कृषि

लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ

लमजुङमा अवैध लागुऔषध ‘अफिम खेती’ गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा अवैध लागुऔषध अफिम खेती गरिरहेको मकवानपुर राक्सिराङ गाउँपालिका–८ घर भएका २६ बर्षिय हिमाल लामा थिङ पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा प्रहरीले लामालाई आइतबार पक्राउ गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका लामा सहित उनले ३ रोपनी जग्गामा लगाएको १४ हजार ५ सय ६६ अफिमका बोट, अफिमबाट संकलन गरिएको १०७.४ ग्राम चोप, चोप निकाल्ने कार्यमा… पुरा पढौ

लमजुङमा कफी उत्पादन घट्दै, माग बढ्दै

लमजुङमा कफी उत्पादनमा बृद्धी हुन सकेको छैन । किसानहरुलाई उपयुक्त तालिम, अनुदान, मल, सिंचाईको अभाव तथा उत्पादित कफीको बजारको सहजता लगायतमा सहयोग भनएपछि उत्पादनमा पनि कमी हुन थालेको हो । विगत १ दशक अघि लमजुङका किसानहरु कफी खेती तर्फ निकै हौसिएका थिए । आफ्नो खाली रहेको जग्गा तथा खेतबारीमा समेत कफी खेती सुरु गरेका किसानहरुले पछिल्लो समय कफी खेती प्रति निराश भई विस्तार गर्न सकेका छैनन् । लमजुङको हावापानी कफी खेतीका लागि उपयुक्त मानिन्छ तर सहज तथा सहुलियत ऋणको उपलब्ध… पुरा पढौ

विद्यार्थीहरु पढ्दै कमाउँदै

लमजुङको राइनास नगरपालिकामा वडा नं ८ मा रहेको राइनास बहु प्राविधिक शिक्षालयमा  कृषि तथा बाली विज्ञानमा अध्ययनरत तेस्रो सेमिस्टारका र तेस्रो वर्षका विद्यार्थीहरुले आलु खेती गरेका छन् । सिटिइभिटिको अभियान मै रहेको सिक, कमाउ र तिर कार्यक्रममा रहेर पढ्दै गरेका विद्यार्थीहरुलाई अहिले आलु खेती गर्न लगाएको हो । मध्यपहाडी लोकमार्ग नजिकै पर्ने स्थानीय रामजी बिलास पन्तको २ रोपनी जग्गामा ५ बर्षका लागि भाडामा लिएर आलु खेती सुरु गरिएको शिक्षालयका कृषि प्रशिक्षक भावना अर्यालले बताउनुभयो । २ रोपनि जग्गामा जनकदेव र… पुरा पढौ

पानी नपर्दा किसान पीडित, हिउँदे बाली उत्पादन ह्वात्तै घटेको गुनासो

यो वर्षको हिउँदे वर्षा नहुँदा किसानले लगाएका बालीको उत्पादनमा ह्वात्तै घटेको छ । विगतका वर्षहरू आलु, काउली, बन्दा, तोरी जति उत्पादन भएको थियो यो वर्ष त्यसको एक तिहाई मात्रै उत्पादन भएको सुन्दरबजार ९, भोटेओडारका किसान अमृता अधिकारीले बताउनु भयो । पोहोर साल यति नै जग्गामा लगाएको आलु आफुले खाएर पनि बेचेकी थिए यो वर्ष त आफैँलाई नपुग्ने भयो भन्दै हिउँदभरि पानी नै परेन, सुक्का माटो भएकोले आलु नफलेको अधिकारीले गुनासो पोख्नुभयो । ९ किलो आलु रोपेकोमा मुस्किलले एक बोरा मात्रै… पुरा पढौ

फलफूल, जडिबुटी र लाभदायक वृक्षरोपणमा जोड दिनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष एबं पुर्ब प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनमा वृक्षरोपण गर्दा फलफूल, जडिबुटी र लाभदायक वृक्षारोपण गर्नुपर्ने बताउनुभएको छ । आफ्नो जन्मदिनको अवसरमा ललितपुर काे च्यासल स्थित पार्टी कार्यालय परिसरमा वृक्षरोपण गर्दै ओलीले पर्यावरण संरक्षण पहिलो प्राथमिकता भएकाले वातावरण संरक्षणमा जन्मदिनमा वृक्षरोपण अभियान नेपालले ठुलो योगदान गरेको धारणा राख्नुभयो । पार्टीका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा उहाँले वृक्षरोपण गर्नुभएको हो । ओली पहिलो पटक २०७८ साल फागुन ११ गते आफ्नो निवास बालकोटमा जन्मदिनमा वृक्षरोपण अभियानमा सरिक हुनुभएको थियोे । वृक्षरोपण… पुरा पढौ

कृषि क्याम्पसमा विद्यार्थीहरु बिच झडप, ४ जना गम्भिर घाइते

लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका वडा नं २ मा रहेको लमजुङ कृषि क्याम्पसमा शनिबार विद्यार्थी संङगठन बिच झडप भएको छ । दुई विद्यार्थी संङठन बिच झडप हुँदा ४ जना विद्यार्थीहरु घाइते भएका छन् । झडपमा परी घाइते गम्भिर घाइते भएका ४ जनालाई मध्ये २ जना विराज सुवेदी र टिकाराम ढकाललाई चितवन र मदन रिमाल र वेदान्त घिमिरे २ जनालाई पोखरा लगिएको छ । अन्य ७ जना घाइते विद्यार्थीलाई स्थानीय कर्मदा हस्पिटलमा सामान्य उपचार गरी डिस्चार्ज गरिएको छ । क्याम्पसमा भर्ना हुन… पुरा पढौ

जनकल्याण साकोसको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा रहेको जनकल्याण बचत तथा ऋण सहहकारी संस्थाको २६ औं साधारण सभा ९ औं अधिवेसन सम्पन्न सम्पन्न भएको छ । शनिबार भएको अधिवेसनले गमबहादुर दनाईको अध्यक्षतामा ९ सदस्यिय कार्य समितिको चयन गरेको छ ।नवगठित समितिको उपाध्यक्षमा बृृजलाल श्रेष्ठ, सचिवमा महेन्द्र दनाई, सहसचिवमा नारायण घिमिरे र कोषाध्यक्षमा निर्मला दनाई निर्वाचित हुनुभएको छ । त्यस्तैगरी सदस्यहरु मन्दिरा दनाई, तारा परियार, श्रीनाथ दुलाल, शान्तादेवि दनाई निर्वाचित हुनुभएको छ । ३ सदस्यिय लेखा समितिको संयोजक बालकृष्ण दनाई,… पुरा पढौ

लमजुङमा व्यावसायिक रूपमा फूलखेती गरिँदै

लमजुङमा पछिल्लो समय व्यावसायिक रूपमा फूलखेती गरिँदै आएको छ । फूलमाथिको परनिर्भरता हटाउन र आय आर्जन समेत हुने भएकाले लमजुङका किसानहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित हुन थालेका हुन् । विगत १⁄२ वर्ष अघि सम्म बाहिरी जिल्लाका फूलहरु फाट्ट फुट्ट आउने गरेपनि यो वर्ष भने बजारी क्षेत्र सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार, खुदी लगायतका बजारहरुमा पर्याप्त मात्रामा फूल बिक्रीका लागि राखिएको छ । यो वर्ष बेच्न राखिएका प्लास्टिकका फूलका माला बेच्न बन्देज गरी प्रशासन कार्यालयले जफत गरेपछि बजारी क्षेत्रमा सयपत्री फूलको… पुरा पढौ

कृषकले फलाएको आलुको बजार सुनिश्चित

लमजु्ङका कृषकहरुले उत्पादन गरेको आलु अब बेच्नलाई समस्या नहुने भएको छ । जिल्ला भित्र उत्पादन भएको आलु सिधै उत्पादन कम्पनीमा बेच्नको लागि सम्झौता गरिएपछि कृषकहरुलाई बजार समस्या नहुने भएको हो । सोमबार कृषि ज्ञान केन्द्र लमजुङको कार्यालयले बेसीशहरमा जिल्ला स्तरमा व्यवसायिक आलु खेती प्रविधि तालिम प्रदान गरी लमजुङका आलु उत्पादन गर्ने किसान र आलु चिप्स उत्पादन गर्ने कम्पनी फस्ट च्वाईस फुड प्रा.लि भैरहवा रुपन्देही बिच किनबेचको सम्झौता गरेको हो । हिउँद याममा आलु धेरै मात्रामा उत्पादन हुने हुदाँ किसानहरुलाई बजारको… पुरा पढौ

बेसीशहर नगरपालिकाद्वारा कैदी\बन्दीलाई दशैंका लागि ४० हजारका २ वटा खसी सहयोग

बेसीशहर नगरपालिकाले कारागारका कैदी\बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैया बराबरको २ वटा खसी सहयोग गरेको हो । नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले विहिबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारी, कैंदी–बन्दीका नाईकेलाई उक्त खसी सहयोग गर्नुभएको हो । नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जिवन विताई रहेकाहरु परिवारबाट टाढा रहने भएकोले उनीहरुलाई थोरै भएपनि चाडपर्वमा खुसी दिनका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । नगर प्रमुख गुमानसिंह अर्यालले नगरपालिकाले चालु तर्फको अन्य सामाजिक सहायता शिर्षकबाट… पुरा पढौ