कृषि

कृषकले फलाएको आलुको बजार सुनिश्चित

लमजु्ङका कृषकहरुले उत्पादन गरेको आलु अब बेच्नलाई समस्या नहुने भएको छ । जिल्ला भित्र उत्पादन भएको आलु सिधै उत्पादन कम्पनीमा बेच्नको लागि सम्झौता गरिएपछि कृषकहरुलाई बजार समस्या नहुने भएको हो । सोमबार कृषि ज्ञान केन्द्र लमजुङको कार्यालयले बेसीशहरमा जिल्ला स्तरमा व्यवसायिक आलु खेती प्रविधि तालिम प्रदान गरी लमजुङका आलु उत्पादन गर्ने किसान र आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाईस फुड प्रा.लि भैरहवा रुपन्देही बिच किनबेचको सम्झौता गरेको हो । हिउँद याममा आलु धेरै मात्रामा उत्पादन हुने हुदाँ किसानहरुलाई बजारको… पुरा पढौ

बेसीशहर नगरपालिकाद्वारा कैदी\बन्दीलाई दशैंका लागि ४० हजारका २ वटा खसी सहयोग

बेसीशहर नगरपालिकाले कारागारका कैदी\बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैया बराबरको २ वटा खसी सहयोग गरेको हो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विहिबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गर्नुभएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिवन विताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शिर्षकबाट… पुरा पढौ

अबको केही दिन मौसम बदली र भारी वर्षाको सम्भावना

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

जिल्ला न्यायाधीश जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक

लमजुङ जिल्ला अदालतमा कार्य न्यायाधीश शिवप्रशाद खनाल जन्मदिनमा वृक्षारोपण कार्यक्रममा सरिक हुनुभएको छ। असाेज ३ गते परेको शुभ जन्मदिनको अवसरमा जिल्ला अदालत लमजुङ परिसरमा कपुरकाे विरुवा राेपेर न्यायाधीश खनालले अभियानमा ऐक्यबद्धता जनाउनुभएकाे हाे। वृक्षारोपण पछि न्यायाधीश खनालले यस अभियान उत्कृष्ट र रचनात्मक रहेको बताउनुभयो । वृक्षारोपण कार्यक्रममा जलवायु परिवर्तनकाे असरले पृथ्वीमा पारेको प्रभाव न्युनिकरण, प्राणी जगतको रक्षाका लागि अभियान महत्त्वपूर्ण रहेकोले अभियानमा सधैंभरी आफ्नो साथ र सहयोग निरन्तर रहने धारणा उहाँले ब्यक्त गर्नुभएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण अभियन्ताहरुलाई पवित्र… पुरा पढौ

हिमाली जिल्ला मनाङमा स्याउ टिप्ने सिजन सुरु

मनाङ – हिमाली जिल्ला मनाङका किसानले स्याउ टिप्न थालेका छन् । जिल्लाको तल्लो क्षेत्रमा लगाइएका गाला, मेमा र रेड डेलिसियस प्रजातिका स्याउ टिप्न थालिएको हो । यहाँ विभिन्न स्याउमध्ये गाला, मेमा र रेड डेलिसियस, फुजी, किकु, रेड जोना, प्रिन्स र गोल्डेन प्रजातिका स्याउ उत्पादन हुँदै आएका छन् । मनाङमा लगाइएका विभिन्न प्रजातिमध्ये गाला, मेमा र रेड डेलिसियस स्याउ टिप्न थालिएको नासोँ गाउँपालिका–७ ताचैका किसान सोलबहादुर गुरुङले बताउनुभयो । ‘केही वर्षअघिदेखि लगाएका स्याउ अहिले फलेका हुन्, पाकेको छ, टिप्न थालेका छौँ’,… पुरा पढौ

लम्पीस्किन रोगबाट मरेका पशुको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री

काठमाडौं । सरकारले लम्पीस्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने भन्दै राहत भने दिन सक्ने बताएको छ । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री डा. बेदुराम भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको क्षतिपूर्ति दिन नसकिने बताए ।क्षतिपूर्ति दिन नसके पनि सरकारको तर्फबाट किसानहरुलाई राहत दिने गरी कार्यविधि बनिरहेको उनले बताए । ‘किसानहरुलाई ठूलो क्षति भयो । क्षतिपूर्ति नै त गर्न सक्दैनौं होला । अरु अरु सन्दर्भमा पनि क्षतिपूर्ति नै भनेर गर्न सकेका छैनौँ । राहत कमसेकम… पुरा पढौ

ड्रागन फल खादा स्वास्थ्यमा पुर्याउछ यति धेरै फाइदा

ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ । ड्रागन फलको खेती गर्न त्यति गाह्रो छैन । तराईदेखि उच्च पहाडी भेगमा पनि यसको खेती गर्न सकिन्छ । समुन्द्री सतहदेखि करिव तीन हजार मिटसम्मको उचाईमा ड्रागन उत्पादन सम्भव छ । सुक्खा ठाउँबाट पनि यसको फल प्राप्त गर्न सकिन्छ । ड्रागनको बोटले थुप्रै वर्षसम्म… पुरा पढौ

लमजुङमा ८० प्रतिशत धान रोपाई कार्य सम्पन्न

लमजुङमा ८० प्रतिशत धान रोपाई कार्य सम्पन्न भएको छ । जिल्लाका विभिन्न ठाउँमा सुरु भएको धान रोपाई कार्य साउनको चौथो हप्ता सम्म आइपुग्दा ८० प्रति रोपाई भएको बताइएको छ । केहि ठाउँमा जेठको पहिलो साता देखि नै रोपाइ सुरु हुने भय पनि यसपालि मनसुन ढिलो भयकाले र जेठको अन्तिम साताबाट रोपाइँ सुरु भयको छ । चाँडै मकै पाक्ने ठाउँमा धान रोपाइँ कार्य पनि चाँडै हुने गर्छ । पाखातिरका जग्गाहरुमा धान रोपाई गर्न बाँकी रहे पनि साउनको अन्तिम सम्म धान रोपाई… पुरा पढौ

लमजुङको मस्र्याङ्दी गाउपालिकाकाे छिनखाेलाका किसानलाई यतिबेला बर्खे आलु खन्ने चटारो, ३० टन उत्पादन हुने अपेक्षा

लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं. ७ छिनखोलाका किसानलाई यतिबेला आलु खन्ने चटारो छ । गत फागुनमा राेपेकाे आलु उत्पादन हुन थालेपछि छिनखाेलका किसानकाे ब्यस्तता बढेकाे हाे । कृषि ज्ञान केन्द्र लमजुङले छिनखोलाका किसानलाई ५० प्रतिशत अनुदानमा जनकदेव आलुको बीउ उपलब्ध गराएको थियो । छिनखोलाका गाउँलेहरुले ५० रोपनी भन्दा बढी क्षेत्रफलमा आलु रोपेका थिए । कृषि ज्ञानकेन्द्रले बर्खामा उत्पादन दिने जनकदेब जातका ४ हजार ५ सय आलुकाे बीउ वितरण गरेकाे थियाे ।छिनखाेलका ५२ घरधुरीका सबैले आलु खेती गरेका छन् भने सामुहिक… पुरा पढौ

चिसोमा तरुल खानुको मज्जा छुट्टै, फाइदा विछट्टै

तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ । चिसो मौसममा तरुल खानुका फाइदाबारे जानकारी लिऔं । फाइबरयुक्तः तरुल फाइबर अर्थात् रेशाले भरिपूर्ण हुन्छ त्यसकारण यो पेटका लागि निकै फाइदाजनक मानिन्छ । फाइबरयुक्त खानेकुराको सेवनले आन्द्राको फोहोर सफा हुन्छ जसका कारण खाना राम्रोसँग पच्छ । त्यसकारण तरुल खाँदा तपाईंको पाचनक्रियासँग सम्बन्धित सबै समस्या समाप्त हुन्छ जस्तै कब्जियत, अपच, ग्यास अदि… पुरा पढौ