समाचार

कुश्माखर उपाध्यय घिमिरेको ५ सय वर्ष पछि पहिलो पटक स्मृति सभा

लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा राज गुरु श्री ३ कुश्माखर उपाध्यय घिमिरेको पहिलो पटक स्मृति सभा तथा धर्मसभाको अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृती विद् प्राध्यापक डा. माधव भट्टराईको प्रमुख आतित्थ्यता रहेको थियो भने भागवत बाचिका, पूर्व राज्यमन्त्री संस्कृतविद् डा. कान्ता भट्टराईको विषेश आतित्थ्यता रहेको थियो । कार्यक्रममा १५१० असोज २७ गते लमजुङमा जन्मिएका कुश्माकर घिमिरेले १५५० मा तत्कालिन राज्यको शासन प्रणालीलाई सहज रुपले सञ्चालन गर्नको लागि यशोब्रम्ह शाहालाई ल्याएर पुरानकोटको दरबारमा राज्यअभिषेक गरि केहि बर्ष… पुरा पढौ

सहकारी ठगी आरोपमा पक्राउ परे रवि

प्रहरीले पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ । शुक्रबार साँझ बनस्थलीस्थित रास्वपा कार्यालयबाट नियन्त्रणमा लिनुपूर्व जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा अनुसन्धानका लागि पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । जिल्ला अदालत, कस्कीका ६ जना न्यायाधीश छन् । दशैं विदा सकिएर शुक्रबार कार्यालय खुल्दा कोही पनि थिएनन् । न्यायाधीश कृष्णजंग शाह शुक्रबार दिउँसो नेपालगञ्जबाट पोखरा आए । दिउँसो ३ बजेतिर अदालत हाजिर भएका उनले रविलाई पक्राउ अनुमति दिए भने… पुरा पढौ

आज विजया दशमीः टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा,

आज विजया दशामी, विजया दशमीको दिन टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । घटनास्थापनादेखि पूजा आराधना गरिएकी देवी विसर्जन गर्ने साइत आज बिहान ८ बजेर ३३ मिनेटमा रहेको टीकाको उत्तम साइत भने ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । दशमीको दिन देवि दुर्गा भवानीले राक्षसको बध गरेपछि विजय उत्सवका रुपमा मनाइले दशैंमा रातो टिका र जमरा लगाउने परम्परा रहेको छ । यद्पि केही जनजाति समुदायमा भने शान्तिको प्रतिक मानेर सेतो रङको… पुरा पढौ

आज दशैको अष्टमी र नवमी एकैदिन मनाइदै

आज दशैको अष्टमी र नवमी एकै दिन परेको छ । त्यसैले एकै दिन दुर्गा देवीको पूजा आराधना गरिदै छ । महाअष्टमी तथा महानवमी एकै दिन परेकाले कसरी पूजा गर्ने भन्नेमा कतिपयलाई व्यावहारिक कठिनाइ पनि परेको देखिन्छ । आ–आफ्नो चलनअनुसार आज दुर्गा देवीको पूजा गर्न सकिने अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सभापति डा. माधव भट्टराईले जानकरी दिएका छन् । आज नेपालीहरुले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ… पुरा पढौ

लक्ष्मीनारायण साकोसको १२ औ बार्षिक साधारण सभा सम्पन्न

लमजुङको बेसीशहरमा महिलाहरुद्धारा सञ्चालित लक्ष्मीनारायण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साकोसका अध्यक्ष सृजना घिमिरेको अध्यक्षतामा भएको साधारसभाको उद्घाटन प्रदेशसभा सदस्य पार्वती तामाङले गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले अहिले सहकारीका वारेमा धेरै टिका टिप्पणी भएपनि लक्ष्मी नारायण सहकारी सहकारीको नीतिनियम भित्र रहेर सञ्चालनमा रहेको वताउनुभयो । उहाँले सस्था संचालनको क्रममा विभिन्न समस्या आइपर्नु स्वभाविक भएको भन्दै ति समस्यालाई क्रमिक रुपमा सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो ।… पुरा पढौ

बाबुले गरे आफ्नै छोराको हत्या

लमजुङको घनपोखरामा बाबुको छोरा झगडा गर्दा छोराको मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ६ बजे मर्स्याङदी गाउँपालिकाको वडा नंं २ प्रोबी गाउँका ५७ बर्षका सन्तबहादुर तामाङ र उनका छोरा २७ बर्षका सोमबहादुर तामाङविच झगडा पर्दा छोराको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दुवै बाबुछोराले मदिरा सेवन गरी सामान्य भनाभन गरेका थिए । भनाभनकै क्रममा छोराले बाबु सन्तबहादुरलाई मुड्कीले हिर्काए । छोराले आफूमाथि मुड्की बजारेपछि बाबुचाहिँले हसियाँले छोरालाई प्रहार गरेका थिए । उनको प्रहारले छोरा सोमबहादुरको घाँटीमा… पुरा पढौ

आज घटस्थापना, नवरात्रभर यसरी गर्नुस् पूजा

आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घटस्थापना हो ।पौराणिक र तान्त्रिक महत्वलाई दृष्टिगोचर गरी दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्नका लागि विजयादशमी मनाउने शास्त्रीय विधान छ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । त्यस पश्चात् प्रसाद स्वरूप दशमीको दिन लगाउने टीकाबाट धर्म, अर्थ, काम र मोक्ष प्रदायक… पुरा पढौ

विपदबाट ७६ को मृत्यु, ७२ वेपत्ता ; उद्धार कार्य जारी

लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म देशभर मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार र राहत वितरणको कार्य पनि जारी रहेको छ । सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार, देशभरिबाट प्राप्त विवरण अनुसार मर्नेको सङ्ख्या ७६ र वेपत्ताको सङ्ख्या ७२ जना रहेको छ । २०८१ असोज १० गतेदेखि सुरु भएको अविरल वर्षाको कारण नेपालका विभिन्न जिल्लामा भएको घटनामा खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपालबाट… पुरा पढौ

राष्ट्र कवि माधवप्रसाद घिमिरेको जन्मजयन्तिमा कविता बाचन प्रतियोगिता

राष्ट्र कवि माधवप्रसाद घिमिरेको १ सय ६ औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता प्रतियोगिता आयोजना गरिएको छ । राष्ट्र कवि घिमिरेको गृह जिल्ला लमजुङको सदरमुकाम बेसीशहरमा गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराको मुख्य प्रायोजन र लिस्नो साहियित्यक मञ्चले शनिबार शनिबार प्रतियोगिताको आयोजना गरेको हो । खुल्ला कविता प्रतियोगितामा राइनास नगरपालिका वडा नं ६ धमिलिकुवाकी सारदा विसुराल पाण्डे प्रथम, राइनास वडा नं ५ तिनपिप्लेका मातृका खनाल द्धितीय, बेसीशहर ३ का भरतबाबु घिमिरे तृतीय र जनविकास मावि चण्डीडाँडामा अध्ययनरत रोनिका गुरुङ र रोसिका गुरुङ सान्त्वना… पुरा पढौ

अस्पताल सुरु भएको ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा

लमजुङमा जिल्ला अस्पताल सुरु भएको करिव ४० वर्ष पछि आइसियु कक्ष सञ्चालनमा आएको छ । २०४२ सालमा भवन निमार्ण गरी सुरु भएको जिल्ला अस्पतालको सेवा क्रमश विस्तार गर्ने क्रममा करिब ४ दशक पछि आइसियु कक्ष सञ्चालनमा आएको हो । आइसियु कक्षको शनिबार नेपाल सरकारका सुचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नभएको छ । सो अवसरमा मन्त्री गुरुङले नेपालको संविधानको मौलिक हकमा व्यवस्था भएको शिक्षा र स्वास्थ्य लागु गर्ने सरकारको जिम्वेवारी भएकाले त्यो पुरा गर्ने अभियानमा सरकार लागेकोे बताउनुभएको छ… पुरा पढौ