राजनीति

लमजुङमा जेनजीको विरोधमा सबै नागरिकको सहभागिता, (फोटो सहित)

लमजुङ जिल्लामा मगंलबार जेन्जीद्धारा आयोजना गरिएको विरोध प्रर्दशनमा हजारौंको सहभागिता रहेको छ । बेसीशहरको भिमसेनस्थान चोकबाट सुरु भएको विरोध जुलुस मनाङे चौतारा हुँदै सेराचोकमा पुगेर प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाइएको थियो । आन्दोलन जेन्जीको भनिएपनि बेसीशहरका युवाप्रौढ देखि बालबालिका समेत स्वतस्र्फत रुपमा प्राय सवै नागरिकहरु विरोध जुलुसमा सहभागि भएका थिए । सेराचोकमा विरोधको समापन गरिएपनि आक्रोशित भिड फेरी बेसीशहर नगरपालिकाको भवन अगाडी हुँदै जिल्ला प्रशासन चोकमा पुगेर व्यापक नाराबाजी गरेका थिए । भदौ २३ गते सोमबार काठमाडौंमा भएको जेन्सीको विरोध… पुरा पढौ

प्रदेश अस्पताल लमजुङले गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल

प्रदेश अस्पताल लमजुङले आ.व २०८१\८२ मा गण्डकी प्रदेशमै सबैभन्दा धेरै बढी सेवाग्राहीलाई सेवा दिन सफल भएको छ । विहिबार समितिको तीन बर्षे कार्यकाल पूरा गरेको अबसरमा आफ्नो कार्यअबधि भरको प्रगति बिवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। यो बर्ष मात्रै अस्पतालले १ लाख १३ हजार ८ सय ३७ जनाको उपचार गरि सेवा प्रदान गरेको छ । जुन अघिल्लो आ,व को तुलनामा २५% ले बृद्वी हो । २०५८ सालदेखि एच.डि.सि.एस ( मानव बिकास तथा सामुदायिक संस्था) ले सञ्चालन गरेको जिल्ला अस्पताल… पुरा पढौ

बिपिनकी आमा र बहिनीद्धारा इजरायली राष्ट्रपतिसगँ भेट, शिघ्र रिहाइको लागि पहल गरिदिन माग

बिपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपतिलाई भेटेका छन्। हमासद्वारा बेपत्ता बनाइएका बिपिनको रिहाइका लागि पहल गरिदिन मागसहित उनीहरूले जेरुसेलममा राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेकी हुन्। भेटमा आमा पदमा जोशी र बहिनी पुष्पासँगै नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डित पनि सहभागी थिए। भेटका क्रममा आमा पदमाले आफ्ना छोरा विपिनको शीघ्र रिहाइका लागि अनुरोध गरेकी थिइन्। उनले छोरा निर्दोष विद्यार्थी भएको उल्लेख गर्दै मानवीय दृष्टिले पहल गर्न आग्रह गरेकी थिइन्। त्यस्तै बहिनी पुष्पाले पनि राष्ट्रपति समक्ष विपिनको रिहाइका लागि व्यक्तिगत अपिल गर्दै… पुरा पढौ

कारागारमा झडप, एक जनाको मृत्यु, ४७ जना घाइते

कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । ‘ए’ ब्लक र ‘बी’ब्लकका कैदीहरूको समूहबीच झगडा भएको बताइएको छ। दुई समूहबीच भएको झडपमा घाइते भएका ४७ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमारसिंहका अनुसार कैलाली कारागारभित्र दुई समूहबीच केही दिनयता लगातार झडप भइरहेको छ… पुरा पढौ

दोर्दी गाउँपालिकाका सबै नागरिकको निशुल्क स्वास्थ्य विमा

लमजुङको दोर्दी गाउँपालकिाले पालिका भित्र स्थायी रुपमा बसोबास गर्ने नागरिकहरुका लागि निशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । आइतबारबाट आफ्‌नै लगानीमा पालिकाले बीमा कार्यक्रम सुरुवात गरेको हो । दोर्दी गाउँपालिका भित्र बसोबास गर्ने ४ हजार २५ घरधुरीका २० हजार भन्दा बढी नागरिकको पालिकाले निशुल्क स्वास्थ्य विमा गरेको गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । सबै नागरिकको बीमा गर्न १ करोड ५० लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ । दोर्दी गाउँपालिका भित्र सञ्चालनमा रहेका जलविद्युत आयोजनाबाट प्राप्त रोयल्टीबाट निःशुल्क स्वास्थ्य… पुरा पढौ

पटक पटक भत्किएर जोखिम हुदैँ लमजुङ कारागार

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार मर्मतका लागि नापजाँच सुरु भएको छ । सङ्घिय सहरी विकास तथा भवन निर्माण कार्यालयकोले कारागार मर्मतको लागि नापजाँच सुरु गरेको छ । आइतबार भवन निर्माण कार्यालय पोखराबाट आएका प्राविधिकहरुको टोलीले कारागार परिषर भित्र र बाहिर नापजाँच गरेको छ । नापजाँच पछि यो पुरानो भवनलाई नै मर्मत गर्ने कि नयाँ भवन निमार्ण गर्ने भन्ने विषयमा १५ दिन भित्र रिर्पोट तयार हुने र त्यही अनुनरुप कार्य अघि बढ्ने कारागार प्रशासन प्रमुख बेनीबहादुर मोक्तानले बताउनुभयो । ५४… पुरा पढौ

लमजुङ कारागार भत्किएपछि कैदीबन्दीहरूलाई अन्यत्र स्थानान्तरण

लमजुङको सदरमुकाम बेँसीसहरमा रहेको जिल्ला कारागार गत ३२ गते बुधबार गेटसँगैको पर्खाल भत्किएपछि यहाँ रहेका कैदीबन्दीलाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ । सम्भावित भौतिक तथा मानबिय जोखिम र तत्काल पुननिर्माण गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै कारागार व्यवस्थापन विभागको निर्णय बमोजिम लमजुङ कारागारमा रहेका पुरुष १ सय २ जना थुनुवा तथा कैदीहरुलाई अन्य जिल्लामा लगिएको हो । शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा सहित तनहुँको दमौली कारागारमा ६ जना महिला सहित ३० जना र पोखरा कास्की कारागारमा ७८ जना स्थानान्तरण गरिएको… पुरा पढौ

लमजुङको सदरमुकाम कुन्छाबाट बेसीशहर सार्दाको प्रसंग

झण्डै ५० वर्ष पहिला भए गरेका काम कुराहरु मध्ये कतिपय कुरा उमेर अवस्थाको कारणले पनि होला, स्मृति पटलमा जस्ताको तस्तै ताजा रहन सकेन । बुढयौलीले गाँजेपछि स्मरण शक्ति हास्र हुने, हातपाँउ चलाउन निकै गारो हुने र लेखपढ गर्ने जाँगर मर्दै जाने स्थिती सिर्जना हुँदो रहेछ । जेहोस् सम्झन सकेजति कुराहरुको स्मरण गर्न लायक विषय लिपिवद्ध गरेर राखिदिन सके यस्ता ऐतिहासिक एवं सामाजिक परिघटनाहरु प्रति चासो राख्ने भावी पिढींका लागि उपयोगी सामाग्री बन्न पनि सक्ला भन्ने हेतुले यस संबन्धमा सम्झन सके… पुरा पढौ

नगरसभाबाट साँढे ७८ करोड, बजेटसहित ४४ वटा निर्णय स्वीकृत

बेसीशहर नगरपालिकाले अगामी आर्थिक वर्ष २०८२\०८३ का लागि ७८ करोड ४८ लाख ७० हजारको बजेट स्वीकृत गरेको छ । नगरपालिकाको आइतबार सम्पन्न नगरसभाको १७ औँ अधिवेशनले यतिका बजेटसहित योजना, नीति र कार्यक्रम स्वीकृत गरेको हो । नगरसभामा उप–प्रमुख पद्मा गुरुङले नगरस्तरीय र वडास्तरीय योजना प्रस्तुत गर्दै चालुतर्फ ४७ करोड ९० लाख र पुँजीगततर्फ ३० करोड ५८ लाख ७० हजार बजेट विनियोजित गर्नुभएकोमा नगरसभाले पारित गरेको हो ।aउपप्रमुख गुरुङले प्रस्तुत बजेटमा राजश्वका विभिन्न शीर्षकबाट २२ करोड ५९ लाख एक हजार र… पुरा पढौ

गण्डकी प्रदेशमै पहिलो पटकः सुन्दरबजार २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा

सुन्दरबजार नगरपालिकाको सान बालमैत्री तथा पोषणमैत्री हाम्रो अभियान भन्ने नाराका साथ सुन्दरबजार नगरपालिका वडा नं. २ परेवाडाँडालाई बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री वडा घोषणा भए पनि पोषणमैत्री समेत एकैचोटी घोषण हुनेमा गण्डकी प्रदेशमै सुन्दरबजार २ पहिलो भएको छ । शुक्रवार बाजागाजा सहितको झाँकी ¥यालीले परेवाडाँडा परिक्रमा गरी भव्य कार्यक्रमका साथ बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गरिएको हो । उक्त कार्यक्रम सुन्दरबजार नगर प्रमुख कृष्ण प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको हो । पोषणमैत्री ५१ र बालमैत्री ३४… पुरा पढौ