Author Archive

पाँचौ मेयर कपको उपाधी बेसीशहर–१० ले जित्न सफल

लमजुङ सदरमुकाम बेसीशहरमा सञ्चालन गरिएको पाचौँ मेयर कप २०८१ वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि बेसीशहर नगरपालिका वडा नं. १० बाँझाखेतले हात पारेको छ । सहजी खेल मैदानमा शनिबार भएको फाइनल खेलमा बेसीशहर नगरपालिका वडा नं. ६ चण्डिस्थानलाई हराउँदै वडा नं. १० ले पाँचौ मेयर कपको विजेता बन्न सफल भएको हो । निर्धारीत समयमा गोल रहित बराबरी भएपछि खेल सकिएपछि ट्राइबेकरमा ३–१ गोल अन्तरले वडा नं ६ लाई हराउँदै वडा नं १० च्याम्पियन बनेको हो । लगातार चार वर्ष सम्म फाइनलमा… पुरा पढौ

त्रिवेणी कप फुटवल प्रतियोगगिताको पुरस्कार राशीमा ४ लाख रुपैया थप

यसवर्ष हुने त्रिवेणी कप फुटवल प्रतियोगगितामा पुरस्कार राशीमा गतवर्ष बर्ष भन्दा ४ लाख रुपैया थप गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवले बेंसीशहरमा शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी प्रतियोगिताबारे यस्तो जानकारी गराएको हो । आगामी पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेंसीशहरमा हुने ३२ औं त्रिवेणी कप फुटवल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लवका अध्यक्ष राजकुमार घिमिरेले गतवर्ष प्रथम पुरस्कार ८ लाख रुपैयाँ रहेकोमा यसवर्ष बढाएर १२ लाख रुपैयाँ पुराएको बताउनुभयो । प्रतियोगितामा उपविजेता (दोस्रो… पुरा पढौ

पक्राउ परेका प्रसाईं प्रहरी वृत्त सिंहदरबारको हिरासतमा

विवादास्पद व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मंगलबार भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको हो । त्यसपछि अनुसन्धानका लागि भन्दै सीआईबीले आफू मातहतको केन्द्रीय साइबर ब्यूरोको जिम्मा लगाएको थियो । प्रसाईंलाई भने अहिले प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको साइबर ब्यूरोका डीआईजी नवीन्द अर्यालले बताए । प्रहरी स्रोतका अनुसार प्रसाईंले भने आफू क्यान्सर सर्भाइभर रहेको र स्वास्थ्यमा समस्या रहेको भन्दै अस्पताल भर्ना हुन खोजेका थिए । तर उनको स्वास्थ्य जाँच गर्ने क्रममा वीर… पुरा पढौ

एकादशीको अवसर पारी मर्स्याङदी महोत्सवको सुरु

हरिबोधनी एकादशीको अबसर पारेर लमजुङको मर्स्याङदी गाउँपालिकामा आज कार्तिक २७ गतेदेखि मंसिर १ गतेसम्म एकादशी मेलाको साथमा दोस्रो मर्स्याङदी महोत्सव २०८१ आयोजना गरिएको छ । मर्स्याङदी गाउँपालिकाको आयोजनामा हुन लागेको महोत्सव अन्तर्गत आज कार्तिक २७ र भोली २८ गते हरिबोधनी एकादशीको धार्मिक मेला लाग्ने छ । यस अन्तर्गत मस्र्याङदी नदीमा फूलको डोरी तार्ने, सांस्कृतिक कार्यक्रम, वडास्तरीय भलिवल प्रतियोगिता स्वास्थ्य शिविर सञ्चालन गरि राष्ट्रिय विभूति भक्ति थापा जन्मस्थन पार्क र डा हर्क गुरुङ समाधिस्थल पार्कमा विभिन्न कार्यक्रम आयोजना हुने छन् ।… पुरा पढौ

हरिबोधनी एकादशीका अवसरमा विभिन्न ठाउँमा मेला महोत्सव

आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । लमजमुङ जिल्लाको विभिन्न ठाउँमा ठूलो मेला लागेको छ । जिल्लाको पाउँदी, खुदी, सिसाघाट, बेसीशहरको कर्पुरेश्वर लगायतका ठाउँमा एकादशी मेला लागेको हो । हरिबोधनी एकादशी पर्वको अवसरमा अवसरमा पारी मर्स्याङदी नदीमा बाजागाजा तथा भजन किर्तन गर्दै फूलको डोली तथा फूलको डोरी तारिएको छ । बेसीशहर हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान विष्णु आजैको दिन उठ्ने पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण… पुरा पढौ

लागु औषधको साथमा दुई जना युवा पक्राउ

लमजुङ प्रहरीले सदरमुकाम बेंसीसहरबाट नियन्त्रित लागुऔषध बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।बेंसीसहर नगरपालिका–१० घर भएका २७ वर्षीय उमेश गुरुङ र मर्स्याङ्दी गाउँपालिका–८ सिमलचौर घर भएका २६ वर्षीय खुमबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । हाल बेंसीसहर नगरपालिका–७, सातविसे बस्दै आएका उनीहरुलाई आफै बस्ने कोठाबाट लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको २ जना युवकको साथबाट ट्रमाडोल ३ सय ५३ क्याप्सुल (३५ पत्ता) र नगद ३५ हजार ४ सय… पुरा पढौ

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो । व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन् । आज रातभर जाग्राम बसेर भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ । छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । काठमाडौं उपत्यकासहित तराई मधेशका जिल्लाहरुमा छठको रौनक छ । छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ । जनकपुरधामका धार्मिक एवं ऐतिहासिक सरोवरहरु गंगासागर, अंगराज सागर, धनुष सागर, दशरथ… पुरा पढौ

अमेरिकामा ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन

लगातार उकालो लागेको सुनको मुल्य विहिबार एकै पटकमा प्रतितोला ४ हजार रुपैयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले… पुरा पढौ

आज भाइटिका, उत्तम साईत बिहान ११ः३७ बजे

आज भाइटिका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउँदैछन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको छ । यसवर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने… पुरा पढौ

४ हजार मिटर उचाईमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण

लमजुङको दोर्दी गाउँपालिकाले लेकाली क्षेत्र कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको छ । गाउँपालिकाले मेमेपोखरी नजिकै समुद्री सतहदेखि करिब ४ हजार मिटर उचाईमा रहेको कोम्रो डाँडामा धर्मशाला निर्माण गरेको जनाएको हो । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पर्यटकिय स्थल मेमेपोखरी, दूधपोखरी लगायत क्षेत्रमा जाने आउने तीर्थालु तथा पर्यटकलाई सहज होस् भन्ने उद्धेश्यले धर्मशाला निर्माण गरिएको बताउनुभयो । लेकालि क्षेत्र भएकोले त्यस स्थानमा कुनै घरहरु नभएको बासास्थानको अभावमा ती क्षेत्रमा पुग्ने पर्यटकलाई निकै सास्ती खेप्नु परेकोले कोम्रो डाँडामा शौचालयसहितको धर्मशाला निर्माण गरेको… पुरा पढौ