते

लमजुङको सदरमुकाम बेसीशहरमा घरभित्र गाडी पसेपछि तीन जना घाइते भएका छन् । मगंलबार दिउँसो बेसीशहर ७ क्याम्पस रोडमा स्थित भित्री सडक खण्डमा एभरेष्ट बैंकबाट तमु संग्राहलय तर्फ जादै गरेको ग घ च ५०७१ नं को बोलेरो जिप ब्रेक फेल भई सिर्जना श्रेष्ठको घरमा पसेको हो । होटल संचालनमा रहेको सो घरमा गाडी ठोकिन पुग्दा त्यहाँ बसिहरेका तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा बेसीशहर नपा वडा नं ९ पाखाथोककी ८० वर्षिय कुमारी राउत, क्याम्पस रोडमा बस्ने ६३ बर्षिय डम्बरकुमारी… पुरा पढौ

११ दिन देखि बेपत्ता हरिराम रिमाल मर्स्याङ्दीमा मृत फेला

गत बैशाख २८ गते देखि हराईरहेका लमजुङ बेसीशहर नगरपालिका वडा नं ६ तल्लो मकैडाडाँका २० बर्षिय हरिराम रिमाल मर्स्याङ्दी नदीमा मृत अबस्थामा फेला परेका छन् । सोमबार दिउसो अन्दाजी ४ः३० बजे तिर बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । खबर पाए लगतै जिल्ला प्रहरीको टोली त्यस स्थानमा गएको डुङ्गाको माध्यमबाट शबको उद्दार गरी किनारामा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ । सोही स्थानबाट… पुरा पढौ

आगामी जेठ १३ गतेबाट बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइने

आगामी जेठ १३ गतेदेखि लमजुङमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान– २०८१ सुरु हुदैछ । आइतबार बेसीशहरमा स्वास्थ्य कार्यालय लमजुङले सरोकारवाला तथा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गरी यस्तो जानकारी गराएको हो ।सो अवसरमा स्वास्थ्यका कार्यालयका प्रमुख प्रवीणकुमार खनालले एक कार्यपत्र प्रस्तुत गर्दै खोप अभियान जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो । यो खोप सम्पूर्ण बालबालिकालाई नभई २०७३ को बैशाखदेखि २०७५ को असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्रै दिइने प्रमुख खनालले बताउनुभयो । सो समयमा जन्मिएका लमजुङका ६ हजार ६ सय ६५… पुरा पढौ