
आफ्नो वंशावली खोज्न धादिङ जिल्लाका दनैहरु लमजुङ आएका छन् । आफ्ना पुर्खाहरुको बारेमा बुझ्न दनैहरुको बसोबास रहेको लमजुङको बेसीशहर नगरपालिका वडा नं ३ दनाई गाउँमा धादिङका दनाईहरु आएका हुन् ।
कार्तिक ८ गते पहिलो दिनको छलफल कार्यक्रम बेसीशहरको करपुरेश्वर पार्कमा र दोश्रो दिन ९ गतेको कार्यक्रम दनाई गाउँमा भएको हो ।
धादिङ र लमजुङका दनाईहरुको भेलाले वंशवली बारे छलफल गरी भावी दिनमा सम्पूर्ण दनाई समाजको सम्बन्ध प्रगाढ बनाउदै नेपाल भरी छरिएका दनाई वन्धुहरूको खोजी गरी राष्ट्रिय भेला गराउने निर्णय गरेको गमबहादुर दनाईले बताउनुभयो ।
साथै दनाई बन्धुहरुको इतिहास राष्ट्र सामू परिचित गराउने सङ्कल्प सहित ७ सदस्यिय लमजुड धादिङ समन्वय समित गठन गरिएको छ ।
समितिको संयोजक लमजुङ बेसीशहरका भूपाल बहादुर दनाई रहनुभएको छ भने सदस्यहरुमा क्रमशः गम वहादुर दनाई, मन्दिरा दनाई, बालकृष्ण दनाई, धादिङबाट चन्द्र प्रसाद दनै, पंण्डित नबिन दनै र कमल प्रसाद दनै रहनुभएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनैको समेत उपस्थिती भएको थियो भने टोलीले कार्यक्रम पश्चात गाउँशहरको लमजुङ दरबारको अवलोकन गरेको थियो ।









