पर्यटन

शिक्षक संघको संघिय, प्रदेश र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक सम्पन्न

नेपाल शिक्षक संघ संघिय कार्य समिति र जिल्ला अध्यक्षहरुको संयुक्त बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । संघीय अध्यक्ष सोमनाथ गिरीको अध्यक्षता र नेपाली कागं्रेसका सहमहामन्त्री बद्री पाण्डेको प्रमुख आतित्थ्यतामा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा पुस २७, २८ र २९ गते बैठक बसेको थियो । बैठकले बिभिन्न प्रश्नावलीहरुका मध्यमबाट जिल्लागत सांगठनिक अबस्था बारे तथ्याङ्क संकलन गर्ने, महिला बिभाग, अर्थ बिभाग, संगठन बिभागको कार्ययोजना विभाजन, बिधान अनुरुप निर्माण गरिएको पदिय आचरण र आचार संहितालाई लागु गर्ने, साङ्गठनिक क्रियाशिलताको मूल्याङ्कन… पुरा पढौ

अस्पतालमा लमजुङको ऐतिहासिकता झल्कदै

लमजुङ जिल्ला अस्पतालमा विभिन्न आकर्षक चित्र बनाइएको छ । जिल्लाका प्रशिद्ध धार्मिक, पर्यटकीय, ऐतिहासिक विरासत बोकेका स्थान र संरचनाहरूका चित्र बनाइएको हो । लमजुङका स्थापित चित्रकार बाबु साइँलाद्वारा मनमोहक चित्र बनाइदै छ । अस्पतालमा स्वास्थ्य सम्बन्धी जानकारी मूलक चित्र हुनुपर्नेमा अन्य चित्र किन बनाइएको हो भन्ने प्रश्नमा सुन्दर र मनमोहक चित्रले मानिसको मन मश्तिष्क आनन्द बनाउँछ, रोगसँग प्रतिरोध गर्ने क्षमता बढाउँछ जसले आधा रोग त यिनै चित्र अबलोकनका कारण नै निको हुने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ तामाङले बताउनुभयो ।… पुरा पढौ

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु

आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुती लगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन विभिन्न… पुरा पढौ

अत्याधिक चिसोले मनाङ रित्तिदै

अत्यधिक चिसो बढेपछि हिमाली जिल्ला मनाङको जनजीवन प्रभावित भएको छ । मनाङको माथिल्लो भेगबाट चिसो छल्न गाउँलेहरू धमाधम सहरतिर झरिरहेकाले बस्ती रित्तिँदै गएको हो । चिसोले जमेपछि खोलानालाको पानीसमेत जम्ने र धारामा समेत पानी आउन छाडेको छ । चिसो बढेपछि माथिल्लो मनाङको नार्पा भूमि गाउँपालिकाको कार्यालय पनि अस्थायी रूपमा सदरमुकाम चामेबाट सञ्चालन गरिएको छ । गाउँपालिकाका सबै वडा सदरमुकाम चामेबाट सञ्चालन गरिएको नार्पा भूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभयो । चिसो बढेपछि चक्रीय अन्नपूर्ण पदयात्रामा आउने पर्यटक घटेका छन् । केही दिनदेखि… पुरा पढौ

लमजुङमा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक

लमजुङको मध्यनेपाल नगरपालिकामा सुटिङ गरिएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक भएको छ ।मध्यनेपाल नगरपालिकाको वडा नं ५ सिसाघाटमा नारीप्रधान फिल्म सतीदेवी ८५ प्रतिशत छायाङ्कन गरिएको थियो । पोस्टरमा एक महिला पात्रलाई जुत्ताको मालासहित कालोमोसो दलेर गाउँलेले लखेटिरहेको देखिन्छ । भर्खरको उमेरकी यी गाउँले युवती त्रसित मनोविज्ञान सहित भागिरहेकी छिन् । उनको नियति के हुने हो, त्यसको सार फिल्मले नै भन्ला । पोस्टरमा देखिएकी कलाकार पछिल्लो छिमलकी व्यस्त अभिनेत्रीमध्ये पर्ने मलिका महत हुन् । मलिकालार्ई एकल महिलाको चरित्रमा पेश गरिएको छ ।… पुरा पढौ

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै, छठ मनाउने ठाउँ झकिझकाउ

आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ । छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ । वर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व… पुरा पढौ

विश्व पर्यटन दिवशमा विदेशी पर्यटकलाई ढाका टोपी लगाएर सम्मान

४४ औं विश्व पर्यटन दिवशको अवसरमा लमजुङमा विदेशी पर्यटकलाई सम्मान गरिएको छ । सदरमुकाम बेसीशहरमा आएका १० बर्षिय विदेशी नागरीक जोन संगै अन्य २३ जना पर्यटकलाई बुधबार विहान सम्मान गरिएको हो । पर्यटकहरुलाई बेसीशहर नगरपालिका नगरप्रमुख गुमानसिंह अर्यालले ढाका टोपी र प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले रातो टिका लगाई स्वागत तथा सम्मान गर्नुभएको हो । पर्यटन दिवशको अवसरमा पर्यटन तथा उद्योग कार्यालयको लमजुङको आयोजना, बेसीशहर नगरपालिकाको सहआयोजना र होटल व्यावसायी संघको समन्वयमा ‘टुरिजम एण्ड ग्रिन इन्भेस्टमेन्ट’ भन्ने मुलनाराका साथ बेसीशहरको… पुरा पढौ

हामखोला झरनाको ‘वाटरफल फेस्टिबल’ मा रमाए युवायुवती

लमजुङको मस्र्याङदी गाउँपालिका–८ भुलभुलेमा रहेको हामखोला झरनामा ‘वाटरफल फेस्टिबल’ को आयोजना गरिएको छ ।शनिबार गरिएको वाटरफल फेस्टिबलमा विषेश गरी युवायुवतीको उपस्थिती बाक्लो रह्यो । आयोजक हामखोला ब्यवस्थापन समितिले हामखोला भरनाको प्रचारप्रसार गर्न आयोजना गरिको वाटरफल फेस्टिबलमा प्रतिष्ठित डिजेको साङगितीक प्रस्तुति रहको थियो । सदरमुकाम बेसीशहरबाट उत्तर तर्फ पर्ने मस्र्याङदी गाउँपालिकाको हामखोला झरनामा यो तेस्रो वाटरफल फेस्टिवल हो । गर्मी मौसम त्यसमा छङछङ झरेको झरनामा रमाउँदै, सेल्फी लिँदै, डिजेको साथमा थुवायुवती निकै रमाएका थिए ।अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने हामखोला झरनामा आन्तरिक… पुरा पढौ

तनहुँको पर्यटकीयस्थल मानुङकोटमा चहलपहल घट्यो

पछिल्लो केही वर्षयता चर्चा कमाएको तनहुँको व्यास नगरपालिका–५स्थित मानुङकोटमा अहिले पर्यटकको चहलपहल घटेको छ । कोभिड सङ्क्रमणकै बीचमा सो स्थान अत्याधिक चर्चामा आएको थियो । तत्कालीन समयमा देशका विभिन्न जिल्लाबाट समेत आन्तरिक पर्यटक मानुङकोट आउँथे तर यतिबेला अहिले सो स्थानमा पर्यटकको चहलपहल घटेको छ । विशेष गरी जाडो महिनामा कुहिरो र सूर्योदय हेर्न मानुङकोटमा पर्यटकको चहलपहल हुने गरेको छ । गर्मी मौसम भएका कारण पर्यटक मानुङ नउक्लिएको हुनसक्ने आँकलन गरिएको छ । जाडो महिनामा मानुङकोटमा पर्यटकको भीड हुने व्यास–५वडाध्यक्ष विष्णुकुमार… पुरा पढौ

लमजुङको गाइखुरे झरनामा पर्यटकहरूको घुइँचो

भरतबाबु घिमिरे,लमजुङकाे सदरमुकाम बेँसीसहर पुग्नु भन्दा करिब २ किलोमिटर अघि दलालस्थित सडक छेउमा रहेको गाईखुरे झरनामा पर्यटक बढ्न थालेका छन् ।हिउदमा सुख्खा भयर सुनसान हुने यस झरनामा बर्षायाम सुरु भयसगै पानी बढ्न थालेसँगै दैनिक पर्यटक पनि बढ्न थालेका हुन् । छहरा हेर्दै रमाउने पर्यटकहरु झरनालाई पृष्ठभूमिमा पारेर आफ्नै फोटो र सेल्फी खिच्छन् भने काेहि झरनाको पानीसँगै रुच्दै पोखरीमा पौडी खेलेर समाउने गर्छन् । झरना करिब ६० मिटर उचाइबाट झरेको छ । यसलाई ब्यवस्थित गरेमा पर्यटक प्रबर्द्धनमा थप टेवा पुग्ने स्थानीयकाे… पुरा पढौ