
लमजुङमा सामुदायिक वनमा नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको छ । सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लमजुङको शनिबार बेसीशहरमा आयोजना गरिएको छैटौ परिषदमा सामुदायिक बनको नेतृत्व गर्ने १६ जना महिलालाई सम्मान गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङ, केन्द्रीय सचिवालय सदस्य डोवबहादुर कार्की र जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले संयुक्त रुपमा अविर र सम्मानपत्र प्रदानगरी सम्मान गर्नुभएको हो ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ लमजुङमा आवद्ध तीन सय ३९ बन उपभोक्ता समुह आवद्ध रहेकोमा लमजुङमा ३ एउटा समुह महिलाले मात्र सञ्चालन गरेका छन भने १३ वटा समुहमा महिला अध्यक्ष रहेकोमा उनीहरुलाई थप हौसला र प्रेरण प्रदान गर्न सम्मान गरिएको जिल्ला महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाले बताउनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ लमजुङको छैटौ परिषदको विरुवामा पानी हालेर जिल्ला समन्वय समितिका लमजुङका प्रमुख पूर्णबहादुर गुरुङले उद्घाटन गर्दै सामुदायिक बनले धेरै कुरा दिएकोले यसको संरक्षण र व्यवस्थापनमा बिशेष ध्यान पुर्याउनु पर्ने बताउनुभयो । प्रमुख गुरुङले बन व्यबस्थापनको दायित्व संघ, प्रदेश र स्थानीय सरकारको पनि भएकोले सरकार र सामुदायिक बन उभोक्ता महासंघ मिलेर अघि बढनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रमामा सामुदायिक वन केन्द्रीय महासंघका सचिवालय सदस्य डोवबहादुर कार्की, सचिवालय सदस्य डोलकुमारी सापकोटा, प्रदेश महासंघका अध्यक्ष कालिदाश सुवेदी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण केसी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघ लमजुङको शनिबार छैटौ परिषदमा जिल्ला अध्यक्ष शान्त सापकोटाले अहिलेसम्मको गतिविधि तथा प्रगती प्रतिवेदन र कोषाध्यक्ष मनध्वज गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सामुदायिक बन उपभोक्ता महासंघ लमजुङका अध्यक्ष शान्ता सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्दिरा पोखरेलले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव भोलानाथ पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सामुदायिक बन उपभोक्ता स्थानिय महासंघका अध्यक्ष र सहभागी प्रतिनिधिहरुले समेत विभिन्न सुझाब र जिज्ञाशा राखेका थिए ।









