लमजुङ जिल्लालाई पूर्णखोप सुनिश्चिता तथा दिगोपन घोषणा गरिएको छ । सदरमुकाम बेसीशहरमा मगंलबार कार्यक्रमका प्रमुख अतिथी गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणा गनुभएको हो । स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप जिल्ला हाम्रो प्रतिवद्धता भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी मन्त्री पाठकले गण्डकी प्रदेशले प्रदेश भित्रका सम्पूर्ण जिल्ला अस्पतालहरुलाई स्तरोन्नती गरी उपचारमा प्रयोग गरिने अत्याधुनिक उपकरणहरुको व्यवस्था गरिने बताउनुभयो । कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालय लमजुङका प्रमुख प्रविणकुमार खनालले प्रतिवेदन प्रस्तुत गर्दै…
पुरा पढौ