गण्डकी सेरोफेरो

लमजुङका गुरुङ बस्तीमा यतिबेला घाटु नाचको रौनक

लमजुङका विभिन्न गुरुङ बस्तीमा यतिबेला सती घाटु नाच सुरु भएको छ । विशेषगरी श्रीपञ्चमीमा विधिपूर्वक पूजाअर्चना गरी सुरु गरिने घाटु नाच वैशाख पूर्णिमामाको दिन देखि तीन दिन नाचेर समापन गरिन्छ । विशेषगरी गुरुङ समुदायमा घाटुनाच बढी प्रचलित छ । गुरुङबाहेक दुरा र मगर समुदायले पनि घाटु नाच्ने, गाउने गरेको पाइन्छ । घाटु एक शास्त्रीय नाच हो । जानकारहरूका अनुसार १६औँ शताब्दी तिर लमजुङका एक दम्पती राजारानीको विवाह, प्रेम, गृहस्थी, राजकाज, जंगलको सिकार, पुत्रबढाई, लडाइँ र अन्ततः मृत्युसम्मको कथा नै घाटुको… पुरा पढौ

आज बैशाख शुक्ल पूर्णिमा, २५६८ औं बुद्ध जयन्ती मनाइँदै

आज बैशाख शुक्ल पूर्णिमा । एशियाका ज्योति, शान्तिका अग्रदूत शाक्यमुनी भगवान बुद्धको २५६८ औं जन्म जयन्ती आज देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति, निधन वैशाख शुक्ल पूर्णिमामै भएको थियो । मान्छेले जीवनमा पाउने दुःख पीडा दिक्क भएका उनी राजदरबारको सुखसयले छोडेर २९ बर्षको उमेरमा सिद्धार्थ गौतमले पत्नी र छोरा अनि राजदरबार त्यागेर शान्तिको खोजीमा भौंतारिए । भारतको गयामा उनले ठूलो तपस्या गरी ज्ञान प्राप्त गरे । उनले ज्ञान प्राप्त गरेको ठाउँ भएकाले भारतको गयासमेत… पुरा पढौ

११ दिन देखि बेपत्ता हरिराम रिमाल मर्स्याङ्दीमा मृत फेला

गत बैशाख २८ गते देखि हराईरहेका लमजुङ बेसीशहर नगरपालिका वडा नं ६ तल्लो मकैडाडाँका २० बर्षिय हरिराम रिमाल मर्स्याङ्दी नदीमा मृत अबस्थामा फेला परेका छन् । सोमबार दिउसो अन्दाजी ४ः३० बजे तिर बेलौती बिसौना नजिकै रहेको मर्स्याङ्दी नदीको बिच भागमा मृत शरीर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको थिए । खबर पाए लगतै जिल्ला प्रहरीको टोली त्यस स्थानमा गएको डुङ्गाको माध्यमबाट शबको उद्दार गरी किनारामा ल्याईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईले जानकारी दिनुभएको छ । सोही स्थानबाट… पुरा पढौ

आगामी जेठ १३ गतेबाट बालबालिकाहरुलाई पोलियो विरुद्धको खोप दिइने

आगामी जेठ १३ गतेदेखि लमजुङमा पोलियो विरुद्धको आई.पि.भी. खोप अभियान– २०८१ सुरु हुदैछ । आइतबार बेसीशहरमा स्वास्थ्य कार्यालय लमजुङले सरोकारवाला तथा पत्रकारहरुसँग अभिमुखीकरण कार्यक्रम गरी यस्तो जानकारी गराएको हो ।सो अवसरमा स्वास्थ्यका कार्यालयका प्रमुख प्रवीणकुमार खनालले एक कार्यपत्र प्रस्तुत गर्दै खोप अभियान जेठ १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्ने बताउनुभयो । यो खोप सम्पूर्ण बालबालिकालाई नभई २०७३ को बैशाखदेखि २०७५ को असोज महिनासम्म जन्मिएका बालबालिकालाई मात्रै दिइने प्रमुख खनालले बताउनुभयो । सो समयमा जन्मिएका लमजुङका ६ हजार ६ सय ६५… पुरा पढौ

माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

लमजुङको दोर्दी गाउँपालिका स्थित किसेदी खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवकको मृत्यु भएको छ । दोर्दी गाउँपालिका–४ जीतौरेका २६ बर्षिय बिकास गुरुङको खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा मृत्यु भएकोबिकास गुरुङ र उनका साथी राम्रो सँग बोलचाल गर्न नजान्ने २८ बर्षिय पन्चराम गुरुङ मिलेर किसेदी खोलामा माछा मार्न गएका थिए । स्थानीय बिन बहादुर गुरुङको धन्सारबाट बिजुलीको तार जोडी खोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा राती करिब १ बजेतिर बिकासको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता… पुरा पढौ

मकैडाडाँका हरीराम रिमाल ९ दिन अघि देखि वेपत्ता

लमजुङको बेसिशहर नगरपालिका वडा न ६, तल्लो मकैडाडाका २० बर्षिय हरिराम रिमाल बिगत एक हप्ता अघिदेखि बेपत्ता भएका छन् । गत बैशाख २८ गते शुक्रबार घरबाट बडागाँउमा रहेको साथीको घरमा बस्न जान्छु भनेर हिडेको र त्यो बेलादेखि सम्पर्क विहिन भएका हुन् । रिमाल आफ्नो घर नजिकै रहेका काकाको घरमा राती सुत्न जाने गरेका थिए । काका र उनको छोरा समेत विदेशमा गएकाले घरमा उनको काकी पदमा रिमाल र हजुरबुबा बस्दै आएका छन् । बैशाखको २८ गते राती १० बजेतिर बडागाउँमा… पुरा पढौ

यो मनसुनमा चरम मौसमी घटनाको जोखिम

काठमाडौं । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ । वर्षा धेरै हुँदाहुँदै तापक्रम पनि बढ्ने भएकाले मौसमी घटना धेरै हुनसक्ने मौसमविदहरुको चेतावनी छ । दक्षिण एसियाली जलवायु फोरम र अन्तर्राष्ट्रिय विज्ञहरुको विश्लेषणका आधारमा विभागले यस वर्षको मनसुनबारे आफ्नो प्रक्षेपण सार्वजनिक गरेको छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिमी भूभाग, बागमती प्रदेशको दक्षिण–पूर्वी भूभाग, मधेश प्रदेशको मध्य भूभाग र कोशी प्रदेशको मध्य तथा मध्यपश्चिमी भूभागमा सरदर नै वर्षा हुने… पुरा पढौ

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालतबाट सफाइ

काठमाण्डौ – क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएको हो । उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डौको फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेको हो । यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाण्डौले आठ वर्ष कैद र पाँच लाख जरिबानाको सजाय सुनाएको थियो । यो फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।२०७९ सालको… पुरा पढौ

बेसीशहरको फ्रेस हाउसमा कुहिएको मासु

लमजुङको बेसीशहरका ३ वटा मासु पसलमा कुहिएका मासु फेला परेका छन् । सोमबार बेसीशहर बजारका फ्रेस हाउसमा अनुगमन गर्दा यस्तो फेला परेको हो । बजार क्षेत्रका ११ वटा मासु पसलको अनुगमन गर्दा त्रिवेणी टोलमा रहेको सगुन संगम इन्टरप्राइजेज, झिङ्गे खोलामा रहेको डि.के सप्लायर्स र मिलापको बङ्गुर फ्रेस हाउसमा फ्रिजमा राखेको मासु लामो समयसम्म राखेकोले सडेको, सरसफाइ नदेखिएको मासु काट्दा एप्रोनको प्रयोग नगरेको भन्दै आवश्यक निर्देशन सहित प्रतिव्यक्ति ५ हजार रुपैया जरिवाना लगाइएको जिल्ला प्रशासनका खरिदार दिननाथ अधिकारीले बताउनुभयो । लमजुङ… पुरा पढौ

लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ गरिदै

यतिबेला लमजुङका कहाली लाग्दा भिरहरुमा ‘हनी हन्टिङ’ अर्थात मह शिकार गरिदै छ । मर्स्याङदी गाउँपालिकाको वडा नं ४ मा रहेको मिप्राको छोप्ली भिरमा र ताघ्रिङको कोइम्रोमा ‘हनी हन्टिङ’ गरिएको छ । मह शिकार गरेर एक छोप्ली भिरबाट मात्रै २ सय ४० लिटर मह निकालिएको छ भने ताघ्रिङको कोइम्रोबाट १२० लिटर मह जम्मा गरिएको छ । यसरी निकालिएको मह गाउँले सबैलाई बराबर भाग लगाएर बाडिने स्थानीय प्रदिप गुरुङले जानकारी दिनुभयो । भिर मौरीको मह प्रति लिटरको २ हजार देखि २५ सय… पुरा पढौ