गाउँशहर कालिकाको भव्य पुजाआजा हुँदै

-


     सृजना बराल     
     असाेज १५ गते २०८२ मा प्रकाशित


आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको अवसरमा गाउँशहर कालिकामा भव्य पुजाआजा गरिएको छ ।
लमजुङको वडा नं ३ मा पर्ने गाउँशहर कालिकालाई घटस्थापनाका दिनदेखि विषेश पुजाआजा गर्ने गरिन्छ ।

दरबार नजिकै रहेको कालिका मन्दिर लमजुङ जिल्लाको प्रमुख शक्तिपीठमध्ये एक हो। स्थानीय मानिसहरू विशेष गरी चैते दशैं, महानवमी र अन्य देवीपूजाको समयमा यहाँ भाकल दिने, पञ्चवली दिई विशेष पूजाअर्चना गर्दछन्। मन्दिरलाई स्थानीयले सुरक्षा र शक्ति दिने देवीस्थानको रूपमा मान्ने गर्छन्।

गाउँशहरमा रहेको लमजुङ दरबार सोह्रौँ शताब्दीमा (झण्डै ६ सय वर्षअघि) बनाइएको प्राचीन दरबार हो। यो दरबार गोरखा राज्यका संस्थापक राजा ड्रव्य शाहको जन्मथलोको रूपमा ऐतिहासिक मानिन्छ। शाह वंशको इतिहास लमजुङ दरबारबाटै सुरु भएको हुँदा यसलाई नेपालको राज्य निर्माणसँग प्रत्यक्ष जोडिएको स्थल मानिन्छ। दरबार र कालिका मन्दिर दुवैलाई गाउँशहर क्षेत्रको सांस्कृतिक पहिचान मानिन्छ।

भुकम्पकले दरबारमा क्षति भएपछि विगत ४ वर्ष अघिदेखि पुननिर्माणको काम गरिदैछ । पुरानो स्वरुपलाई नविगारिकन निर्माणाधिन अवस्थाको करिव अन्नितम चरणमा पुगेको दरबार परम्परागत वास्तुकला (ढुंगा, माटो, काठको प्रयोग) सहित बनेका यी संरचनाहरू नेपाली कला–संस्कृतिको मौलिक नमुना हुन्।

पुनर्निर्माणपछि यी स्थलहरूले धार्मिक पर्यटन र इतिहास अध्ययन दुवैलाई प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ। लमजुङ दरबार र कालिका मन्दिर दुवै पुरातात्विक सम्पदा हुन्, जुन पुरातत्व विभागले संरक्षण गर्ने सूचीमा राखेको छ।

कालिका मन्दिर र लमजुङ दरबार लमजुङ मात्र होइन, संपूर्ण नेपाल राज्यको उदय, शाह वंशको इतिहास, देवी–शक्ति उपासना र स्थानीय संस्कृतिको जडान हुने स्थल हुन्।