
जिल्ला प्रहरी कार्यालय लमजुङले जबर्जस्ती करणी गरी फरार भएका एक पुरुषलाई पक्राउ गरेको छ । लमजुङको राइनस नगरपालिका वडा नं ६ मा बस्ने ५० बर्सिया बाबुराम सार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
२०८० भदौ १५ गते रातीको समयमा घरमा एक्लै सुतेकी र शारिरीक रुपमा कमजोर अवस्थाकी ७६ बर्षीय बृद्ध महिलालाई जवर्जस्ती करणी गरी महिलाले हार गुहार गरे पछी निज घटनास्थलबाट फरार भएका थिए ।
उक्त घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी पर्नासाथ प्रहरी कार्यालय लमजुङले तत्कालै प्रहरी परिचालन गरी खोजतलास गर्दा २०८० भदौ १९ गते दिउसो बिाबुराम सार्की घरदेखी केही टाढा रहेको जङ्गलको एकान्त ठाउमा लुकिछिपि बसेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सार्कीलाई बिहिबार जिल्ला अदालतमा लमजुङबाट पहिलो पटक दिन ५ को म्याद थप अनुमति लिई जवर्जस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको सूचना अधिकारी एबम प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले बताउनुभयो ।